Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

सीमाङ्कन परिमार्जन हुन्छ: अध्यक्ष दाहाल

  • आइतबार ३ माघ, २०७२
  • दिलबहादुर छत्याल
  • DISQUS_COMMENTS
(0 votes)
धनगढीको प्रशिक्षण कार्यक्रममा दाहाल। तस्बिर: दाहालको ट्विटरबाट धनगढीको प्रशिक्षण कार्यक्रममा दाहाल। तस्बिर: दाहालको ट्विटरबाट
धनगढी- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग सोमवार सम्ममा वार्ता निष्कर्षमा पुग्ने गरि समझदारी बनीरहेको बताएका छन्। आइतवार गेटा बिमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले संशोधन प्रस्ताव र सीमाङकनका बिषयमा समझदारी बन्दै गइरहेको बताए।
nepalipatro-nagarik
'संशोधन प्रस्तावमा समानुपातिक, समावेशी मौलिक अधिकारमा राख्ने र निर्वाचन क्षेत्र निर्धारणका बारेमा धेरै न्यारोडाउन भएको छ'उनले, 'राजनीतिक समिती बनाई ३ महिनामा मधेसी दलहरुले राखेका मागलाई दृष्टीगत गरी सिमांकन हेरफेर र परिमार्जन गर्ने समझदारी बन्न लागेको छ।'

संशोधन प्रस्तावमा समझदारी बन्ने बित्तिकै नाकावन्दी अन्त्य हुने उनको धारणा थियो। कुटनितिक तहमा पनि नाकावन्दीका बारेमा भारत सरकार सँग कुरा भइरहेको उनको भनाई छ ।'संशोधन प्रस्तावमा समझदारी बन्ने बित्तिकै नाकावन्दी अन्त्य हुन्छ 'उनले भने,'यसमा प्रगती हुँदै गइरहेको छ। '

७ नम्बर प्रदेशका थारु वाहुल्य क्षेत्र अलग हुनुपर्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेपनि संविधान निर्माणका लागी नोटअफ डिसेन्ट लेखेर सम्झौता गरेको उल्लेख गर्दै तीन महिनमा राजनीतिक समितीले यो सिमांकन हेरफेर र परिमार्जन गर्ने गरि अहिले आन्दोलनरत पक्षसँग समझदारी भइरहेको उनले स्पष्ट पारे।

भूकम्पले पुर्याएको क्षतीमा पुननिर्माण अभियामा सवै राजनीतिक दल र राज्यका सवै अंगको राम्रो सँग ऐक्यबद्धता रहेको उल्लेख गर्दै यो महत्वपुर्ण भएको बताए।

दाहालले अहिलेको संकट समाधानका लागी राष्ट्रिय सरकार आवश्यक भएको बताएका छन। उनले राष्ट्रिय सरकार निर्माणका लागी नेपाली काग्रेससँग कुराकानी भइरहेको पनि बताए।

दाहालले संविधान कार्यान्वयन, नयाँ ऐन कानुन निर्माण, भूकम्पवाट भएको क्षतीको पुननिर्माण, नकावन्दी लगायतका स्थितीको समाधान गर्न अहिले राष्ट्रिय सरकार चाहिएको बताए। 'देशको अहिले जुन अवस्था छ,यसका लागी राष्ट्रिय सरकार चाहिन्छ' उनले भने। संविधान बनेदेखि राष्ट्रिय सरकार हुनुपर्छ भनेर भनिरहेको उल्लेख गर्दै अहिले पनि यसका लागी प्रयास भइरहेको बताए।

यहि सरकारलाई राष्ट्रिय सरकार बनाउने कि नयाँ सरकार निर्माण गर्ने भनेर सोधिएको प्रश्नमा उनले भने,'पहिले राष्ट्रिय सरकार निर्माणको कुरामा सहमती हुनु पर्छ,त्यसपछि मात्र त्यो बिषयमा प्रवेश गर्ने कुरा आउँछ।'

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...