Wednesday 27 Magh, 2072 |
Menu

खेल

istl

सकिनै लाग्यो रगत भर्ने झोला

(0 votes)
सकिनै लाग्यो रगत भर्ने झोला
काठमाडौं-भारतले लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोलाको अभाव हुन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था आएको छ ।


nepalipatro-nagarik
अस्पतालका अनुसार बाँकी झोलाको पनि दुई साताभित्रै प्रयोग मिति सकिँदैछ ।

'पहिलो स्टकको म्याद सोमबारै सकियो । पछिल्लो स्टकमा रहेकाको म्याद पनि ३० नोभेम्बरमा सकिँदैछ,' टिचिङ अस्पतालका उपनिर्देशक डा. पे्रम खड्काले नागरिकसँग भने । टिचिङमा मात्र मासिक २ हजार ब्याग खपत हुने गरेको तथ्यांक छ ।

दुई साताभित्र आवश्यक ब्याग आपूर्ति हुन नसके सिकिस्त बिरामीको उपचारमा समस्या हुने र बिरामीको ज्यानै जोखिममा पर्ने निर्देशक खड्काले सचेत गराए ।

'डिलरले ल्याउन नसकेको जवाफ दिएका छन्, यस्तै स्थिति रहे दुई सातापछि काम ठप्पै हुन्छ,' उनले भने । यस्तो ब्याग चीनबाट खरिद गएि पनि भारतीय बाटो भएर ल्याउने गरिएकाले नाकामै अड्किएर अभाव खट्केको खड्काले जनाए ।

आफ्नै रक्तसंकलन केन्द्र रहेको प्रसूति गृह अस्पतालले पनि दुई÷चार दिनमै रक्तसंकलन ब्याग सकिन लागेको जनाएको छ । 'डिलरले खोज्छौं भनेका छन् तर बजारमा पाइँदैन,' केन्द्रका कर्मचारी परशुराम दाहालले भने ।

अस्पतालको भण्डारमा रहेको ब्यागमध्ये सिंगल ब्याग सकिइसकेको गंगालाल हृदयकेन्द्र अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक जोतिन्द्र शर्माका अनुसार रगत संकलन ब्याग सकिँदै गएपछि अस्पतालको नियमित अप्रेसन र क्याथ ल्याबको काम कम गर्दै लगिएको छ ।

अस्पतालमा मुटुका बिरामीका लागि आवश्यक अन्य औषधि भल्ब, शल्यक्रियाको घाउ सिलाउने धागो स्विचरलगायत अत्यावश्यक सामग्री सकिँदै गएको छ । 'नयाँ आएन भने केही दिनमा ठूलै संकट पर्नेछ,' निर्देशक शर्माले भने ।

वीरमा पनि ब्याग केही दिनमै सकिन लागेको अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले जनाए । निर्देशक पण्डितका अनुसार भूकम्पका बेला ल्याइएका ब्यागको क्रमशः प्रयोग अवधि सकिँदै गएको छ । भण्डारण भएका मध्ये केहीको मंगलबारै सकिएको छ भने बाँकीको पनि नोभेम्बर अन्तिममै सकिनेछ ।

'अब हामीस"ग भएका सबै नष्ट गर्ने अवस्थाका मात्र हुनेछन्,' पण्डितले भने । प्रयोग अवधि सकिन लागेकाले ब्याग केन्द्रीय रक्तसञ्चार केन्द्रसँग माग गर्ने तयारी भइरहेको उनले बताए ।

केन्द्रीय रक्तसञ्चार केन्द्रले चार थरीका रगत संकलन ब्यागमध्ये केही भण्डारणको अवस्थामा रहे पनि धेरै प्रयोग हुने सिंगल ब्याग भने कम संख्यामा रहेको जनाएको छ ।

'अहिलेसम्म आपूर्तिकर्ताले थोरै–थोरै मात्र दिइरहेका छन्, तर पहिलाजस्तो स्टक छैन,' केन्द्रका प्रशासकीय अधिकृत विजय अधिकारीले भने । उनका अनुसार केन्द्रमा आपूर्ति हुन लागेका ४० हजार प्याकेट ब्याग पनि वीरगन्ज नाकामै रोकिएको छ ।

केन्द्रमा दैनिक १ हजार ब्याग आकस्मिक अवस्थाका लागि भनी राखिए पनि आपूर्तिकर्ताले दैनिकजसो ५ सयका दरले दिएकाले त्यतिमै काम चलाइएको उनले जानकारी दिए । केन्द्रमा दैनिक ३ सय ब्याग प्रयोग हुन्छ ।

लामो समय आउन नसके ठूलो संख्यामा रगत संकलन गर्नुपर्न अवस्थामा ब्यागकै कारण समस्या पर्न सक्ने अधिकारीले बताए । 'काम चलेको छ, ठूलो परिमाणमा संकलन गर्नुपर्दा समस्या पर्छ,' उनले भने ।

केन्द्रका अनुसार रगत चढाउने ट्रान्सफियुजन सेट(रगत चढाउने किट)समेत अभाव भएको र आउनु पर्ने सेट सवै वीरगंज नाकामै रोकिएर आउन नसकेको हो । प्रशासकीय अधिकृत अधिकारीका अनुसार आउँदै गरेको ४० हजार ट्रान्सफ्युजन किट नाकामा रोकिएको हो ।

राजधानीमा सबैजसो अस्पतालमा रगत संकलन ब्याग तथा अन्य औषधि सकिँदै गएको राजधानीका ११ अस्पतालका निर्देशकले संयुक्त रुपमा स्वास्थ्यमन्त्री र नेपाल मेडिकल एसोसिएसनलाई सोमबारै भेटेर जानकारी गराएका छन् । मन्त्रालयले यसबारे छिटो प्रक्रियामा जाने आश्वासन दिएको वीरका निर्देशक पण्डितले जानकारी दिए ।

'नाकामा रोकिएका औषधिलगायत सामग्री ल्याउनेबारे विश्व स्वास्थ्य संगठन तथा अन्य दातृनिकायसँग आग्रह गरेका छौं,' मन्त्रालयका प्रवक्ता शान्तबहादुर श्रेष्ठले भने ।

संकलन पनि कम

नाकाबन्दी बढ्दै गएपछि पहिलेको तुलनामा रगत संकलन कम हुँदै गएको केन्द्रीय रक्तसञ्चार विभाग भृकुटीमण्डपले जनाएको छ । नाकाबन्दीको मध्यसमय सुरु भएदेखि नै रगत कम संकलन हुन थालेको केन्द्रका प्रशासकीय अधिकृत विजय अधिकारीले जानकारी दिए । पहिले दैनिक १२ ठाउँबाट रगत संकलन हुने गरेकोमा अहिले चार ठाउँबाट मात्र संकलन भएको उनले बताए ।

सामान्य अवस्थामा दैनिक ३ सय पिन्ट रगत संकलन हुने गरेकोमा अहिले दैनिक २ सय मात्र हुने गरेको केन्द्रका जनसम्पर्क अधिकृत सन्देश थापाले बताए । 'बिदाका दिन ६ सय पिन्टसम्म हुन्थ्यो, अहिले कम छ,' उनले भने ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार सवैजसो मध्यम वर्गका व्यक्तिहरु मुख्य रगत दाता भएको उनीहरु खाना पकाउने र यातयातमा आवश्यक फियुल अभाव र महंगीले तनावमा परेपछि रक्तदानमा ध्यान दिन नसकेर संकलन कम भएको हो ।

'दाता रगत दिने ठाउँसम्म आउने स्थिति छैन, इन्धन जोहो र अन्य संकटमा छन््,' उनले भने ।

रगत कम संकलन हुन थालेपछि माग भएका बिरामीका आफन्तलाई सम्झाएर रगत आपुर्ति गर्ने गरेको केन्द्रले जनाएको छ । कतिपय सम्पर्कमा राखेका व्यक्तिबाटै रगत तानेर दिने गरेको अधिकृत अधिकारीले जानकारी दिए ।

नाकाबन्दी अझै लम्बिए कामचलाउ अवस्था पनि कायम राख्न नसकिने उनले बताए । रगतको अभाव हुने स्थितिलाई ध्यान दिँदै दातालाई रक्तदान गर्न केन्द्रीय रक्तसञ्चार विभागले अनुरोध गरेको छ ।

'केन्द्रमा जुनसुकै दिन रगत संकलन गर्न पाइने व्यवस्था भएकाले यहीँ आएर दान गर्न अनुरोध गरेका छौं,' अधिकारीले मंगलबार भने ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...