Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

खेलकुदमा भौतिक पूर्वाधार थप्नुपर्छ : खेलकुद मन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, फागुन २२- युवा तथा खेलकुद मन्त्री गणेश तिवारी (नेपाली) ले खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार थप्नुपर्नेमा जोड दिएका छन्।

अन्तरविद्यायस्तरीय सडक दौड र चित्रकला प्रतियोगिताका विजयी खेलाडीलाई शनिबार यहाँ पुरस्कार प्रदान गर्दै उहाँले खेलकुदक्षेत्रको प्रभावकारी विकासका लागि पूर्वाधार थप्न सरकार क्रियाशील रहेको बताए।

त्यस अवसरमा एघारौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता राजेन्द्र भण्डारीलाई मन्त्री तिवारीले सम्मान गरे।

काठमाडौँ उपत्यकाका बीसवटा विद्यालयका छात्रछात्राले भाग लिएको सडकदौडमा बालुवार उच्चमाध्यमिक विद्यालयका सुवास राई प्रथम, बौद्ध माविका राजु तामाङ द्वितीय र  लिटिल मेमोरियल स्कुलका विजय लामा तृतीय भएका थिए।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल

Nagarik Offer