Friday 29 Magh, 2072 |
Menu

खेल

istl

बन्दको समर्थनमा विद्यार्थीद्वारा मानव साङ्लो प्रर्दशन

  • बिहीबार १७ मंसिर, २०७२
  • महेशकुमार दास
  • DISQUS_COMMENTS
(0 votes)
जलेश्वरमा प्रर्दशन गरिएमो मानव साङ्गलोमा सहभागी विद्याथी जलेश्वरमा प्रर्दशन गरिएमो मानव साङ्गलोमा सहभागी विद्याथी
महोत्तरी–तीन महिनाभन्दा बढी समयदेखि तराई मधेसमा जारी बन्द हडतालको समर्थनमा महोत्तरीका निजी विद्यालयका विद्यार्थीले मानव साङ्लो प्रर्दशन गरेका छन्।
nepalipatro-nagarik
बिहीबार निजी विद्यालयको संगठन प्याबसनको आह्वानमा विहान १० वजेदेखि ११ बजेसम्म जिल्ला भरका ७० भन्दा बढी निजी विद्यालयका विद्यार्थीले हातमाहात जोडेर मानव साङ्लो प्रर्दशन गरेका हुन्। सदरमुकाम जलेश्वर, मटिहानी, सम्सी, पिपरा, औरही , रामगोपालपुर, गौशालालगायत शहरी तथा ग्रामीण क्षेत्रको ५० किलोमिटरको परिधिमा रहेको निजी स्कुलका विद्यार्थीले मानव साङलोमा सहभागिता जनाए।

तीन महिनाभन्दा बढी सयमदेखि आन्दोलन जारी रहँदासमेत सरकार मधेस आन्दोलनको माग पुरा गर्न गंम्भीर नदेखिएको भन्दै सरकारलाई दबाब दिने उद्देश्यले महोत्तरी जिल्लाका निजी स्कुलले मानव साङलो प्रर्दशन गरेको निजी विल्द्यालयको छाता संगठन प्याबसन महोत्तरीका संस्थापक अध्यक्ष तथा न्यु मोर्डन उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलका संचालक राकेशलाल कर्णले बताए।

जिल्लाका ५० हजारभन्दा बढी विद्यार्थीहरुले आ–आफनो छातीमा मधेसको माग पुरा गर , हाम्रो भविष्य जोगाऔं, वीर सहिद अमर रहुनजस्ता प्लेकार्ड टासेर प्रर्दशन गरेका हुन्। बिहीबार जिल्लाका अधिकांश भागमा निजी विद्यालयले मानव साङलो बनाएर प्रर्दशन गरेपनि बर्दिवासका निजी विद्यालय भने साङलोमा सहभागिता जनाएनन्।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...