Tuesday 21 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'आगो तापिरहेका बेला ताकेर गाेली हाने'

(0 votes)
एसएसबीले चलाएको गोली दाहिने कोखामा लागेर गम्भीर घाइते अशोक यादव। एसएसबीले चलाएको गोली दाहिने कोखामा लागेर गम्भीर घाइते अशोक यादव। तस्बिर:रोहित राई

धरान–सुनसरीको हरिपुर– ७, भण्टावारीमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानले गोली चलाउँदा घाइते भएकाले आफूहरु निर्दोष भएको बताएका छन्। बिहान करिब ६ बजे घरअघि आगो तापेर बसिरहँदा एक्कासि एसएसबीका जवान आएर गोली बर्साएको घाइतेहरुको भनाइ छ।

nepalipatr-april

दाहिने खुट्टामा गोलीको छर्रा लागेर सामान्य घाइते ३० वर्षीय सरोज यादवका अनुसार ४ जना छिमेकीहरु उनको घरअघि बिहानै आगो तापेर बसिरहेका थिए । त्यसैबेला ६ जना एसएसबीका जवानहरु कसैलाई खेदाउदै त्यहाँ आइपुगेका थिए । एसएसबीले 'मल वाला खै' भनेर सोध्दा उनीहरुले थाह नभएको जवाफ दिएका थिए ।

एसएसबी घरभित्र पसेर खानतलासी गर्न थालेपछि तनाव भयो । 'मल ल्याएर आउने को थियो, हामीले देखेना‌ै‌। थाह छैन भन्दा एसएसबीले कुट्न खोजे । हामी पनि झोक्कीयौं, एकैचोटी ४ जनाले फयर गरे',सरोजले भने । घाइतेहरुका अनुसार घटनास्थल सीमा क्षेत्र भण्टाबारी भन्दा करिब ५ सय मिटर पूर्वतर्फ नेपाली भूमीमा भएको हो।

एसएसबीले फायरिङ खोलेपछि सरोजको दाहिने खुट्टामा सामान्य चोट लाग्यो। तर, उनका भाई १८ वर्षीय नरेशको दाहिने कम्मरमा गोली लाग्यो भने अर्का छिमेकी २८ वर्षीय अशोक यादवको दाहिने कोखामा गोलीले छेड्यो । उनको अवस्था चिन्ताजनक छ । अर्का, छिमेकी मनोज यादवका खुट्टामा सामान्य गोली लाग्यो ।

घाइते मनोज बाहेक तीन जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कोखामा गोली लागेका अशोकको रक्तस्राव रोकिएको छैन र उनको आकस्मिक शल्यक्रिया गरेर रक्तस्राव रोकेर जीवन बचाउने प्रयास भइरहेको एक चिकित्सकले जानकारी दिए । अशोक कामेश्वर यादवका एक्ला छोरा हुन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...