ढाकामा 'राजतन्त्रको भूत' ब्युँतियो

smaller text tool iconmedium text tool iconlarger text tool icon
नवीन अर्याल, ढाका, माघ १६- नेपालमा राजतन्त्र समाप्त भइसकेको ३ वर्ष बितिसकेको छ। तर, क्षेत्रीय प्रतियोगिताको कुम्भमेला आयोजना गरिरहेको बंगलादेशको राजधानी ढाकामा फेरि राजतन्त्रको भूतको रुपमा रहेको पुरानो नेपाली राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली....लाई ब्युताउँने काम भएको छ।

एघारौं सागको पूर्वसन्ध्यामा शुक्रवार भएको झण्डातोलन कार्यक्रममा आयोजक बंगलादेशले ८ राष्ट्रको माझ नेपालको पुरानो राष्ट्रिय गान बजाएपछि सम्पूर्ण नेपाली खेलाडी र पदाधिकारीले एक आपसमा मुखामुख गरेका थिए।


यसको मौखिक प्रतिक्रिया तत्कालै नेपालले जनाए पनि शनिबार एघारौँ सागको दोस्रो दिन फेरि त्यही राष्ट्रगान बज्न पुग्यो, त्यो पनि ब्याडमिन्टनको उदघाटन सत्रमा।

हामी चकित पर्‍यौँ, नेपाल ब्याडमिन्टन संघका सचिव वीरेन्द्र श्रेष्ठले नागरिकसँग भने।

नेपाली सेभ द मिसन हरिबाबु चौधरी यो गल्ती दोहरिनुमा बंगलादेशस्थित नेपाली दुतावास जिम्मेवार भएको बताउँछन्। हामीले यसको सम्पूर्ण जिम्मेवारी यहाँको दूतावासलाई दिएका थियौं, हरिबाबुले भने।

तर, बंगलादेशका लागि नेपाली राजदुत प्रदीप खतिवडा भने राष्ट्रिय गान पुरानो बज्नुमा दूतावासको कुनै हात नभएको बरु आयोजक कमिटीले नै बदमासी गरेको बताउँछन्।

आयोजक समितिलाई पहिले नै हामीले नेपालको अहिलेको राष्ट्रिय गान सुम्पिसकेका थियौँ, राजदूत खतिवडाले भने। उनले अहिले पनि दूतावासमा पत्र पठाउँदा शाही नेपाली दूतावास भनेर पठाउने गरेको आरोप लगाए।

"हामीले कतिपल्ट भनिसक्यौ। उनीहरुले नसुनेको झैँ गरिरहेका छन्, उनले भने। पछिल्लो समय ढाकास्थित नेपाली दूतावासले बंगलादेशी भिसामा कडाई गरेपछि अहिले दुतावाससँगको सम्बन्ध त्यति सुमधुर मानिँदैन, बंगलादेशी सरकारसँग।

नेपालस्थित बंगलादेशी दुतावासका पहिलो सचिव मोहम्मद इम्दादुल हकले एघारौ सागका लागि भिसा लिन गएका पत्रकारहरुलाई नेपालीलाई बंगलादेश जान भिसामा लाग्ने शुल्क आफ्नो देशले लिने नगरेको तर, आफ्नो देशका नागरिकलाई नेपाल आउन भिसा शुल्क लाग्ने भन्दै गुनासो गरेका थिए। हामीलाई मात्र एकतर्फी भिसा शुल्क किन लगाएको होला, उनले भने। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल