Monday 20 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'वाइड बडी किन्न कसैलाई मनाउनुपर्दैन'

(0 votes)
सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेपाल वायुसेवा निगम सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेपाल वायुसेवा निगम
मुलुकभित्र सर्वसाधारणको हातहातमा मोबाइल फोनको पहुँच पुर्याैउने श्रेय सुगतरत्न कंसाकारलाई दिने गरिन्छ। त्यतिमात्र होइन, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई २८ वर्षपछि नयाँ जहाज खरिद गरिदिने आँटिलोको दर्जा पनि उनैलाई गएको छ। पेसाले इन्जिनयर उनले साढे तीन दशक नेपाल टेलिकममा काम गरे र झन्डै डेढ दशक संस्था हाँके र मोबाइलमा सबैको पहुँच पुर्या एका थिए।
nepalipatr-april
अवकासपछि वायुसेवा निगम हाँक्नासाथ दुईथान नयाँ जहाज खरिद प्रक्रिया सुरु गर्दा उनले ठूलो चुनौती सामना गर्नुपर्यो। जहाज किन्न बैनासमेत पठाइसकेका उनी अन्तिममा जेलसमेत जानुपर्योर तर पछि सफाइ पाए। त्यही प्रक्रिया ब्युँताएर निगमले एक वर्षअघि दुई ठूला जहाज खरिद गरेको थियो। अहिले कंसाकार महाप्रबन्धकको कुर्सीमा बसेर पुनः निगम हाँकिरहेका छन् र दुई ठूला वाइड बडी जहाज खरिद गर्नतिर लागेका छन्। जहाज खरिद, त्यसका चुनौती, समस्या, राजनीतिक हस्तक्षेप, पाइलट समस्या, रकमको जाहो, गन्तव्यलगायत विषयमा कंसाकारसँग नागरिकका सुशील भट्टराईले गरेको कुराकानी :

नेपाल वायुसेवा निगमको अहिलेको अवस्था के हो?

अहिले दुईटा फ्याक्टर छन्। एउटा बजारतिर हेर्यो भने बजार प्रशस्त छ, बजारको समस्या छैन, बुमिङ मार्केट छ। सामान किन्ने मान्छे थुप्रै छन् तर बेच्नलाई पसलभित्र सामानको स्टक नरहेको जस्तो अवस्था छ। अब स्टक बढाउनुपर्योे, सामान बढाउनुपर्यो्। यसको अर्थ सिट थप्नुपर्योअ, गन्तव्य थप्नुपर्योछ भन्ने हो र यो भनेको नयाँ जहाज थप्नुपर्छ भन्ने नै हो।

अहिले निगम नाफा/घाटा केबाट गुजि्ररहेको छ?

गत वर्षसम्म समस्या थिएन, नाफामै थियौं। यो वर्ष भूकम्प र राजनीतिक कारण अर्थात नाकाबन्दीको असरले समस्या पर्न गयो। यसले हाम्रो ग्राउन्ड ह्यान्डलिङ व्यापारमा पनि धक्का लाग्यो। कारण के भने विदेशी एयरलाइन्स आउन कम गरे, त्यसपछि यात्रु संख्या कम भयो र नयाँ जहाजको ब्याज तिर्नुपर्नेलगायत कारण वित्तीय रूपमा समस्या भएको छ, तै पनि हामी सानो अंशमा भए पनि नाफामै चलिरहेका छौं।

सुगतरत्न कंसाकारलाई निगममा किन ल्याउने भन्दा जहाज खरिद गर्नसक्ने आँट भएको मान्छे भएर भन्ने चर्चा सुनिन्छ। विगतमा जहाज खरिद प्रक्रियामा तपाईं जेलसमेत जानुपर्यो्। अहिले पुनः ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने घोषणासमेत गरिसक्नुभयो। यो पटक जहाज खरिद गर्न कत्तिको सहज होला? त्यसमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडीलाई पार्किङ अभाव पनि छ, कसरी व्यवस्थापन गर्नुहुन्छ?

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज किनेर ल्याउने अनि विमानस्थलमा पार्किङ छैन भन्नु हास्यास्पद विषय हो। त्यो मिल्दै नमिल्ने कुरा हो। विदेशका २५ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज यहाँ आउन मिल्ने, तिनका बोइङ७७७ जस्ता वाइड बडी ल्याउन पनि मिल्ने अनि पार्किङ पनि पाइने तर निगमले ल्याउने वाइड बडीलाई पार्किङ पनि नपाउने भन्ने हुँदैन। यो असम्भव कुरा हो। दोस्रो कुरा, मलाई फेरि निगममा किन ल्याइयो भन्ने हो। यो सरकारको विषय हो। मलाई त सबैभन्दा गाह्रो ठाउँ विद्युत प्राधिकरणमा जान मन लागेको थियो तर सरकारले यता ल्यायो र अहिले यतै सजिलो लागेको छ। तेस्रो कुरा जहाज खरिद गर्नसक्ने भन्ने चर्चाबारे के हो भने यो एउटा मनोवैज्ञानिक कारण हो जस्तो लाग्छ। मैले आजकल भन्ने गरेको छु, हालै अर्थ मन्त्रालयमा भएको बैठकमा पनि भनेँ, नेपाल टेलिकम राम्रो देखिएको पछिल्लो २८ वर्षदेखि हरेक वर्ष एउटा जहाज किन्नेबराबरको रकम आम्दानी गरेर हो तर, नेपाल वायुसेवा निगमले २८ वर्षमा एउटा पनि जहाज किन्न सकेन। त्यो हुँदा टेलिकम वार्षिक ४०/५० अर्बको आम्दानी गरिरहेको छ, अनि निगमसँग जहाज नभएपछि आम्दानी कसरी हुन्छ त? त्यो नबढ्नुमा कर्मचारीको दोष छैन। टेलिकमको मोबाइल एक्सचेन्ज खरिद गर्दा प्रबन्ध निर्देशकदेखि माथिको निर्णयबाट हुने गर्छ तर जहाज खरिद गर्दा भने सुब्बा, खरिदार वा इन्जिनियर सहभागी हुनु राम्रो होइन। त्यसैले मैले सोचेको बजार छ रे, यो अचम्मको स्थिति छ, २५ वटा विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी यहाँ नाफा कमाउँदै रमाइरहेका छन्। तीमध्ये चलेका आठ/दसवटाको तथ्यांक हेर्दा उनीहरूको सबैभन्दा नाफायोग्य सेक्टर काठमाडौं रहेछ। तिनले काठमाडौं चलाएर नाफा गर्न मिल्ने अनि निगमका बाह्र सय कर्मचारीलाई तिमीहरूले नाफा कमाउन सक्दैनौ, वाइड बडी नकिन भन्न मिल्छ?

निगमले वाइड बडी ल्याए पनि व्यवस्थित तरिकाले सञ्चालन गर्न सक्दैन वा चलाउनै सक्दैन भन्ने आरोप लाग्ने गरेको छ नि!

निगमले वाइड बडी चलाउन सक्छ र भन्ने प्रश्न गर्नु भनेको नेपालले देश विकास गर्नसक्छ भनेजस्तै हो। विकास त गर्नैपर्योड, कहाँ सक्छको कुरामात्र गर्ने, संसारका दुई सयमध्ये एक सय उनान्सय सय देशले विकास गर्नसक्ने अनि नेपालले नसक्ने भन्ने हुन्छ? यो मानसिकता त्याग्नुपर्छ। निगममा पनि यही हो, वाइड बडी किनेर चलाउनै पर्छ, नाकले टेकेर पनि चलाउनुपर्योह। कसरी चलाउने भनेर उच्च व्यवस्थापन, सञ्चालक समिति र मेरो कुरा आउँछ, निर्देशकहरूको कुरा आउँछ। त्योभन्दा महत्वपूर्ण हामीले पन्ध्र वर्षअघि नै लन्डन उडान गरिसकेका हौं। वाइड बडी भाडामा लिएरै उडाएकै हौं। अनि डेढ दशकअघि चलाउन सक्ने अहिले नसक्ने भन्ने हुँदैन। अब त लन्डन होइन न्युयोर्क जाने हो, लखनऊको कुरा गर्ने होइन। यो आरोप नै गलत छ। अब वाइड बडी कहाँ चलाउने भन्ने कुरा महत्वपूर्ण हो।

तीन दशक पुराना दुईवटा बोइङ ७५७ जहाज विस्थापन गर्ने विषय कता पुग्यो? तपाईंहरूको व्यापारिक योजनामा यो विषय अटाएको थियो तर अहिले अर्बौं खर्च गरी मर्मत गर्ने तयारी गरिरहनुभएको छ। खास कुरा के हो?

खास कुरो के हो भने दुईवटा वाइड बडी नल्याउन्जेल बोइङ ७५७ विस्थापन गर्न मिल्दैन। पुरानो भएका कारण इन्धन खपत बढी, मर्मत खर्च बढी लाग्नु स्वाभाविक हो। दुईवटा वाइड बडी नल्याई अहिले नै यी जहाज विस्थापन गर्यो भने हामी सातवटा अन्तर्राष्ट्रिय गन्तव्यबाट छ, पाँच, चार हुँदै तीन, दुईतिर झर्ने छौं। त्यसलाई सम्बोधन गर्न वाइड बडी किन्नैपर्छ। निगमको प्रतिष्ठा कायम राख्न पनि ७५७ विस्थापन गर्न हुँदैन बरु तत्काल दुईवटा वाइड बडी किन्नुपर्छ र लगत्तै अर्को दुईथान सानो आकार (न्यारो बडी) खरिद गर्छौं। प्रतिष्ठा भन्ने पैसाले किन्न सकिँदैन। भटाभट जहाज ल्याएपछि मात्र निगमले काम गर्दो रहेछ भन्ने देखिन्छ। काम त अहिले पनि काम गरिरहेको छ। मोबाइलको एक्सचेन्ज किन्न नडराउने, माथिल्लो तामाकोसीमा अर्बौंको लगानी गर्न नडराउने अनि जहाज किन्न डराउने? यो त केटाकेटी कुरा भइगयो नि।

तपाईंले निगम हाँक्नासाथ जहाज किन्ने कुरा आइहाल्छ। जहाज किन्ने भनेपछि ठूलो आर्थिक चलखेल हुन्छ, अब करोडौंको कमिसन खाने भए भन्ने होहल्ला सर्वसाधारणसम्म पुग्छ। माथिल्लो निकायलाई मनाउन पनि गाह्रै हुन्छ होला। यसलाई कसरी 'ट्याकल' गर्नुहुन्छ?

यसलाई हामी तथ्यांकबाट चिर्दै र सबैलाई बुझाउँदै अगाडि बढ्छौं। यहाँ आउने भएभरका विदेशी वायुसेवाले टन्न पैसा कमाउन हुने अनि नेपाल वायुसेवालाई चाहिँ तैंले पैसा कमाउन पाउँदैनस् भन्न पाइँदैन। हामी पनि काम गरेरै आम्दानी बढाउँछौं। त्यो बढाउन कारखानामा मेसिन थप्नुपर्छ र यो भनेको जहाज थप्नुपर्छ भन्ने नै हो। चौबीस घन्टा कारखाना चलाएर दस टन सामान उत्पादन भइरहेको छ भने एघार टन उत्पादन गर्न मेसिन थप्नैपर्छ। त्यही भएर जहाज थप्न सके चौबीसै घन्टा उडान गर्न सकिन्छ। अनि आम्दानी त्यसै वृद्धि भइहाल्छ। यहाँ सबैले सोच्नुपर्ने के हो भने हामी पर्यटन क्षेत्रबाहेक अन्य कुनै पनि क्षेत्रबाट माथि जान सक्दैनौं। अन्य क्षेत्रमा कच्चापदार्थ आयात गर्नुपर्छ तर पर्यटनमा त्यस्तो छैन। सगरमाथासहित आठ उच्च शिखर हामीसँगै छ, लुम्बिनी, पशुपति, उत्कृष्ट पदयात्रा मार्ग सबै छन् भने ती देखाउन संसारभरका पर्यटक नेपाल ल्याउन निगमलाई जहाज किन्नैपर्छ। हामीसँग दसवटा पिरामिड छन्। इजिप्टमा एउटा पिरामिड हेर्न वार्षिक दुई करोड पर्यटक पुग्छन्। हामी चाहिँ वर्षमा आठ लाख पर्यटकमै चित्त बुझाइरहेका छौं। पर्यटक बढाउन नसक्नुको कारण काठमाडौं एसियाकै सबैभन्दा महँगो हवाई गन्तव्य हुनु हो। नेपाल आउन चाहने अस्ट्रेलिया, न्युजिल्यान्डका पर्यटकलाई त्यहाँको ट्राभल एजेन्सीले नेपाल किन जाने त्यति पैसाले संसार घुम्न पाइन्छ भन्ने गरेको जानकारी पाएका छौं। त्यही भएर निगमसँग जति धेरै जहाज हुन्छन्, नेपाल आउने पर्यटक त्यति नै धेरै हुनेमा दुई मत छैन।

जहाज खरिद गर्न तपाईं एक्लैको निर्णयले हुँदैन। अब हामीलाई एउटा कुरा भनिदिनुस् त, जहाज किन्न क–कसलाई मनाउनुपर्छ?

जहाज किन्नलाई निगम सञ्चालक समितिलाई बाहेक कसैलाई पनि मनाउनुपर्दैन। निगमका बाह्र सय कर्मचारीलाई भन्नैपर्दैन, सबै जहाज किन्नुपर्छ भन्नेमै छन्। सञ्चालक समितिका अध्यक्ष र ६ सदस्यलाई मनाएपछि जहाज सतप्रतिशत किन्न सकिन्छ। कुनै राजनीतिक दल वा नेता कसैलाई पनि मनाउनुपर्दैन।

त्यसो हो भने विगतमा तपाईंले जहाज खरिद प्रक्रिया अगाडि बढाएर पनि किन ल्याउन सक्नुभएन त?

पहिलेको कुरा के हो भने शंका, उपशंका धेरै भएर हो। तर पछि शंका सबै वाहियात रहेछ भन्ने प्रमाणित भयो। अब झसंग भए सबै, ए होइन रहेछ है जहाज किन्ने भन्ने विल्कुलै फरक विषय रहेछ, यसमा कमिसनको चक्कर हुँदैन भनेर। यसमा कमिसन भन्ने हुँदै हुँदैन भन्ने पनि पुष्टि भइसक्यो। अहिले कुनै पनि जहाज निर्माता कम्पनी एयरबस होस् वा बोइङ जसको जहाज किने पनि कमिसन एक पैसो पनि हुँदैन। युरोप, अमेरिकामा घुस खानेलाई मात्र होइन, खुवाउनेलाई पनि जेल हाल्छन्। मेरो भनाइ यत्ति पनि थाहा नपाउने र नबुझ्नेलाई मैले अब अरु केही भन्न सक्दिनँ। मैले पहिला एयरबस खरिद गर्ने निर्णय गर्दा युरोपेली आयोगका राजदूत, फ्रान्सका राजदूतले बधाइ दिए। उनीहरूले मलाई धाप मार्दै 'मिस्ट कंसाकार इज ए म्यान अफ हाइ इन्टिग्रिटी' भनेका थिए। यसबाट बुझ्नुपर्छ मलाई विदेशी राजदूतले किन घुस खुवाउने भनेर। सात वर्षअघिको त्यो घटनाबाट यो प्रमाणित भएको छ कि जहाज किन्दा घुस लेनदेन हुँदैन र कंसाकार व्यक्तिगत होइन संस्थाको हित हेर्ने मान्छ हो भनेर।

वाइड बडी ल्याएर युरोप, अस्ट्रेलिया, जापान उडाउन त्यति सजिलो छ र?

हामीले पछिल्लो पटक भारतका बैंगलोर र मुम्बई उडान सुरु गर्यौंड। त्यो मैले गरेको होइन, हाम्रा निर्देशक, पाइलट, इन्जिनियर र अन्य कर्मचारीले गरेका हुन्। स्लट लिने, अनुमतिदेखि ग्राउन्ड ह्यान्डलिङ लगायत सबै काम हाम्रै कर्मचारीले गरेका हुन्, विदेशीले आएर गरेका होइनन्। अहिले फर्स्ट क्लास तरिकाले त्यहाँ उडान भइरहेको छ। त्यहाँ जति काम गरिएको थियो, त्योभन्दा एक इन्ची बढी अस्ट्रेलिया, जापान वा युरोप कहिँ पनि गर्नुपर्दैन। अनि निगमले अब वाइड बडी ल्याएर जापान उडान गर्न लागेको भनेर किन तर्सिने? त्योभन्दा वाहियात कुरो केही हुँदैन। सबै काम सकिएपछि पाइलटले जहाज उडाउने हो। हो, हामीसँग पाइलट अभाव छ। तर, संसारमा जहाँसुकै हेर्नुस्, अन्तर्राष्ट्रिय वायुसेवाले विदेशी पाइलट राखेर उडाइरहेका छन्। इथियोपियन एयरलाइन्समा ५० प्रतिशत, भियतनाम एयरमा ६० प्रतिशत र चीनमा ४० प्रतिशत विदेशी पाइलटले जहाज उडाइरहेका छन्। हाम्रै यहाँबाट गएका पाइलट विभिन्न देशमा जहाज उडाइरहेका छन्। निगममा हाल एयरबस ए३२० जहाज उडाउन चारजना विदेशी पाइलट कार्यरत छन्। अब वाइड बडी आइसकेपछि थप आधा दर्जन विदेशी पाइलट लिन्छौं।

वाइड बडी किन्न २५ अर्ब लाग्छ भन्नभयो, यति ठूलो रकम त्यति सजिलै जुटाउन सकिन्छ? के उपाय लगाउनुहुन्छ?

सात वर्षअघिको घटनाबाट सरकारले पनि महसुस गरेको छ। मैले निगम हाँक्न थालेको ६ महिना पुगेको छ र यसबीचको एउटा महत्वपूर्ण कुरा के हो भने मैले यसपालि सरकारलाई मनाउन सफल भएको छु। जहाज खरिद गर्न विदेशी बैंक तथा वित्तीय संस्था ऋण दिन धायेको धायै छन् तर, हामी सकेसम्म स्वदेशी पैसा नै उपयोग गर्ने पक्षमा छौं। त्यसमा अहिले सरकारसँग अनुदान मागेका होइनौं, हामी ब्याज तिर्छौं। सरकारकै ढुकुटीबाट आयल निगमको ब्याज तिर्न हुने, ध्वजावाहकलाई दिन किन नहुने? विकास खर्च ७० ८० अर्ब खर्च गर्न सकेन भन्ने कुरा आइरहन्छ, त्यो पैसामध्ये हामीलाई २५ अर्ब दिए हामी खर्च गरिदिन्छौं। विद्युत प्राधिकरणलाई दिए त्यति पैसा खर्च गर्न सात महिना लाग्ला हामी सात महिनामै खर्च गरिदिन्छौं। होइन, दिन नियमले गाह्रो छ भन्ने हो भने जमानी बसिदिए हुन्छ, हामी आफैं रकम जोहो गर्छौं। यसबारे दुई पटक अर्थमन्त्रीसँग छलफल भइसक्यो। यसमा सकारात्मक जवाफ आएका छन्। अब कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष कताबाट सरल हुन्छ, त्यतैबाट पैसा व्यवस्था गर्छौं।

कति सिटको कुन कम्पनीको वाइड बडी खरिद गर्ने योजना छ?

हामी थोरै संख्यामा जहाज भएको कम्पनीले विभिन्न थरी जहाज सञ्चालन गर्न गाह्रो हुन्छ। त्यही भएर अबदेखि युरोपेली जहाज निर्माता कम्पनी एयरबसकै जहाजमात्र सञ्चालन गर्ने योजना छ। अब खरिद गर्ने वाइड बडी चाहिँ २ सय ६० सिट क्षमतासम्मको ए३३०–२०० सिरिजको जहाज हुनेछ। हामीलाई कस्तो खालको वाइड बडी जहाज उपयुक्त हुन्छ भनेर एयरबसको टोली यहाँ आएर उपयुक्त जानकारी समेत दिइसकेको छ।

एयरबसको मात्र जहाज किन्ने भन्दा अमेरिकी जहाज निर्माता कम्पनी बोइङको कस्तो प्रतिक्रिया आएको छ? बोइङले झन्डै ६० वर्षदेखिको आफ्नो सदस्य निगमलाई गुमाउन चाहन्छ त? उसबाट कुनै प्रस्ताव आएको छ?

छैन, बोइङबाट त्यस्तो दबाब वा नकारात्मक प्रतिक्रिया केही पनि आएको छैन। पहिले जहाज खरिदमा पनि बोइङले टेन्डर प्रस्तावमा हारेकै हो। त्यसबेला एयरबसको भन्दा बोइङको प्रस्ताव एउटा जहाजमा २० लाख अमेरिकी डलर (२० करोड रुपैयाँ) सम्म बढी थियो। त्यसो भएपछि बोइङले टेन्डर जित्न सकेन। यसलाई बोइङले पनि ससम्मान स्वीकार गरेको थियो। तर, यहाँ बेकारमा बोइङलाई दोष दिइयो र त्यो गलत भएको पक्कै हो। त्यसकारण यसपालिदेखि हामीले एयरबसकै जहाजमात्र खरिद गर्ने योजना बनाएका हौं। एयरबसका जहाजमा पनि प्रतिस्पर्धा हुनेछ। हामीलाई कस्तो वाइड बडी उपयुक्त हुन्छ भनेर सबै कुरा बुझाउन एयरबसका विशेषज्ञ ६ पटक नेपाल आइसकेे। हामी धेरै ठूलो चार/पाँच सय यात्रु अट्ने नभई २ सय ६० सिट क्षमतायुक्त ए३३०–२०० नै लिने निष्कर्षमा पुगेका छौं। यसलाई एयरबसले पनि सही भनेको छ। यो जहाजले काठमाडौंबाट सिधै १० घन्टा नन्स्टप लन्डन उडान गर्नसक्छ।

रकमको जोहो स्वदेशबाटै गरिने पक्का भएको हो? कि विदेशी ऋण ल्याइन्छ?

कर्मचारी सञ्चय कोष हामीलाई ऋण दिन इच्छुक छ। यसअघि दुईथान नयाँ जहाज खरिद गर्न पन कोषले नै हामीलाई ऋण उपलब्ध गराएको हो। यसपालि पनि त्यहिँबाट रकम पाइने आशा छ।

अहिले पनि सञ्चय कोषको ब्याज वार्षिक १२ प्रतिशत तिरिरहनुभएको छ। यति महँगो ब्याज तिरेर जहाज ल्याएपछि ऋण चुक्ता गर्न कसरी सहज हुन्छ?

अहिले चाहिँ अर्थमन्त्रीज्यूको भनाइअनुसार वार्षिक ब्याज सात वा आठ प्रतिशतमा झार्न सकिन्छ कि भन्ने छ। कोषसँग वार्ता हुन भने बाँकी छ। हामी पनि प्रयास गरिरहेका छौं। विदेशबाट पैसा ल्याउँदा पनि दुई वा तीन प्रतिशत भन्ने कुरामात्र रहेछ। तिर्दै जान थालेपछि ६ प्रतिशतजति त पुगिहाल्ने रहेछ। त्यसमाथि विदेशी विनिमय जोखिम ठूलो समस्या हो। सात वर्षअघि सञ्चय कोषसँग सम्झौता गर्दा डलरको भाउ ७२ रुपैयाँ थियो, अहिले १ सय ६ रुपैयाँ पुगेको छ। अनि ब्याज तिर्ने रकम कता हो, झन् समस्या बल्भि्कने रहेछ। सबैभन्दा ठूलो फाइदा 'फरेन करेन्सी रिस्क' शून्य हुने र हाम्रो स्रोत पनि उपयोग हुने रहेछ। मैले निजी बैंकहरुलाई पनि लगानी गर्न आग्रह गरेको छु। गाडी र मोटरसाइकल किन्न लगानी गर्ने र त्यसबाट रोजगारी सिर्जना पनि नहुने तर जहाजमा लगानी गरे रोजगारी पनि बढ्ने र एकैपल्ट अर्बौ खर्च पनि हुन्छ। जहाज खरिदमा लगानी गर्न केही निजी बैंकले इच्छा देखाएका छन्। सरकार जमानी बस्यो भने निजी बैंक लगानी गर्न तयार हुने निश्चित छ। हामीले त्यसलाई एउटा विकल्पका रुपमा लिएका छौं।

एकैचोटि ठूलो रकम लगानी गर्नुभन्दा विदेशी वायुसेवाले उडाइरहेका चार/पाँच वर्ष पुराना वाइड बडी खरिद गर्न सकिँदैन?

हामीले अहिले ब्रान्ड न्यु जहाज नै भनेका छैनौं। सन् २०१४ यता उत्पादन भएका जहाज खरिद गर्ने योजना छ। अन्य वायुसेवाको जहाज खरिद गर्दा पुरानो लियो, चार वर्षको सट्टा ६ वर्ष वा १० वर्ष पुरानो जहाज किन नकिनेको भन्नेजस्ता तर्क आउँछन्। त्योभन्दा ग्लोबल टेन्डर गरेपछि जोसुकै पनि भिड्न पायो। यसमा जहाज खरिद समितिले अध्ययन गरिरहेको छ।

निगमलाई ए३३०–२०० सिरिजका दुईथान जहाज चाहियो भनेर ग्लोबल टेन्डर आह्वान गर्ने हो?

हो, त्यही गर्ने हो। हामी सन् २०१४ यता उत्पादन भएका ए३३०–२०० जहाज नै लिन्छौं सकेसम्म। यसका लागि एयरबस पनि टेन्डरमा भिड्न पाउँछ भने अन्य लिजिङ कम्पनी वा विदेशी वायुसेवा पनि प्रतिस्पर्धामा आउन सक्छन्। सन् २०१५ मा एयरबसले २७ थान ए३३०–२०० उत्पादन गरेको रहेछ। २०१४ मा पनि लगभग त्यति नै उत्पादन भएका रहेछन्। त्यही भएर २०१४ भित्र बनेका जहाज नयाँ नै हुन्छन् भन्ने हाम्रो निष्कर्ष हो।

विगतमा जहाज खरिदका लागि आवश्यक रकमको जोहो एयरबस आफैंले पनि गरिदिने प्रस्ताव गरेको थियो, अहिले पनि यस्तो प्रस्ताव गरेको छ?

किन नहुनु, दसौं पटक एयरबसले भनिसकेको छ। स्वदेशबाट जुटाउन नसके सहुलियत दरमा हामी उपलब्ध गराइदिन्छौं भनेर एयरबसले धेरै पटक भनिसकेको छ। एक/दुइटा पार्टीसँग मैले विस्तृतमा कुरा पनि गरिसकेको छु। सिंगापुरको एउटा वित्तीय संस्था जसले जहाज किन्नमात्र लगानी गर्ने रहेछ, त्योसँग मेरो कुराकानी भएको थियो। उसले साढे पाँच प्रतिशतसम्म ब्याजमा लगानी गर्ने भनेको थियो।

सरकारसँग पनि ऋण माग्ने योजना छ कि? वाइड बडीपछि के योजना छ?

अहिले विकास बजेट ६० प्रतिशत पनि खर्च गर्न नसकेको भन्दै सकारको आलोचना भइरहेको छ। यस्तो बेला हामीलाई ऋण दिए तुरुन्तै जहाज पनि आउने र भोलिपल्टै आकर्षक परिणाम पनि देखिने छ। यसमा सरकारले सोच्न सक्छ। यसमा हामीले विस्तृत योजना बनाइरहेका छौं। आगामी तीन वर्षभित्र हामी थप दुईवटा ए३२०–२०० पनि खरिद गर्ने योजनामा छौं। वाइड बडी ल्याएपछि पुन न्यारो बडी ए३२० दुईवटा थप्छौं। यस्ता जहाज भने क्षेत्रीय गन्तव्यहरू चीनका नजिकका सहर, खाडी मुलुक, भारतलगायत गन्तव्यमा त्यस्ता जहाज लान्छौं।

अन्तिममा भनिदिनुस् त, वाइड बडी कहिले आइपुग्छ? अनि तुरुन्तै उडाउने गन्तव्य कुन हुन्?

अबको नौदेखि बाह्र महिनाभित्र एउटा वाइड बडी काठमाडौं आएर नियमित व्यापारिक उडान सञ्चालन गर्ने छ। पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने छ। पहिलो जहाज आएको चार महिनाभित्र अर्को वाइड बडी पनि आइपुग्छ। त्यसपछि हामी चीनको सांघाई, अस्ट्रेलियाको सिड्नीलगायत गन्तव्य जान्छौं। म धेरै नै आशावादी छु। त्यसैगरी सिंगापुरलाई ट्रान्जिट बनाएर अस्ट्रेलिया जाने योजना पनि हामीसँग छ। तत्काल युरोप जानसक्ने अवस्था छैन किनभने नेपालका वायुसेवा कम्पनी युरोपको कालोसूचीमा रहेका छन्। त्यही भएर युरोप गइहाल्ने योजना छैन। नागरिक उड्डयन प्राधिकरणको भनाइअनुसार एक/डेढ वर्षमा कालोसूचीबाट उम्किन सकिन्छ भन्ने छ, त्यसबाट निस्किनासाथ युरोप उडान गर्छौं। फेरि युरोपकै एयरबसका जहाज किन्ने भएका कारण एयरबसले कालोसूचीबाट निकाल्न र युरोप उडान गर्न सहयोग गर्ने आश्वासन दिएको छ।

अहिले बोइङका दुईवटा ७५७ अनि एयरबसका पनि दुइटै ३२० जहाजबाट अन्तर्राष्टिय उडान गरिरहहनुभएको छ। उड्डयन क्षेत्रमा बजार हिस्सा कति पुगेको छ?

दुईथान ७५७ मात्र हुँदा हाम्रो बजार हिस्सा साढे चार प्रतिशतभन्दा तल नै थियो। दुइटा एयरबस थपेपछि करिब ६ प्रतिशत पुगेको छ। हाम्रो लक्ष्यअनुसार नौ प्रतिशत पुग्नुपर्ने हो, अब अर्को वर्ष पक्कै पुग्ने छ। अब दुईथान वाइड बडी र पुनः थप दुईवटा न्यारो बडी थपेपछि हामीसँग अन्तर्राष्टिय उडान गर्न आठवटा जहाज हुनेछन्। यति जहाज उडाउन सके हाम्रो बजार हिस्सा १७ प्रतिशतसम्म पुग्ने छ। यसो हुन सके निगमको कायापलट हुने निश्चित छ भने मुलुकको अर्थतन्त्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने छ। वायुसेवा निगम र पर्यटन क्षेत्रका घाँटी जोडिएको छ। दुवै हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।

वायुसेवा निगमलाई जहाज किन्न नदिन नेपाल उडान गरिरहेका अन्तर्राष्टिय वायुसेवा कम्पनी पनि ज्यान फालेर भिड्छन् भन्ने चर्चा हुने गरेको छ। यसमा कत्तिको सत्यता छ?

यसमा सबैले शंका गरेका छन् र मैले पनि शंका गरेको हो। यसमा सत्यता नहुन पनि सक्छ तर जुन रुपमा वाइड बडी खरिद गर्न हुन्न, निगमले वाइड बडी चलाउनै सक्दैन र चलाएर खाँदै खाँदैन भन्ने चर्चा सुन्दा शंका हो झैं पनि लाग्छ। डेढ दशकअघि नै लन्डन, पेरिस, फ्रयांकफर्ट, ओशाका, सांघाई उडाइसकेका छौं भने अहिले त्यहाँ जान नसक्ने भन्ने तर्कमा कुनै दम छैन भन्ने मलाई लाग्छ। हामी संसारकै ठूला वायुसेवासँग प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेका छौं। हामी कसैसँग डराउँदैनौं। हङकङको ड्रागन एयर, कतारको कतार एयरवेज, थाइल्यान्डको थाई एयरवेज, भारतको एयर इन्डिया, जेट एयरवेज, इन्डिगो, मलेसियाको मलेसिया एयरलाइन्स, एयर एसिया, मालिन्दो एयरजस्ता ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेका छौं। हामी डगमगाएका छैनौं।

निगममा सधैं जहाज ल्याउने कुरा हुन्छ तर पाइलट, इन्जिनियरको कुरा कहिले पनि हुँदैन। खास कुरा के हो?

हामीले २८ वर्षपछि जहाज किनेका थियौं, केही अलमल भएको हो। त्यही भएर व्यवस्थापन गर्न केही समस्या हुन गएको हो। कहिले घर नबनाएको मान्छेले घर बनाउँदा के नपुगेको, के नमिलेको जस्तै भएको हो, ठेकेदारसँग कसरी डिल गर्नेजस्तो एकखालको अलमल हामीलाई पनि भएको हो। अब हामीले पाठ सिकिसक्यौं, अलमल हुँदैन। अब वाइड बडी काठमाडौं अवतरण गरेकै भोलिपल्टबाट जहाज सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं। विदेशी पाइलट ल्याएर उडान गर्छौं। इन्जिनियर पनि तयार हुन्छन्। उड्डयन व्यापार अन्तर्राष्ट्रिय कानुनबाट चल्ने एकमात्र क्षेत्र हो। एउटा पाइलटले म लगातार २० घन्टा उडाउँछु भनेर पाइँदैन। यसमा तोकिएको घन्टा उडाएपछि पाइलटले आराम गर्नैपर्छ। इन्जिनियरले हस्ताक्षर नगरी जहाज उडाउन पाइँदैन।

निगममा बोइङ जहाज उडाउने र एयरबस उडाउने पाइलटबीच गुट–उपगुट देखिन्छ। एयरबस उडाउनेहरु पुरानो बोइङ विस्थापन गर्नुपर्छ भनिरहेको र बोइङका पाइलट पुरानो भए पनि उडाइरहनुपर्छ भन्छन् भन्ने खुबै चर्चा सुनिन्छ। कति सत्यता छ यसमा?

यो स्वाभाविक हो। कुनै पाइलटको भावनासँग समग्र संस्थाको भविष्य खतरामा पार्न सकिँदैन। पाइलटले हामी ३० वर्षदेखि उडाइरहेका छौं, हाम्रा जहाज विस्थापन गर्न पाइँदैन भन्न मिल्दैन। संस्थालाई के आवश्यक छ र कसरी अगाडि बढ्ने भन्ने सबैको सहयोग र सल्लाह अनि सहकार्यबाट हुने काम हो। हामी अहिले दुवैथरी जहाज उडाइरहेका पाइलटको कुरा सुनिरहेका छौं। व्यवस्थापनले त सबैको कुरा सुन्नैपर्छ। मेरो विचारमा यो अफिस पोलिटिक्स मात्र हो। यस्तो संसारमा जहाँ पनि हुने गर्छ। अमेरिका होस् वा बेलायत वा जापान जहाँ पनि हुन्छ। अन्तिम निर्णय त मेरै हुने गर्छ, कलम मेरो हातमा छ तर पनि कुरा सबैको सुन्नुपर्छ। पाइलटबीच अर्कैखालको ग्रुपिज्म छ भन्ने चाहिँ मैले पनि सुनेको छु। वरिष्ठ क्याप्टेन अपरेसन डाइरेक्टरमा फिट नहुन पनि सक्छ। उसलाई जहाज उडाउनै लगाउनुपर्छ नकि चिठीपत्र हस्ताक्षर गराउन बिहानदेखि बेलुकासम्म कार्यालयमा राख्नुपर्छ।

निगमका जहाज तोकिएकै समयमा उड्छन् कि उड्दैनन्?

हामीले प्रत्येक महिना यति उडान गर्ने भनेर संख्या तोक्ने गरेका छौं। गत असोजमा १ सय १७ वटा अन्तर्राष्टिय उडान गरेका थियौं जुन त्यति नै तोकेका थियौं। त्यसपछि मैले पाइलट र इन्जिनियर सबैलाई धन्यवाद दिएँ। तपाईंहरु जतिसुकै झगडा गरे पनि उडान गर्नुभयो भन्दै हसाएँ। तोकिएकै समयमा भारत नयाँदिल्लीको उडान तीन महिनासम्म भएको थियो। बीचमा विदेशी पाइलटसँगको असमझदारीका कारण केही ढिला हुन पुग्यो। अहिले विस्तारै तोकिएकै समयमा उड्न थालेका छन्। जहाज ढिला उड्ने विभिन्न कारण हुन्छन्। यस्तो अन्य वायुसेवामा पनि हुने गर्छन्, यो नौलो कुरो होइन।

निगमका पाइलटले जहिले पनि सेवा सुविधा कम भयो भन्ने गुनासो गर्दै आएका छन्। यहिँ उडाउने विदेशी पाइलटले महिनाको १२/१५ लाख रुपैयाँ तलब पाउने हामीले एक डेढ लाखमात्र पाउने भनिरहेका छन्। यसलाई कसरी हेर्नुभएको छ?

यस्तो सबै क्षेत्रमा लागू हुन्छ। विदेशी आएपछि सेवा सुविधा अहिले त्यहीअनुसार हुन्छ। हाम्रै जहाज उडाएर गएका क्याप्टेन प्रदीप श्रेष्ठ हाल इथियोपियन एयरलाइन्स उडाइरहेका छन्। उनले मासिक १६ लाख रुपैयाँ तलब खान्छन्। अनि त्यस्तो पनि हेर्नुपर्योल नि। हाम्रा पाइलटले पनि राम्रै सेवा सुविधा पाएका छन्। यसरी विदेशीसँग दाँज्न अलि मिल्दैन। फेरि विदेशी पाइलट केही समयका लागि मात्र हुन्।

तपाईं जहिले पनि अन्तर्राष्ट्रिय उडान गर्न ठूला जहाज किन्ने कुरामात्र गर्नुहुन्छ, तर आन्तरिक उडानबारे केही पनि बोल्नुहुन्न। कि चिनियाँ जहाज खरिद प्रकरणबाट अप्ठेरो भएको हो वा आन्तरिक उडानलाई अहिले छाडिदिउँ भन्ने हो?

चिनियाँ जहाजको समस्या समाधान र निर्णय नभएसम्म आन्तरिक उडानलाई अन्य जहाज ल्याउने कुरा पनि भएन। सञ्चालक समितिले तीन साताभित्र निर्णय गर्छ, चिनियाँ जहाज लिने कि नलिने भनेर। फेरि यो सरकार–सरकारबीचको सम्झौता, सहुलियत ऋण लगायत कारण पनि हामीलाई केही अप्ठेरो भएको हो। त्यही भएर आन्तरिक उडानलाई हामी चाहेर पनि अहिले अगाडि बढ्न सकेका छैनौं।

जहाज किन्दा एक पैसा कमिसन आउँदैन भन्नुहुन्छ तर तपाईंको तालुक मन्त्री (पर्यटन), अर्थ मन्त्री र अझ प्रधानमन्त्रीसम्मले 'जहाज किन्न लाग्नुभएछ, तर हाम्रो भागमा केही नपर्ने रहेछ, भयो छोड्नुस जहाज किन्न पर्दैन' भनेका छैनन्?

छैन, छैन। यस्तो प्रतिक्रिया अहिलेसम्म आएको छैन। विगतमा जहाज खरिद गर्दाको घटनाबाट सबैले पाठ सिकेका छन्। अहिले सबै झसंग भएका छन्। जहाज खरिद गर्ने तरिका भिन्नै हुने रहेछ र कमिसन भन्ने नहुने रहेछ भन्ने सबैलाई प्रष्ट भइसकेको छ। त्यही भएर यसपालि जहाज खरिद गर्न धेरै नै सहज भएको छ। जहाज चाँडै नेपाली आकासमा देख्न पाउनुहुने छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...