Friday 29 Magh, 2072 |
Menu

खेल

istl

आँटले बनायो आत्मनिर्भर

(0 votes)
अपाङगता भएकाहरूका लागि विराटनगरमा आयोजित रोजगार मेलामा आफूले बनाएका चित्र र सजावटका सामान बेच्दै सुनसरी भरौलका सम्भु तामाङ। अपाङगता भएकाहरूका लागि विराटनगरमा आयोजित रोजगार मेलामा आफूले बनाएका चित्र र सजावटका सामान बेच्दै सुनसरी भरौलका सम्भु तामाङ। तस्बिर: चुमन बस्नेत
विराटनगर–मोरङ उर्लावारी—६का दुर्गानाथ जोगी पूर्ण दिृष्टिविहीन छन्। दुवै आँखाको ज्योति गुमे पनि उनले कहिलै हरेश भने खाएनन्। आ"खा देख्न नसके पनि शरीरका अन्य भागहरू भने सकुशल भएकाले आफैं केही पेशा व्यवसाय गर्न सक्छु भन्ने आँट उनमा थियो।
nepalipatro-nagarik

गाउँमा आएको एउटा एनजिओले सिपमुलक तालिम दिने खबर उनले थाहा पाए। सीपमुलक तालिम लिने अठोट गरेर उनले बाँसका मुडा बनाउने तालिम पनि प्राप्त गरे। तालिम लिइसके पछि उनले घरमै मुडा बनाउने पेशा सुरु गरे। सुरु सुरुमा मुडा बनाउन केही असजिलो भए पनि अभ्यास गर्दै गए पछि उनलाई अहिले कुनै अफ्ठ्यारो छैन। बाँस झाङमा बाँस काट्ने देखि भाटा चिर्ने, खुर्कने र मुडा सिउने सम्मका सबै काम उनि आफै गर्छन् । दुर्गानाथले भने, 'छामेको भरले मुडा बनाउँदै आएको छु ।' मुडा बनाएर दैनिक ५ सय रुपैयाँ आम्दानी गरिरहेको उनले बताए । उनी दैनिक चारवटा मुडा बनाउँछन्। एउटा मुडा बेच्दा ३ सय ५० रुपैयाँ आउँछ ।

मुडा बेच्न खासै समस्या पनि नभएको उनले बताए । उनका अनुसार मुडा बेच्न टाढा लैजानु पर्दैन। उर्लावारी,सुनझेडा,मङ्गलबारेसम्म पुर्याए पुग्छ। मुडा बनाएकै आम्दानीले ५ जनाको परिवारको गुजारा चलिरहेको दुर्गानाथले बताए। धेरै अपाङ्गता भएकाहरूले पेशा र व्यवसाय गरेको सुनेका दुर्गानाथले आफ्नै परिश्रममा बाँच्ने अठोट गरेका छन् । उनले भने, 'केही न केही समस्या सबैका हुन्छन्। मानिसले हिम्मत हारेन र आ"ट गर्यो भने नहुने केही छैन।' ठूला काम खोजेर वरालिनु भन्दा उद्यम गरे रोजी, रोटी दुवै मिल्ने भएकाले उद्यम तर्फ युवाहरूले ध्यान दिए राम्रो हुने उनको सुझाव छ ।

दुर्गानाथ मात्रै हैन सुनसरी भरौलका सम्भु तामाङ पनि केराका दाम्चाबाट अनौठा चित्रहरू बनाउने व्यवसाय गरिरहेका छन्। सानै उमेरमा पोलियोका कारण दुवै खुट्टा गुमेका तामाङले स्थानिय राम तिवारीसँग मिलेर चित्रकला व्यवसाय सुरु गरेका हुन्। भारतमा रोजगारीका क्रममा तिवारीको खुट्टा गुमेपछि गाउँमै चित्र बनाएर बेच्ने काम थालेको तामाङले बताए। तिवारी चित्र बनाउँछन् भने तामाङ चित्र बेच्न विभिन्न स्थानमा पुर्याउने गर्दछन् ।

केराका दाम्चाबाट बनाएका चित्र नेपालमा खपत नभए पनि विदेशिहरूले औधी रुचाउने गरेको तामाङको भनाइ छ । उनका अनुसार यस्ता चित्रहरू विदेश निर्यात हुने गरेका छन्। उनीहरूले बनाएका धेरैजसो चित्रहरू इटालि जानेगरेको तामाङले जानकारी दिए। अपाङ्ग महासंघले विराटगरमा आयोजना गरेको रोजगार मेलामा सहभागि हुन चित्र लिएर आएका तामाङले नेपालमा बजार नभएकाले विदेशबाट आएको अर्डरले पनि राम्रै आम्दानी हुने गरेको बताए। उनले भने, 'नेपालमा बजार नभएकाले विदेशबाट आएको अर्डरमा आम्दानी भर पर्ने भए पनि अहिलेसम्म राम्रै आम्दानी भइरहेको छ ।'

धनकुटा पाख्रीबासकी जुना घिमिरेले सल्लाको पातबाट विभिन्न घरायसी प्रयोग र सजावटका सामान निर्माणको व्यवसाय गर्दै आएकी छिन्। सल्लाको पातबाट बनाइएका सजावटका सामानहरूको माग उच्च हुने गरेको उनले बताइन् । अपाङ्गता भएकी घिमिरेले यही व्यवसायबाट गुजारा चलाउँदै आएको बताइन् । उनले भनिन्, ' खान लाउन पुगेकै छ। कसैको आश गर्नु परेको छैन।' पूर्वाञ्चलमा अपाङ्गता भएकाहरूले थुप्रै प्रकारका पेशार व्यवसाय गरिरहेको अपाङ्ग महास"घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।

अपाङ्गता भएकाहरूले निर्माण गरेका सामाग्रीको प्रदर्शनी र उत्पादनको प्रबद्र्धन गर्न विराटनगरमा दुई दिने प्रदर्शनी पनि गरिएको राष्ट्रिय अपाङ्ग महासंघ पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष रामबहादुर कार्कीले जनाकारी दिए। अपाङ्ग मैत्री संरचना र व्यवहार नहुँदा अपाङ्गता भएकाहरूलाई समस्या हुने गरेको कार्कीको गुनासो छ । अपाङ्गता भएकाहरूलाई रोजगारी प्रदान गर्न र आत्मनिर्भर बनाउन महासंघले पनि सबै निकायमा पहल थालेको कार्कीले बताए । पूर्वाञ्चलमा ९५ हजार र मोरङमा १७ हजार ५३ जना अपाङ्ग रहेको अपाङ्गमहासंघ क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...