1 Falgun, 2072 |
Menu

खेल

istl

हामीलाई विकास होइन्,भत्ता बढाइयोस्: राउटे मुखिया

  • सोमबार २७ पुष, २०७२
  • गोविन्द केसी
  • DISQUS_COMMENTS
(0 votes)
दैलेख–राउटेहरुलाई लामो समयदेखि दिइँदै आएको लोपउन्मुख भत्ता दोब्वर बढाउनुपर्ने माग राउटे मुखियाहरुले गरेका छन्।
nepalipatro-nagarik
अछामको रानिवन – ३ पियलतडामा रहेको राउटे बस्तीमै पुगेर रिपोर्टर्स क्लब दैलेखले राउटे मुखियाहरुसँग राउटेहरुको समस्या सम्वन्धी गरेको साक्षात्कार कार्यक्रममा मुखिया सुर्यनारायण शाहीले बस्तीमा विकासका लागि सरकारलाई सडक, पानी बत्तीको माग नगरेको तर, जनतालाई बचाउनका लागि भत्ता बढाउन बारम्वार माग गरेको भएपनि सुनुवाई नभएको गुनासो गरे।

राउटेहरुको महाव पर्व माघी नजिकिँदै गर्दा राउटे मुखिया सुर्यनारायण शाहीले बस्तीमा अन्न समेत नरहेको बताए । आफूहरुले नुहाएर विशेष पूजा गरेर मिठो मिठो खाएर माघी मनाउने भएपनि भत्ता कम हुँदा खानै नपुग्ने उनले बताए । मन्त्रीदेखि प्रधानमन्त्रीसम्म राउटेको दुखका बारे खवर पु¥याउदा समेत सुनुवाई नभएको राउटे मुखियाले दुखेसो पोखे। सरकारले सबैलाई तलवभत्ता बढाए पनि आफूहरुको भत्ता कहिल्यै नी नबढाउने भन्दै राउटेका अर्को मुखिया वीरबहादुर शाहीले गुनासो गरे। 'हाम्रा जनता चिसोले थलिएका छन् । बस्तीमा खाना छैन्,' राउटे मुखिया सुर्यनारायण शाहीले भने, 'उही पुरानै भत्ताले कति दिन जनता पालिने हुन् । माघी नजिकियाको छ खाने कुरा छैन् ।'

आफूहरुले बनाएका काठका सामाग्री पनि बिक्न छाडेपछि भत्ताकै भरमा जनता हुने भएकाले भत्ता बढाएर प्रतिब्यक्ति २ हजार पु¥याउनुपर्ने राउटेमुखियाको जोड थियो। यसअघि बावुराम भट्राई अर्थमन्त्री हुँदा मासिक प्रतिब्यक्ति ५ सय रुपैँया भत्ता दिने निर्णय गरिएको राउटेहरुलाई पछि १ हजार रुपैँया दिने ब्यवस्था मिलाईएको थियो

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...