युसफ र युनिसमाथि आजीवन प्रतिबन्ध

smaller text tool iconmedium text tool iconlarger text tool icon
कराची (पाकिस्तान), फागुन २६ (एजेन्सी)- पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पूर्व कप्तानद्वय मोहम्मद युसुफ र युनिस खानमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। अष्ट्रेलिया भ्रमणका क्रममा भएका घटनाका सम्बन्धमा यसले गरेको छानविनमा दुवै सलग्न भएको झगडाले टिमको स्तरमा नकारात्मक असर पारेको ठहर गरेको थियो।

राणा नावेदउल हसन र सोएव मलिक दुवैमाथि ठूलो जरिवानाका साथै एक एक वर्षको प्रतिबन्ध लगाइएको छ।

शाहिद अफ्रिदी, कमरान अकमाल र उमर अकमालमाथि पनि ठूलो जरिवाना लगाइएको छ भने छ महिना परीक्षणकालका क्रममा उनीहरूमाथि कडा निगरानी गरिने भएको छ।

केही समयअघि सम्पन्न अष्ट्रेलिया भ्रमणमा भएको पाकिस्तानको फितलो प्रदर्शनको कारणबारे जानकारी लिन गठित छानविन समितिको सिफारिसलाई पिसिबीले बुधबार लागू गरेको पनि बिबिसीले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल