Tuesday 21 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

शपथमा मिसिएको कुपथ

  • मङ्गलबार ८ मंसिर, २०७२
  • काशीराज आचार्य
  • Be the first to comment!
(0 votes)
आदिकवि भानुभक्त आचार्यले अन्दाजी डेढसय वर्ष अघि लेखेका थिए – 'प्रतिज्ञा मैले यो यमसित गर्याँग जन्मि अब ता, सिताराम् भज्न्या हो विषयहरुमा छाडि ममता।' उनको यस प्रतिज्ञामा यम भनेको देश तथा सम्प्रभुता, विषयहरू भनेको स्वार्थ र सीताराम भनेको जनता हो भन्ने लाक्षणिकता बुझ्न सकिन्छ।
nepalipatr-april
यहाँ प्रतिज्ञाको पर्याय वाचा, शपथ, कसम सबैथोक हो। यो प्रसङ्ग यहाँ किन निस्किएको हो भने हाम्रो देशमा राष्ट्राध्यक्ष, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीआदिले शपथ त मज्जाले खान्छन् अर्थात् प्रतिज्ञा गर्छन् तर काम गर्न लागेपछि त्यस शपथमा कुपथको मात्रा मिसावट हुन्छ। उच्चारित वाचासँगै अनुच्चारित भाइरसको घुलन भइसकेको हुन्छ।

राष्ट्रपति र राष्ट्रपतिको कार्यालय शपथ खुवाउन माहिर छन्। शीतल निवासले विगत सवासात वर्षमा राष्ट्रपति २, उपराष्ट्रपति २, प्रधानमन्त्री ६, सभामुख ३, प्रधानन्यायाधीश ४ लाई शपथ खुवाइसक्यो। मन्त्री त अनगिन्ती भए। शपथका बेला निम्तालुभन्दा कहिले काहीँ त शपथ खानेका अनिम्तालु परिवार, साथीभाइ र नातागोताको सङ्ख्या झन्डै दोब्बर भई राष्ट्रपति भवन परिसर अटेसमटेस हुन्छ। खास अतिथि उठाइमा पर्छन्, बस्न पाइएन भनेर कर्मचारीसँग झगडा गर्छन्। एउटा मूल कर्तालाई बोलाएको ठाउँमा उसका सबै प्रकारका अनुचर गुटमुटिएर गाडीभरि कोच्चिई आएपछि बिचरा कर्मचारीले कसरी प्रवेश रोक्न सक्छ? यस प्रकार शपथको गुुलियो ज्यादा भएरै होला शासन चाहिँ तीतो कुपथमा परिणत भएको र आज देशका जनता अब भोकभोकै मर्नुपर्ने अवस्थामा पुगिसकेका। भानुभक्तको 'सीताराम (जनता) भज्न्या छु (सेवा गर्नेछु)' को त्यत्रो दिशानिर्देश राष्ट्र सञ्चालकको ओहोदाका अगाडि के भाउ भयो र?

यो देशलाई सुरुमै उपराष्ट्रपतिको शपथमा बिच्छुक लागेको थियो। राष्ट्रपति डा.रामवरण यादवले उपराष्ट्रपति परमानन्द झालाई शपथ खुवाउँदा नेपालीमा भनेको शपथलाई झाले उल्ट्याएर हिन्दीमा भनेका थिए। सर्वोच्च अदालतले पुनः नेपाली भाषामा शपथ लिन भनेपछि चाहिँ उनी दौरासुरवाल टोपीसहित आए र आफ्नो पदीय गरिमा कायम गरे। मैथिलीमा शपथ लिइदिएको भए कसैले बोल्ने ठाउँ हुन्थेन। जेहोस्, जागिर खाने उनको मेलो 'करेक्सन' भयो, सर्वोच्चले आदेश दिएर मिलाई दियो। त्यतिबेलादेखि घुसेको भाइरसले हाल मधेस आन्दोलनसम्म आइपुग्दा महामारीको रूप धारण गरेको छ।

शपथको प्रचलन खोज्दै जाँदा यसको सम्बन्ध धर्म, संस्कृतिसँग रहेको पाइन्छ। अग्नि, देवतालाई साक्षी राखेर यज्ञ गर्ने, विवाह गर्ने, शासन गर्ने प्रतिज्ञा गरिएको प्रसङ्ग हाम्रा धर्मशास्त्र, नीतिशास्त्रमा प्रशस्त छन्। गीताको पुस्तक वा तामा–तुलसी छोएर वाचा गर्ने हिन्दु संस्कृति अद्यापि छँदैछ। यहुदी, रोमन, इसाई सभ्यतामा स्यालुट गर्ने, हात क्रस गर्ने, मुुुुटुमाथि दाहिने हात राख्ने, बाइबल छुने आदि वाचा बन्धन, शपथका प्रचलन छन्। हाम्रो नेपालमा कम्युनिस्ट नेतालाई ईश्वरको नाममा शपथ लिन निकै गाह्रो पर्छ। देवीदेवताका मन्दिरमा जान, भँैसी पूजा गर्न, घाँटीमा अटाई नअटाई माला भिर्न, टीका अक्षताले निधार ढाक्न यिनलाई मजा लाग्छ। राष्ट्रपति विद्यादेवी भण्डारी शपथको मामलामा सटीक र पूर्ण देखिइन्। उनले कानुुनी हिसाबले शपथमा जुन भाषा लेखिएको छ त्यसैमा शपथ लिइन्। 'ईश्वरको नाममा' भन्ने वाक्यांशलाई जस्ताको तस्तै बोलिन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले शपथको भाषामा 'सहिद' शब्द मिसाए, ईश्वरलाई छाडेर अरू वाक्यांश भने। प्रधानमन्त्री केपी ओलीले जबर्जस्ती ईश्वरको सट्टा 'जनता' शब्द प्रयोग गरे। कम्युनिस्ट नेताहरूले शपथ तथा गोपनीयताको कसम खाने क्रममा उही अनुसूचीमा लगत्तै जनता शब्द आउँछ भन्नेे हेक्का राख्नै सकेनन््। यसरी 'जनता' शब्द अनावश्यकरूपमा दोहोरिरह्यो। सभामुख ओनसरी घर्ती मगरले पनि त्यही गरिन्। या त कानुनमा उल्लिखित पदावली परिवर्तन गर्नुपर्योि हैन भने जथाभावी मनलाग्दी किसिमले शब्द प्रयोग गरेर शपथ खानु भएन। यी संवैधानिक हस्तीहरूले जे जस्तो मुख, भाषा, शब्दले पद तथा गोपनीयताको कसम खाए पनि सही गर्ने बेलामा कानुनी अनुसूचीमा जे लेखिएको छ त्यसैमा हस्ताक्षर पड्काए। बोल्ने कुरा आफ्ना अनुयायी, पार्टीका मान्छे, क्षेत्रका कार्यकर्ता र खानपिन बसउठका दोस्तीदामलीका आँखामा छारो हाल्न गरेको अभिनयजस्तो देखियो।

यी महामहिमहरूको अर्को जटिल पक्ष छ- पोसाक संहिताको। पूर्व राष्ट्रपति रामवरण यादव औपचारिक कार्यक्रममा जहिले पनि दौरासुरुवाल र टोपीमा देखिए। अनौपचारिक कार्यक्रम वा भेटघाटमा कुर्था पाइजामा (सुरुवाल), टोपी र काँधमा गम्छासहित प्रस्तुत हुन्थे। उनले पहाड–मधेसको समन्वय पोसाकमा पनि मिलाएकै देखिन्थ्यो। एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टाइसुट र कालो टोपीमा प्रधानमन्त्रीको शपथ लिए। आधुनिक शास्त्रका जानिफकार भनिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रायः बिनाटाइको सुटमा देखिन्थे। प्रधानमन्त्री केपी ओली हाफ सुइटरमाथि नीलो कोट लगाई शपथमा आए। विद्या भण्डारी र ओनसरी घर्तीका पोसाकहरू सालिन त थिए तर एकरूपता थिएन— कोटसहित डार्क हरियो र प्याजी रङ्का साडीमा थिए। यसपटकका उपराष्ट्रपति नन्दबहादुर पुनले भने खाटी नेपाली दौरासुरवाल र कालोटोपीमा शपथ लिए। त्यहाँ उपस्थित धेरैलाई यो लवाइ मनपर्योर।

देशको यौटा औपचारिक पोसाक हुनुपर्ने हो। राष्ट्रिय चाडपर्वमा त्यसको महत्व हुन्छ। विदेश जाँदा पनि अन्य देशकाले यी त यो देशका पदाधिकारी हुन् भनेर चिन्न सक्छन्। हुन त, टाइसुटमा आफ्नो राष्ट्रिय गर्व देख्ने देश धेरै छन्। जे भए पनि 'बिग फाइभ' (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख) का लागि कुनै विशेष चिन्ह सहितको पोसाक र अन्यका लागि यथोचित पोसाक निर्धारण गर्नु जरुरी देखिन्छ। कूटनीतिक मर्यादा भाषा र पोसाकले राख्छ। 'कूटनीति' भन्नु विदेशसँग मात्र सम्बन्धित विषय होइन। यो एउटा शिष्टता, सभ्यता, सुसंस्कृतपन र व्यवहारलाई देखाउने पक्ष पनि हो। भनिन्छ, नबोली बस्दा पोसाकले पनि इज्जत राख्छ, बोलेपछि व्यक्तिले आफ्नोपनको परिचय दिइहाल्छ, "मूर्खोपि शोभते तावत् सभायां वस्त्र वेष्टित" अर्थात् मूर्ख पनि असल लुगा लगाएर सभामा बस्यो भने शोभा पाउँछ भन्ने नीतिमा लेखिएको छ। अतः व्यक्तित्व उजिल्याउने यी दुई विषय – भाषा र पोसाकका बारे राज्यले देशको मानमनितो रहनेगरी एउटा सटिक निर्णय गर्नैपर्छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...