Wednesday 27 Magh, 2072 |
Menu

खेल

istl

नाकाबन्दीविरुद्ध इटहरीमा अहिलेसम्मकै ठूलो प्रर्दशन

(0 votes)
नाकाबन्दीविरुद्ध इटहरीमा अहिलेसम्मकै ठूलो प्रर्दशन
इटहरी—भारतले गरेको नाकाबन्दीविरुद्ध इटहरीमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ। सम्पूर्ण स्थानीय शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक र कर्मचारीले बुधबार बृहत प्रदर्शन गरेका हुन्।
nepalipatro-nagarik

निजी र सामूदायिक माध्यमिक विद्यालय, नीजि तथा सामूदायिक कलेजका ६० वटा शैक्षिक संस्थाको अगुवाईमा भारतीय नाकाबन्दीबिरुद्ध इटहरीमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको हो।

भारतीय नाकाबन्दीदी विरुद्ध इटहरी बजारमा प्ले कार्ड सहित र्याली प्रदर्शन गरिएको थियो। इटहरी चौरास्त चोकबाट निकालिएको र्यालीमा हटिया लाइन, प्राथमिक स्वास्थ्य केन्द्र हुदैं पश्चिम चोकबाट आइतबार हुदैं पुनः चौरास्त चोकमै पुगेर कोणसभामा परिणत भएको थियो।
ithari protest
तीन हजारभन्दा बढी उपस्थित रहेको र्यालीमा सहभागी विद्यार्थीहरुले 'हामी पढ्न नपाउँनु ? स्वतन्त्र परावहन हाम्रो अधिकार, नेपालको अन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, हामी परनिर्भर हैन आत्मनिर्भर बनौं' भन्दै नारा लगाएका थिए ।

कोणसभाका वक्ताले भूपरिवेष्ठित मुलुक र अन्तर्राष्ट्रिय संगठनको सदस्यका हैसियतले पाउनुपर्ने अधिकार पनि हनन गरी मानवीय संकट निम्त्यिाउन लागेको बताए। कोणसभामा जनता बहुमुखी क्याम्पस प्राध्यापक संघका केबल फूयँल, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेलगायतले बोलेका थिए।
ithari protest3
भारतले गरेको अघोषित नाकाबन्दीले विद्यार्थीको भविष्यमा खेलवाड गर्नु देशकै भविष्यमा खेलवाड ठानेर यहाँका सम्पूर्ण शैक्षिक संस्था संगठित भएर प्रदर्शन गरिएको कस्तूरी कलेजका सहायक प्रिन्सिपल कमलेश शर्मा पौडेलले बताए ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...