Friday 29 Magh, 2072 |
Menu

खेल

istl

नाकाबन्दीको बहानामा काम रोकेर बस्नु हुन्न

  • मङ्गलबार ८ मंसिर, २०७२
  • स्वर्णीम वाग्ले
  • DISQUS_COMMENTS
(0 votes)
नाकाबन्दीको बहानामा काम रोकेर बस्नु हुन्न
दुई महिनाभन्दा बढी समयदेखि हामीले सामना गरेको संकटलाई राष्ट्रिय आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्छ। विश्वको इतिहास हेर्ने हो भने मुुलुक दुई तरिकाले ध्वस्त हुने गरेका छन्– पहिलो, एउटा देशले अर्कोमा आक्रमण गरेर र अर्को, अर्थतन्त्र कमजोर भएर। ऋण भार कम भएपछि अर्को देशले आएर उद्दार गर्छ र त्यो मुलुकको अस्तित्व संकटमा पर्छ। यो सतहमा बसेर अध्ययन गर्नुपर्छ र त्यहीअनुसारको निकास खोज्नुपर्छ।

nepalipatro-nagarik
मुलुक एकपछि अर्को संक्रमणबाट गुजि्ररहेको छ। हिजोको माओवादी द्वन्द्वलाई दोष दिनुको अब अर्थ छैन। अर्थतन्त्रमा परेका प्रभावलाई ४ भागमा टुक्र्याएर हेर्नुपर्छ। वित्तीय, मौद्रिक, बाह्य र वास्तविक क्षेत्रमा छुट्ट्याएर यसमा परेको प्रभावको निकास खोज्नुपर्छ। राजस्व संकलन करिब ध्वस्त भइसकेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनाको राजस्व संकलन लक्ष्यको ७० प्रतिशत छ। कात्तिक महिनाको मात्र हेर्दा गत वर्ष यही अवधिको तुलनामा ५० प्रतिशत छ।

राजस्व संकलन घट्दा यसको असर कहाँकहाँ कसरी पर्छ भन्ने हेर्नुपर्छ। सामान्य अवस्थामा विकास बजेट खर्च नभएको अवस्थामा राजस्व संकलन कम हुँदा बजेट अभावले खर्च बढेन भन्ने बहाना हुन्छ। राजस्वको दर घट्दा चालु खर्च कटौती हुँदैन, विकास बजेट नै कटौती हुन्छ। यो विश्वव्यापी मान्यता हो। निर्माणका चरणमा रहेका सडक, पुल, जलविद्युत आयोजना सबै रोकिन सक्छन्। यसको असर चालु वर्षमा मात्र होइन आउँदा आवमा पनि पर्छ। यो निकै संवेदनशील विषय हो।

राजस्व र खर्चको भिन्नता बढ्दै गयो भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंकलगायत बाह्य निकायलाई गुहारेर बजेट सहयोग माग्नुपर्ने हुन्छ। हाम्रो जस्तो स्वाभिमानी मुलुकका लागि यो हीनताबोधको विषय बन्न सक्छ। मौद्रिक पाटो हेर्दा यहाँ कालोबजारी मज्जासँग मौलाएर गएको छ। यसले मूल्यवृद्धिलाई सोझै असर पार्छ र सामान्य नागरिकले सोझो मार खेप्नुपर्छ। भारतसँगको व्यापार आयातमा असर पर्छ र प्रतिस्पर्धा हुँदैन।

बाह्य पाटो हेर्दा पहिलो चार महिनामा निर्यात करिब २५ प्रतिशतले घटेको छ। आयात झन् बढीले अर्थात ३५ प्रतिशतले घटेको छ। आयात घट्नु झन् चिन्ताजनक विषय हो। आयातमा अत्यावश्यक वस्तुदेखि विकास निर्माणका लागि आवश्यक सबै सामग्री पर्छन्। निर्यात गर्न पनि आयात चाहिन्छ, त्यसैले आयात घट्दा समस्या पर्छ। रेमिटेन्स आइरहेकाले बैंकलाई केही राहत भएको छ। तत्काल बाह्य क्षेत्रमा ठूलो संकट आउने देखिँदैन। यसैले व्यापार सन्तुलन चुनौतीपूर्ण छ। साढे ५ प्रतिशत प्रक्षेपण गरिएको आर्थिक वृद्धि भूकम्पपछि ३ प्रतिशतमा खुम्चियो। अब कुन बिन्दुसम्म झर्छ भन्ने नै आँकलन गर्न सकिएको छैन।

दोस्रो पुस्ताको (नीति नियम ऐन) आर्थिक सुधार गर्न आउँदो २/३ वर्षमा धेरै काम गर्नुपर्ने देखिन्छ। केही काम भएका ३२ देखि ४० वटासम्म ऐन, नियमावली र नीति विभिन्न चरणमा छन्। यी काम संकट नभए पनि गर्नैपर्छ। पुराना नियम–कानुनले अहिलेसम्म धानेका छन्। यसैले नयाँ नीति–नियम बनाउने काम रोक्नु हुन्न। नाकाबन्दीको बहानामा यी काम रोक्न हुन्न कर्मचारीतन्त्रले निरन्तर काम गर्नुपर्छ।

छिमेकी मुलुकसँगको आवद्धता पनि बढाउनुपर्छ। यसका लागि भूपरिवेष्ठित मुलुकका लागि आफ्नो क्षेत्रको पूर्वाधार विकास गरेरमात्र पुग्दैन छिमेकीतर्फको पनि त्यत्तिकै मजबुत हुनुपर्छ। यसैले भारतीय सीमा क्षेत्रमा ५ वटा अन्तर्राष्ट्रियस्तरका बन्दरगाह हुनुपर्छ। चीनतर्फ तातोपानी र केरुङ नाकामा पनि यहीअनुसारको पूर्वाधार बन्नुपर्छ। भारतले नाकाबन्दी गर्योन भनेर अहिले चीनतर्फ सम्पर्क बढाउने भन्ने मान्यता हुनु हुँदैन। राष्ट्रिय सुरक्षासँग गाँसेर सामान्य अवस्थामा पनि चीनसँग व्यापारिक सम्बन्ध विस्तार हुनुपर्छ।

फास्ट ट्र्याक अहिले विभिन्न कारणले बिथोलिएको छ। यसलाई निर्माणको तहमा पुर्यािउन पुनः काम गर्नुपर्छ। योसँग जोडिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि हुनुपर्छ। विश्वमा भूपरिवेष्ठित मुलुकले विकासमा रुपान्तरण गर्ने मुख्य आधार हवाई सेवा र टेलिकम क्षेत्र नै हो। भूपरिवेष्ठित मुलुकको आर्थिक उन्नति जुन क्षेत्रसँग गाँसिएको छ, त्यसैमा प्रहार हुने गरेको छ।

ऊर्जा सुरक्षा अर्को महत्वपूर्ण पक्ष हो। भारत र चीनबाट पेट्रोलियम आयातको व्यवस्था गर्नुपर्योक। भण्डारण क्षमता छैन, त्यो बढाउन सेना, प्रहरीका ब्यारेकभित्र बनाउनुपर्छ। सोलार प्लान्ट तुरुन्तै बनाउन सकिन्छ। २/४ वटा कार्गो जहाजबाट तुरुन्तै सोलारका उपकरण ल्याउन सकिन्छ। आग्रह गर्ने हो भने चीनले त्यो सहयोग दिन सक्छ। भूकम्पबाट प्रभावित जलविद्युत आयोजना सुरु हुन सकेका छैनन्। नाकाबन्दीका कारण निर्माण सामग्री आयात ठप्प छ। यसलाई सहज गर्ने विकल्प तत्काल खोज्नुपर्छ।

नेपालले व्यापार विविधीकरण नगरी हुँदैन। उत्पादनको मात्र होइन बजारको पनि विविधीकरण गर्नुपर्छ। उत्पादनमा वस्तु र सेवाको समेत विविधिकरण जरुरी छ। हवाई क्षेत्र राम्रो भइदिएको भए पनि मुलुकको अवस्था धेरै माथि जान सक्थ्यो। इथियोपिया भूपरिवेष्ठित मुलुक हो, तर ऊसँग ४८ वटा जहाज छन्। हामीले ३० वर्ष पञ्चायतलाई गाली गर्यौंष र बहुदल आएको पनि २५ वर्ष भयो। कुनै क्षेत्रको विकास हुन सकेको छैन।

कुन क्षेत्रको विकासबाट मुलुकको उन्नति हुन्छ, त्यसमा जोड दिनुपर्छ। त्यसमा हवाई क्षेत्र, टेलिकम, व्यापार नै हुन्। गरिब, गरिबै भइराख्नुपर्छ भन्ने छैन। व्यापार विविधीकरण हुनुपर्छ। आयातमा मात्र होइन, स्रोत–साधनमा पनि विविधीकरण गर्नुपर्छ। यसले मात्र मुलुकलाई समुन्नत बनाउन सक्छ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...