Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

दाहालले गाेप्य स्थानमा माेर्चाका नेता भेटे

(0 votes)
nepalipatro-nagarik
काठमाडौं-एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आन्दोलनरत दलका नेताहरुसँग अाकस्मिक छलफल गरेका छन्। मंगलबार राजधानीकाे एउटा गाेप्य स्थानमा भएकाे बैठकमा अध्यक्ष दाहालले तत्काल तराई मधेसको आन्दोलन स्थगित गर्न मोर्चाका नेताहरुसँग आग्रह गरेका थिए।

आन्दोलन र भारतले जारी राखेको अघोषित नाकाबन्दीका कारण मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष दाहालले लचकताका साथ वार्तामा बस्न मधेसवादी दलका नेताहरुलाई अनुरोध गरेका थिए।

'आन्दोलनरत मधेसवादी दलका नेताहरुसँग आज गम्भीर छलफल भयो। वार्ता सकारात्मक रहेको थियो । आज अरू दिनभन्दा असाध्यै महत्वपूर्ण छलफल भयो', अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले भने।

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि छुट्टा–छुट्टै छलफल गर्ने र सीमाङ्कनलगायतका विषयमा प्याकेजमा निष्कर्ष निकाल्ने सहमतिसमेत आजको बैठकमा भएको थियो।

आन्दोलनका कारण मुलुकको अवस्था असाध्यै भयावह भएको भन्दै अध्यक्ष दाहालले एक राजनीतिक समितिमार्फत सीमाङ्कनको समस्या समाधान गर्न सकिने प्र्रस्ताव राखेका थिए। सीमाङ्कनलगायतका विषयमा राजनीतिक समितिमार्फत प्रक्रिया अगाडि बढाउने र अन्य विषयमा भने संविधान संशोधन विधेयकमार्फत अगाडि बढाउन सकिने बताएका थिए।

एमाओवादीका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष दाहालका स्वकीय सचिव खड्काले द्विपक्षीय छलफलमा उठेको विषय उल्लेख गर्दै भने, 'वार्ता समस्याको समाधान गर्ने दिशामा नै केन्द्रित रहेको छ, असाध्यै महत्वपूर्ण छलफल भयो, आन्दोलनरत मधेसवादी दलका नेतासमेत आन्दोलन अनियन्त्रित दिशामा गयो भन्नेमा चिन्तित हुनुहुन्छ।'

छलफलमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्ण सहभागी थिए। रासस

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...