Thursday 28 Magh, 2072 |
Menu

खेल

istl

माओको विशाल मूर्ति भत्काइयो

(0 votes)
माओको विशाल मूर्ति भत्काइयो
बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष स्वर्गीय माओ त्सेतुङको विशाल मूर्ति निर्माण भएलगत्तै भत्काइएको छ। माओको ३७ मिटर (१२० फिट) अग्लो सुनौलो रंगको मूर्ति हेनान प्रान्तमा पर्ने तोङसु काउन्टीको गाउँ झुसिगाङमा केही दिनअघि मात्र निर्माण सकिएको थियो। स्थानीय अधिकारीले माओको मूर्ति स्थानीय निकायको अनुमति नै नलिई निर्माण गरिएको सरकारी अखबार पिपुल्स डेलीसँग बताए।

nepalipatro-nagarik
माओको विशाल मूर्ति निर्माण गर्न करिब ४ लाख ६० हजार अमेरिकी डलर (३० लाख युआन) लागेको बताइन्छ। निर्माण सकिनासाथै माओको विशाल मूर्तिबारे विश्वभरका सञ्चारमाध्यममा चर्चा भएको थियो।

स्थानीय अधिकारीले झुसिगाङ गाउँमा माओको मूर्ति निर्माणको अनुमति नलिइएको र दर्ता पनि नगरिएकाले हटाइएको जानकारी दिएको पिपुल्स डेली अखबारले उल्लेख गरेको छ। सामाजिक सञ्जालमा माओको मूर्ति भत्काइरहेको तस्बिर सार्वजनिक भए पनि त्यसको औपचारिक पुष्टि भने भएको छैन। तस्बिरमा मूर्तिको खुट्टा हटाइएको छ भने टाउको कालो कपडाले छोपिएको छ।

स्थानीय व्यापारी र गाउँलेले माओप्रति श्रद्धान्जली व्यक्त गर्न मूर्ति निर्माण गरेको र निर्माण लागत बेहोरेको बताइएको छ। सामाजिक सञ्जालमा मूर्ति निर्माणको चीनभित्रै व्यापक आलोचना भएको थियो। केहीले साधन स्रोतको दुरुपयोग र केहीले अनुपयुक्त ठाउँमा निर्माण गरिएको भन्दै आलोचना गरेका थिए।

हेनान प्रान्त चीनमा सन् १९५० ताकाको अनिकालबाट सर्वाधिक प्रभावित भएको थियो। अनिकालमा लाखौं चिनियाँको मृत्यु भएको थियो। माओले निजी खेती निषेध गरी तीव्र गतिमा औद्योगिकीकरणको कदम चालेका थिए, जसलाई 'ग्रेट लिप फरवार्ड' भनिन्छ। माओको त्यही नीतिका कारण त्यसबेला चीनमा अनिकाल परेको आरोप लाग्ने गरेको छ। पश्चिमेली इतिहासकार अनिकालमा १.८ करोडदेखि ४.५ करोड चिनियाँको मृत्यु भएको अनुमान गरेका छन्।

माओको शासनकालमा लाखौं सर्वसाधारणको मृत्यु भए पनि चीनमा अझै उनलाई मार्गदर्शक नेताका रुपमा सम्मान गरिन्छ। राष्ट्रपति सि चिनफिङले माओलाई महान व्यक्तित्वका रुपमा प्रशंसा गर्ने गरेका छन्।

माओले गल्ती गरेको स्वीकारे पनि राष्ट्रपति सि उनकै नीति अनुशरण गर्दै आफूमा सबै शक्ति केन्द्रीत गर्न प्रयासरत रहेको उनका आलोचकले आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...