Wednesday 22 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मधेश आन्दोलनको निष्पक्ष छानविन जरुरी : महासंघ अध्यक्ष

  • बुधबार १६ मंसिर, २०७२
  • हीराबहादुर घर्तीमगर
  • Be the first to comment!
(0 votes)
रोल्पा—नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले मधेशमा जारी आन्दोलनको निष्पक्ष छानविन गर्नु पर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नवनिर्मित भवनको उद्घाटन गर्न बुधबार आएका अध्यक्ष विष्टले यस्तो बताएका हुन्। 'मधेश आन्दोलनको निष्पक्ष रुपमा छानविन गर्न जरुरी छ। राजनीतिक मुद्दाहरु राजनीतिक ढंगले नै सम्बोधन गरिनु पर्छ ', उनले भने।
nepalipatr-april
उनले मधेश आन्दोलनमा बाह्य घुसपैठ भएको हुनसक्ने शंका व्यक्त गरे।

मधेश आन्दोलन र भारतको नाकाबन्दीले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै अध्यक्ष विष्टले वार्ताको माध्यमबाट यथासक्य निकास खोज्न सरकार र राजनीतिक दललाई आग्रह गरे। उनले भारतको नाकाबन्दीको चर्को विरोध समेत गरे। उनले थपे 'स्वतन्त्र राष्ट्रलाई अन्तर्राष्ट्रिय मान्यता विपरीत नाकाबन्दी गर्नु गलत छ। नाकाबन्दीको कुटनीतिक तवरले समाधान खोजिनु पर्छ ।'

मधेश आन्दोलनले पत्रकारको भौतिक सुरक्षाको चुनौती अझैं बढ्दै गएको विष्टले बताए । पत्रकार र सञ्चार माध्यम माथि आन्दोलनको नाममा भई रहेका धम्की र आक्रमणको अध्यक्ष विष्टले कडा प्रतिवाद गरे । राज्यले पत्रकार र सञ्चार माध्यमको सुरक्षामा ध्यान दिनु पर्ने उनले बताए । नेपाली पत्रकारको व्यवसायिक दक्षता वृद्धिका लागि महासंघले पहल गर्ने उनले जनाए ।

जिल्लाका पत्रकारले काठमाडौंका सञ्चार माध्यममा पहुँच राख्नु पर्नेमा जिल्लाका राजनीतिक दल तथा अन्य सरोकारवालाले जोड दिए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...