Friday 14 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'देउवालाई छाडेर' अघि बढ्दै कोइराला

(0 votes)
काठमाडौं-नेपाली कांग्रेस सभापति सुशील कोइराला पदाधिकारी संख्या बढाउन वरिष्ठ नेता शेरबहादुर देउवा सहमत नभए बहुमतका आधारमा विधान संशोधन प्रस्ताव अघि बढाउने तयार भएका छन्।


nepali-patro-may
आशन्न १३औं महाधिवेशनमा पुनः सभापति प्रत्याशी बन्ने तयारीमा जुटेका कोइराला सर्वसम्मतिले विधान संशोधन प्रस्ताव पारित नभए बहुमतबाट अघि बढाउने पक्षमा पुगेका हुन् ।

आफूनिकट नेताको व्यवस्थापनमा समेत समस्या देखिएपछि कोइराला देउवा पक्षको असहमतिबीच केन्द्रीय समितिबाट विधान संशोधन प्रस्ताव अघि बढाउने तयारीमा लागेका हुन् । संगठन विभागप्रमुख आनन्दप्रसाद ढुंगाना नेतृत्वमा गठन भएको विधान संशोधन समितिले जिल्ला अधिवेशनपछि बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव पेस गर्नेछ ।

'सकेसम्म सर्वसम्मतिले पदाधिकारी संख्या थप गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पास गर्ने तयारीमा छौ,' कोइराला निकट एक केन्द्रीय सदस्यले भने, 'त्यस्तो नभए जोखिम उठाएर भए पनि संशोधन प्रस्ताव अघि बढ्छ ।'

देउवा पक्ष भने पदाधिकारी संख्या थप गर्ने पक्षमा छैनन् । संस्थापन पक्ष नेताहरुको व्यवस्थापनका लागि मात्र पदाधिकारी संख्या थप गर्ने पक्षमा रहेको देउवा पक्षको बुझाइ छ । संख्या बढ्न नदिएर कोइरालालाई अप्ठ्यारोमा पार्दै महाधिवेशन परिणाम आफ्नो पोल्टामा पार्ने देउवा पक्षको दाउमा छ । पदाधिकारी संख्या नथप्दा त्यसका आकांक्षी संस्थापन छाडेर आफ्नो पक्षमा आउने देउवा पक्षको बुझाइ छ ।

'गाउँ देखि जिल्लासम्म थप नचाहिने केन्द्रमा मात्र बढी चाहिने भन्ने हुँदैन,' देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, 'त्यसका लागि विधान संशोधन आवश्यक छैन ।'

संस्थापन पक्ष पदाधिकारीका आकांक्षी देउवा समूहमा जानबाट रोक्न उपसभापतिसहितका केही पदाधिकारी संख्या थप गर्ने पक्षमा छन् । 'टिमको व्यवस्थापनको मात्र कुरा छैन मान्छेको व्यवस्थापन पनि ठूलो कुरा हो,' कोइराला निकट केन्द्रीय सदस्य बद्री पाण्डेले भने, 'पदाधिकारी संख्या थप गरेर धेरै वरिष्ठलाई जिम्मेवारी दिन दृढतापूर्वक लाग्छौं ।'

त्यसले नेतृत्व हस्तान्तरण प्रक्रिया छिटो अघि बढ्ने तर्क गर्दै पाण्डेले भने, 'सहमहामन्त्री भएको व्यक्ति कि महामन्त्री वा उपसभापतिमा अपगे्रड हुन्छ होइन भने पार्टीबाट बिदा लिने अवस्था आउँछ ।'

संस्थापन पक्षले उपसभापति रामचन्द्र पौडेलसहित नेताको व्यवस्थापन गर्ने गरी एक वरिष्ठ उपसभापतिका साथै एक महिलासहित तीन उपसभापतिको विधानमा व्यवस्था गर्ने तयारीमा छ । त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले आवश्यकताअनुसार सहमहामन्त्री मनोनीत गर्ने अर्को व्यवस्था विधानमा राख्ने तयारी छ ।

पार्टी सदस्यता थप भएको भन्दै केन्द्रीय समितिको आधार पनि बढाउनु संस्थापन पक्षको तयारी छ । एक महिलासहित प्रदेशबाट तीन÷तीन केन्द्रीय सदस्यसहित निर्वाचित हुने व्यवस्था विधानमा राख्ने तयारी छ ।

'व्यक्तित्व विकासका लागि पनि केन्द्रीय समितिको आधार बढाउनुपर्छ,' कोइराला निकट अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, 'पदाधिकारीको संख्या बढाउनुपर्छ ।' कांग्रेसमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षसहित हाल ८५ जनाको केन्द्रीय समिति छ ।

बढ्यो असन्तुष्टि

सभापति सुशील कोइराला पुनः सभापतिको प्रत्याशी बन्ने तयारीसँगै संस्थापनभित्र असन्तुष्टि तीव्र बनेको छ । एक कार्यकालका लागि मात्र उम्मेदवार बन्ने १३औं महाधिवेशनमा व्यक्त प्रतिबद्धताविपरीत कोइराला आशन्न महाधिवेशनमा पनि उम्मेदवारी दिने तयारीपछि निकट नेता रुष्ट बनेका हुन् ।

कोइरालाकै समर्थनमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेत्री सुजाता कोइरालासहितका नेता उम्मेदवार बन्ने रणनीतिमा रहेका बेला उनी आफैं उम्मेदवार बन्ने तयारीतीब्र बनाएका छन् । आफु बाहेक संस्थापन पक्षबाट अर्को उम्मेदवार हुँदा वरिष्ठ नेता शेरबहादुर देउवामा नेतृत्व पुग्ने भन्दै कोइरालाले त्यसलाई रोक्न उम्मेदवार बन्न लागेको बताउँदै आएका छन् ।

'मेरालागि होइन, तपाईंहरुको भविष्यका लागि हो,' कोइरालालाई उद्धृत गर्दै एक नेताले भने, 'पार्टी बर्वाद हुनबाट जोगाउन लाग्नुस् ।'

निकट अन्य नेतालाई रोक्नभन्दा पार्टी बर्वाद हुनबाट जोगाउन उम्मेदवार बन्न लागेको कोइरालाले बताउँदै आएका छन् । वरिष्ठ नेता देउवा नेतृत्वमा कांग्रेस पुगे पार्टीनै समाप्त हुने कोइरालाको विश्लेषण छ । अरु उठ्दा देउवालाई जित्न सकिँदैन भन्ने मनोविज्ञानले काम गरेको सुनाउँदै कोइराला निकट एक केन्द्रीय सदस्यले भने, 'दोस्रो पुस्ताको भूमिका पनि राम्रो देखिएन ।'

निकट पदाधिकारीसँगको परार्मस बिनै केही निकट तथा युवा नेताहरुमार्फत जिल्लाहरुको अवस्थाको जानकारी लिइरहेका कोइराला तराई÷मधेसका नेता तथा कार्यकर्ताको साहानुभूति आफूलाई मात्र प्राप्त नहुने उनको बुझाइ छ । क्षेत्रीय र जिल्ला अधिवेशनलगत्तै औपचारीक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।

माघ २२ गते क्षेत्रीय अधिवेशन र २५ गते हुने जिल्ला अधिवेशनबाट संस्थापन पक्ष जितेर आउने कोइराला बुझाइ छ ।

तर, पौडेल, सिटौलासहितका नेता कोइरालाका पक्षमा माहोल नै नभएको भन्दै अब पछि नहट्ने बताउँदै आएका छन् । जिब्रो र फोक्सोको क्यान्सरबाट पीडित कोइरालाको स्वास्थ्यले पनि साथ नदिएकाले पार्टीमा आफ्नो विकल्प नभएको भन्दै पौडेलको सभापतिको प्रत्यासी बनिछाड्ने बताएका छन् । कोइराला उम्मेदवार बने पनि आफूलाई अब प्रत्याशी बन्न कसैलाई नरोक्ने भन्दै पौडेलले जिल्ला तहका नेताहरुसँगको सम्पर्कलार्ई तीव्र बनाएका छन् । 'अब म धेरै अघि बढिसकेँ, फर्कने कुनै ठाउँ छैन,' निकटहरुसँग पौडेले भनेका छन्, 'म रोकिन्नँ ।'

त्यस्तै, महामन्त्री सिटौलाले पनि गाउँ/नगर अधिवेशनपछि सभापतिको उम्मेदवार बन्न आफूलाई थप दबाब परेको बताउँदै आएका छन् ।

पौडेल, सिटौलासहित नेताले कोइरालालाई पुनः सभापतिमा जिताउनै नसकिने बताउँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । कोइराला उम्मेदवार बने संविधान जारी भएयताको (प्रधानमन्त्री निर्वाचन) नियति दोहोरिने भन्दै उनीहरुले संरक्षक बन्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...