Sunday 24 Magh, 2072 |
Menu

खेल

istl

रुस र टर्कीबीच तनाव, रुसी चालकले भने,'साथीको हत्याको बदला लिन्छु'

(0 votes)
रुस र टर्कीबीच तनाव, रुसी चालकले भने,'साथीको हत्याको बदला लिन्छु'
मस्को–सिरिया तथा टर्कीको सीमा क्षेत्रमा रुस को लडाकु विमान टर्कीले खसालेपछि रुस र टर्कीबीचको तनाव उत्कर्षमा पुगेको छ। रुसले आफ्नो विमान चालकलाई विना कुनै चेतावनी टर्कीले आक्रमण गरेको आरोप लगाएको छ। टर्कीले भने आफूले चेतावनी दिएको अडियो नै सार्वजनिक गरेको छ।
nepalipatro-nagarik

टर्कीले खसालेको विमानका चालक दलका जिवित सदस्य नेबिगेटर कोस्टेटाइन मुराख्तिनले टर्कीको वायुसेनाले वायुसीमा उल्लंघन भएको विषयमा कुनै चेतावनी नदिएको बताएका छन्। उनले मृत्यु भएका आफ्ना साथीको हत्याको बदला लिने चेतावनीसमेत दिएका छन्। उनले भने,'हामीलाई रेडियो वा प्रत्यक्ष रुपले कुनै पनि चेतावनी दिइएको थिएन र हाम्रोबीचमा कुनै सम्पर्क पनि भएको थिएन।' उनले टर्कीले चेतावनी दिएको भए समानान्तर दिशामा आएर दिनुपर्ने जिकिर गरे। 'त्यसो केही नगरी अचानक हाम्रो विमानको पछाडिको भागमा मिसाइल आएर ठोक्कियो,' उनले भने।'

तर टर्कीले रुसको लडाकु विमान खसाउनुपूर्व आफूले चेतावनी दिएको भन्दै अडियो नै सार्वजनिक गरेको छ। अडियोमा 'आफ्नो दिशा बदल' भन्ने सन्देश रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। टर्कीले निरन्तर रुपमा रुसी लडाकु विमानले बारम्बार आफ्नो वायुसीमाको उल्लंघन गरेको दाबी गर्दै आएको छ।

उनले बारम्बारको चेतावनीलाई रुसी विमानले बेवास्ता गरेपछिमात्र विमान खसाउनु परेको टर्कीले दाबी गरेको छ। सोही कारण रुस र नोटो सदस्य राष्ट्रबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ। केही दिन अगाडि टर्कीले सिरियाको सीमानामा रुसको लडाकु विमान खसालेको थियो। सो विमानका चालकले भने प्याशुटबाट उत्रिएपछि विद्रोहीले हत्या गरेका थिए। तर चालक दलका अर्का सदस्यलाई भने सिरियाली सेनाले बचाएका थिए। सो घटनापछि रुसी राष्ट्रपटि भ्यादिमिर पुटिनले टर्कीले गंभीर परिणाम भोग्ने चेतावनी दिएका थिए।

यसैबीच आफ्नो लडाकु विमान टर्कीले खसालेपछि रुसले सिरियाको समुन्द्री सीमामा एक मिसाइल क्रुजर पठाएको छ। रुसले आतंकबादको विरुद्धको अभियानामा टर्कीलाई सहायत गर्नसमेत रोक लगाएको छ। रुसले एस–४०० डिफेन्स मिसाइल सिस्टम पनि सिरिया पठाउने जनाएको छ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...