Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

दिल्लीमाथि मुम्बईको जित

smaller text tool iconmedium text tool iconlarger text tool icon
नयाँ दिल्ली, भारत, चैत ५ (एजेन्सी)– दिल्ली डेयरडेविल्सका कप्तान म्याचको दोस्रो ओभरमै चोटग्रस्त भएर पेवेलियन गएपछि व्याटिङका लागि फर्कन सकेनन्।
उता मुम्बई इन्डियन्सका कप्तान सचिन तेन्दुलकर दिल्लीका दर्शकसामु निकै ठूलो इनिङ खेल्न सफल भए। गौतम गम्भीरको अनुपस्थितिमा सहवागको उत्कृष्ट क्याचपछि दिल्ली यसरी लडखडायो कि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो लगातार दोस्रो म्याच ३ दशमलव ३ ओभर बाँकी छँदै ९८ रनले जित्न सफल भयो।

यसअघिका दुवै म्याच राम्रो अन्तरले जितेर आएको दिल्ली डेयरडेविल्सलाई म्याचमा विजय हासिल गर्न २ सय १९ रनको आवश्यकता थियो। सहवाग सातौँ ओभरमा ड्वेन ब्रावोको बलमा रायडूबाट समातिनासाथ विकेट खस्ने सिलसिला सुरु भएको थियो। त्यसपछि ४४ बलको अन्तरमा छ विकेट खसेको थियो। त्यतिबेलासम्म दिल्लीका सामु सम्हालिने कुनै अवसर बाँकी थिएन।

यसअघि मुम्बईका लागि सचिनले ३२ बलमा ११ चौकासहित ६३ रन बनाएका थिए। सौरभ तिवारीले ३७ बलको सामना गर्दै तीन छक्का र चार चौकासहित ६१ रन बनाएर १९ औँ ओभरमा आउट भएका थिए। यसबाहेक तिवारीले सचिनसँगै ४ दशमलव २ ओभरमा ४८ रनको साझेदारी गरेका थिए। त्यसपछि उनले रायडुसँगै ३५ बलमा ७१ रन जोडे। यस म्याचअघि सचिनले कोटलाको पिछलाई निकै राम्रो बताएका थिए। अमित मिश्राको केही बललाई छाडेर पिचमा हलुका वाउन्स थियो।
सचिनपछि सौरभ तिवारी र अंबाती रायडुलाई आफ्नो सट खेल्न खासै कठिनाई भएन। पहिलो दश ओभरमा सचिनको क्रिजमा भएको उपस्थितिका क्रममा मुम्बई इन्डियनले ११ दशमलव २० को औसतले रन बनाएको थियो।

यस म्याचमा दिल्ली दुई लेग स्पिनर अमित मिश्रा र सरबजीत लाडाका साथ मैदानमा ओर्लेको थियो। सचिनले तीब्र बलर नेन्स महरुफ र सांगवानविरुद्ध रन बनाउने सिलसिला कायम राखे भने तिवारी र अंबाती रायडुले यी दुवै स्पिनरविरुद्ध स्कोरलाई रोक्न दिएनन्। सचिनले महरुफको दश बलको सामना गर्दै २४ रन हिर्काएका थिए। तिवारीले मिश्राको १४ बलमा २४ रन बनाए भने रायडुले लाडाको चार बलमा १२ रन बनएर आउट भए।

पराजित टिमका दिनेश कार्तिकले टस जितेपछि क्षेत्र रक्षणको निर्णय ठीक नभएको बताए। 'टस जितेर क्षेत्र रक्षणको हाम्रो रणनीति सफल भएन। हामीलाई गम्भीरको अनुपस्थितिको असर पनि टिममा पर्न गयो। उनी हाम्रा सफल कप्तानका साथै सर्वश्रेष्ठ व्याट्सम्यान हुन्। हाम्रा कुनै पनि व्याट्सम्यानले अर्को छेउ सम्हाल्नुपर्ने थियो तर यस्तो भएन।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल

Nagarik Offer