Friday 17 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सिनेमा हल तीन शो फिल्म, शैक्षिक संस्था बन्द

  • सोमबार ३० कार्तिक, २०७२
  • उपेन्द्र यादव
  • Be the first to comment!
(0 votes)
बारा–मधेसी मोर्चाले मधेसी समुदायहरुको अधिकारको लागि तीन महिनादेखि गर्दै आएको आन्दोलनामा बारा,पर्साका सिनेमा हलहरु संचालन हुदै आए पनि शैक्षिक संस्था भने पुर्णरुपमा बन्द छन्।
nepalipatr-april

बाराको कलैयामा रहेको गुप्ता हल र जानकी सिनेमा हलमा 'प्रेम रतन धन पायो' हिन्दी सिनेमा चलिरहेको छ भने कलैयामा नै रहेका सामुदायिक विद्यालय भने तीन महिनादेखि बन्द छन्। कलैयाका चन्द्र उच्च माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय उमाविलगायतका दुई दर्जन सामुदायिक विद्यालय र क्याम्पस तीन महिना देखि बन्द छन्। कलैयाकै संस्थागत विद्यालयका रुपमा रहेका बाल एकता, भरतबाबा, डिभाइन, ग्यालेक्सी, सनी एकाडेमीलगायतका एक दर्जन भन्दा बढी निजी विद्यालय बन्द छन्।
pic upy

वीरगंजको त्रिमूर्ती हलबाट फिल्म देखेर निस्कदै दर्शक।
वीरगंजमा रहेका हरिखेतान क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज कमर्स क्याम्पस, वीरगंज पब्लिक क्याम्पसलगायतका एक दर्जन भन्दा बढी क्याम्वस बन्द रहेका छन्। सामुदायिक विद्यालयको रुपमा रहेका त्रियुद्ध उमावि, सिद्धार्थ उमावि, कन्या उमावि, लगायतका उच्च मावि, मावि, निमावि र प्राथमिक विद्यालयहरु बन्द रहेका छन्।

वीरगंजमै सामुदायिक, संस्थागत र क्याम्पस मधेश आन्देलनले बन्द रहेका अवस्थामा हजारौ विधार्थीहरुले पढनबाट बन्चित भएको शिक्षाविदले बताएका छन्। मधेश जिल्लाहरुमै सबभन्दा बढी आन्दोलनको केन्द्रविन्दु रहेको पर्साको वीरगंजको सम्पूर्ण शैक्षिक संस्था बन्द भएपनि सिनेमा हालहरु निर्धक रुपमा संचालन रहदै आएका छन्।

वीरगंजमा रहेका श्रीराम हाल र त्रिमूर्ती हलमा मधेश आन्दोलनको क्रममा बन्दको कुनै असर नपरेको हल संचालक बताउँछन्। ती हलहरुले आन्दोलन सुरु भएदेखि नै समान्य अवस्था झै दैनिक तीन शो हल संचालन गर्दै आएका छन्। श्रीराम हलका संचालक शम्भुशरण कलवारले आन्दोलन शुरु भएपछि एक दुई पल्ट मात्रै हल बन्द गर्नु परेको बताए।

कलवारले हल आन्दोलनरत मोर्चाकै सहयोगमा अहिले दैनिक ९ देखि १२, १२ देखि ३ , ३ देखि ६ गरी तीन शो संचालन भइरहेको बताए। समान्य अवस्था भन्दा अहिले दर्शकको संख्या केही कम भएपनि हल संचालन भइरहेकोले कर्मचारीहरुलाई तलब दिन सकिएको उनले बताए। एक शोमा एक हजार दर्शक अटाउने क्षमता रहेकोमा अहिले तीन देखि पाँच सय दर्शकहरु एक शोमा पुग्ने गरेको कलवारले बताए।

आन्दोलन शुरु भए देखि बारामा रहेका सामुदायिक, संस्थागत विद्यालयहरु पठनपाठन बन्द रहेकाले ८० हजार विधार्थीहर पठन पाठनबाट बन्चित भएको शिक्षा कार्यालय बाराका विद्यालय निरीक्षक अशोक रौनियारले बताए। गाउँ गाउँमा मधेशी मोर्चाको समर्थनमा सर्वसाधारण आन्दोलनमा सहभागिता जनाउने कारणले गर्दा शैक्षिक संस्थाहरुलाई संचालन गर्न समस्या भएको शिक्षकहरुले बताउँछन्।

शिक्षक महासंघ बाराका अध्यक्ष भरत साहले मधेस आन्दोलनमा गाउँ गाउँमा मधेस आन्दोलन प्रति समर्थन गर्नेहरुको संख्या धेरै रहेको र बिद्यालय संचालन गर्न बातावरण नभएकै कारण आन्दोलनको क्रममा बिद्यालयहरु बन्द गर्नु परेको बताए। जिल्ला १६ वटा स्रोत केन्दमा चार सय ६० वटा प्राथमिक, निम्न माध्यमिक,माध्यमिक र उच्च माध्यमिक सामुदायिक विद्यालय संचालनमा रहेका छन भने ८५ हजार विद्यार्थी अध्यन्नरत रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...