नेपाललाई अहिलेसम्म ७ स्वर्ण-
ढाका, माघ २५ (नागरिक)- बंगलादेशको ढाकामा जारी ११ औं सागमा सोमबार नेपालले पाँच स्वर्ण पदक जितेको छ। योसँगै नेपालको कूल स्वर्ण संख्या सात पुगेको छ। करातेका गंगा अधिकारीले नेपाललाई सातौं स्वर्ण दिलाएकी हुन्। महिला ६१ केजीको फाइनलमा गंगाले अफगानिस्तानकी खेलाडीलाई पराजित गरिन्।
करातेमा नेपाललाई यो तेश्रो स्वर्ण हो। यसअघि आइतबार सुनिल लामाले पुरुषको ५५ केजीमा स्वर्ण जितेका थिए। त्यस्तै विनोद शाक्यले पनि नेपाललाई स्वर्ण दिलाएका छन्। फाइनलमा उनले श्रीलंकाली खेलाडीलाई ७.४ ले पाखा लगाएका थिए।
सोमबार स्वर्ण जित्ने अन्य खेलाडी दीपक विष्ट, आयशा शाक्य र आङबाबु लामा हुन्।
ढाका, माघ २५ (नागरिक)- बंगलादेशको ढाकामा जारी ११ औं सागमा सोमबार नेपालले पाँच स्वर्ण पदक जितेको छ। योसँगै नेपालको कूल स्वर्ण संख्या सात पुगेको छ। करातेका गंगा अधिकारीले नेपाललाई सातौं स्वर्ण दिलाएकी हुन्। महिला ६१ केजीको फाइनलमा गंगाले अफगानिस्तानकी खेलाडीलाई पराजित गरिन्।
सोमबार स्वर्ण जित्ने अन्य खेलाडी दीपक विष्ट, आयशा शाक्य र आङबाबु लामा हुन्।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook