Tuesday 26 Magh, 2072 |
Menu

खेल

istl

बराबरीसँगै जोन्सनको संन्यास

  • बुधबार २ मंसिर, २०७२
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
बराबरीसँगै जोन्सनको संन्यास
पर्थ– संन्यासको तयारीमा रहेका तीब्र गतिका अस्ट्रेलियाली बलर मिचेल जोन्सनले मंगलबार वेस्ट अस्ट्रेलिया क्रिकेट संघको पर्थस्थित मैदानमा न्युजिल्यान्डसँग बराबरीमा टुंगिएको टेस्टमा अन्तिम दुई विकेट लिएका छन् ।


nepalipatro-nagarik
घरेलु टोलीले ३८५–७ मा इनिङ समाप्तिको घोषणा गर्दै न्युजिल्यान्डलाई ४८ ओभरमा ३ सय २१ रनको लक्ष्य दिएको थियो । ब्याट्सम्यानलाई निकै साथ दिइरहेको पिचमा शृंखला १–१ को बराबरीमा ल्याउन न्युजिल्यान्डले प्रतिओभर झन्डै सात रन जोड्न सक्नुपथ्र्यो ।

वर्षाका कारण खेल एक घन्टा ढिलो सुरु भयो । जसका कारण न्युजिल्यान्डले जित्न थप आक्रामक ब्याटिङ गर्नुपर्ने थियो । तर, २० ओभर बाँकी रहँदै मंगलबार पाँचौं तथा अन्तिम दिन सकिँदा न्युजिल्यान्डले दुई विकेट गुमाई १ सय ४ रनमात्र बनाउन सक्यो । रोज टेलर ३६ तथा केन विलियम्सन ३२ रन बनाएर क्रिजमा अविजित थिए ।

अस्ट्रेलियाले शृंखलाको पहिलो टेस्ट गावामा २ सय ८ रनको अन्तरमा जितेको थियो ।

दिनको खेल सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका जोन्सनले झन्डै ३ हजार दर्शकबीच न्युजिल्यान्डको दोस्रो इनिङमा दुवै ओपनरको विकेट लिएर खेल स्मरणीय बनाए । ३४ वर्षे जोन्सनले टम लाट्ह्यामलाई १५ रन बनाएको बेला फाइन लेगमा जोस हाज्लेउडबाट क्याचआउट गराए भने मार्टिन गुप्टिल (१७) लाई सर्ट लेगमा जोए बर्नसबाट क्याच गराए ।

मैदानमै न्युजिल्यान्डका खेलाडीबाट पनि सम्मान पाएका जोन्सनले पहिलो इनिङको खराब प्रदर्शनबाट पुनरागमन जनाउने क्रममा मंगलबार ६ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जबकि पहिलो इनिङमा १ विकेट लिँदा उनले १ सय ५७ रन खर्चेका थिए ।

मंगलबारको प्रदर्शनपछि जोन्सनले ७३ टेस्टको करिअर ३ सय १३ विकेटसाथ अन्त्य गरेका छन् । यही मैदानमा २००८ मा दक्षिण अफ्रिकाविरुद्ध ६१ रन खर्चिँदै लिएको ८ विकेट उनको करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । ब्याटबाट एक शतक पनि बनाएका जोन्सनले १ सय ५३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै २ सय ३९ विकेट लिएका छन् ।

अस्ट्रेलियाले शतक बनाएर अविजित रहेका स्टिभ स्मिथ र एडम भोग्ससँगै दिनको खेल सुरु गर्दा नै दोस्रो टेस्ट बराबरीमा सकिने संकेत मिलेको थियो । तर, नाटकीय जितको आशामा रहेको न्युजिल्यान्डले लन्चअघि दुवैलाई आउट ग¥यो ।

१ सय ३८ रन बनाएको बेला स्मिथलाई बिजे वाट्लिङले ट्रेन्ट बोल्ट (२–७७) को बलमा समाते । स्मिथलाई स्थानान्तरण गरेका मिचेल मार्सको कमजोर फर्मले निरन्तरता पाउँदा उनी एक रन बनाउनेबित्तिकै डग ब्रेसवेलको बलमा एलबिडब्लु धरापमा परे । त्यसपछि अस्ट्रेलियाले २४ रनका लागि ३ विकेट गुमायो । जहाँ भोग्स १ सय १९ रन बनाएको बेला टिम साउथी (४–९७) को बलमा एलबिडब्लु आउट भए ।

त्यसपछि पिटर नेभिल र जोन्सनले तीब्र गतिमा रन बटुल्दै अस्ट्रेलियालाई इनिङ समाप्तिको घोषणा गर्न सक्ने अवस्थामा पु¥याए ।

जोन्सनले ४५ बलमा २९ रन बनाए । साउथीको बलमा आउट भएर पवेलियन फर्किंदा उनलाई विपक्षी टोलीका खेलाडीहरूले हात मिलाएर भावनात्मक बिदाइ गरेका थिए ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...