Tuesday 26 Magh, 2072 |
Menu

खेल

istl

पेट्रोल छर्किएर जिउमा आगो

  • बिहीबार १७ मंसिर, २०७२
  • कल्पना भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
पेट्रोल छर्किएर जिउमा आगो
नवलपरासी- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट इन्धन ल्याएको आरोपमा सनई—९, पडसरीका सञ्जय यादव (१८) को जिउमा आगो सल्काइदिएका छन्। जिउमा पेट्रोल छर्केर आगो लगाइएका यादव गम्भीर घाइते छन्।

nepalipatro-nagarik
यादव लु३प २०१७ नम्बरको मोटरसाइकलमा सनई आउँदै गर्दा मोर्चा कार्यकर्ताले यादवमाथि आगो लगाएका थिए। यादवका अनुसार सीमापारिबाट ल्याएको पेट्रोल मोर्चा कार्यकर्ताले नियन्त्रण गरेपछि विवाद भएको थियो। 'मैले 'रोक्ने भए सबैको इन्धन रोक, होइन भने कसैलाई छाड्ने र सामात्ने नगर' भन्नेबित्तिकै ८ जनाको समूहमा रहेका मोर्चा कार्यकर्ताले ममाथि पेट्रोल छर्केर आगो लगाइदिए,' उनले सुनाए।

शरीरमा आगो लागेपछि उनी आत्तिँदै चिच्याएका थिए। 'अरूले नदीमा कुद् भनेपछि पानीमा हामफालेर ज्यान जोगाएँ,' उनले भने।

यादवको शरीर र दुवै खुट्टा जलेका छन्। उनको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ। मोर्चा कार्यकर्ताले बरामद गरेको पेट्रोल भने यादवको थिएन।

रुपन्देही, फर्साटिकट स्थायी घर भएका यादव पडसरीस्थित फुपूको घरमा बस्दै आएका थिए। यादवकी फुपू विन्द्रावतीले काम गर्न जाने क्रममा उनीमाथि आगो लगाइएको बताइन्।

यसैबीच, घटनामा संलग्न भएको आरोपमा सनई–९ का शिवकुमार यादव, राजेश सैथवार र सनई–८ का सेरु यादवलाई पक्राउ गरिएको डिएसपी अर्जुन रानाभाटले बताए। 'घटनामा संलग्न अन्य ५ जनाको खोजी भइरहेको छ,' डिएसी रानाभाटले भने, 'अनुसन्धानपछि पक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइनेछ।'

मोर्चा कार्यकर्ताले बन्दको फाइदा उठाउँदै कालोबजारी गर्ने क्रम बढेको भन्दै त्यसलाई रोक्ने जनाएका थिए। बन्दकर्ताले मोटरसाइकलमा समेत फुल ट्यांकी पेट्रोल ल्याउन दिएका छैनन्।

सरकार–मोर्चा वार्ता स्थगित

काठमाडौं, मंसिर १६ (नागरिक)– सरकार र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बुधबार हुने भनिएको वार्ता स्थगित भएको छ।

मधेसी मोर्चाका शीर्ष नेता पूर्वनिर्धारित कार्यक्रम भन्दै धनुषा, ढल्केवरको आमसभालाई सम्बोधन गर्न गएपछि सरकारले वार्ता स्थगित गरेको हो।

'आन्दोलनरत मधेसी दल र प्रमुख प्रतिपक्षीसहित सोमबार बसेको बैठकले बुधबार परिणाममुखी वार्ता गर्ने तय गरेको थियो, मधेसी मोर्चाको सहमतिमै मिति तय गरिएको हो,' प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले नागरिकसँग भने, 'मधेसी दलका शीर्ष नेता नआउने सूचना पाएपछि बैठक स्थगित गरिएको हो।'

दाहालका अनुसार बिहीबार बिहान संविधानसभाका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच वार्ता हुनेछ। मधेसी मोर्चाको माग सम्बन्धमा साझा धारणा बनाउने प्रयासस्वरुप वार्ता हुन लागेको उनले बताए।

मोर्चाले सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ। त्यसमा तराईमा दुई प्रदेश निर्माणदेखि, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी व्यवस्थालगायत छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले टि्वटमार्फत बुधबारको बैठक स्थगित भएको र दलहरूसँग परामर्श गरेर नयाँ मिति तोकिने बताएका छन्।

सोमबारको बैठकमा मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबाहेक अन्य दलका दोस्रो तहका नेता सहभागी थिए।

मधेसी मोर्चाले भने सरकार गम्भीर नभएको कारण बुधबारको बैठक हुन नसकेको बताएका छन्। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा मधेसी मोर्चाका नेता आउने भन्दाभन्दै सरकारले स्थगित गरेको आरोप लगाए। 'सरकार जनताको समस्या र वार्ताप्रति गम्भीर छैन त्यसैले बुधबारको वार्ता हुन नसकेको हो,' कर्णले भने, 'पार्टी एकजनाको मात्रै होइन, वार्तामा हामी पूर्ण अधिकारसहित जाने हो तर सरकारले किन वार्ता स्थगित गर्योन, आश्चर्य लागेको छ।'

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...