Friday 29 Magh, 2072 |
Menu

खेल

istl

त्रिविविका आंशिक प्राध्यापक आन्दोलित

(0 votes)
बागलुङ-लामो समयदेखि क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेको भन्दै यहाँका आंशिक प्राध्यापक आन्दोलित भएका छन् ।
nepalipatro-nagarik
वषौँदेखि अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकले विषयगत पाठ्यभार, बरिष्ठता र आवश्यकतालाई मूल आधार बनाई आंशिक शिक्षकलाई करारको नियुक्ति गर्नुपर्ने माग गरेका हुन् । आंशिक शिक्षकहरुको उचित व्यवस्थापन नगर्दासम्म नयाँ आंशिक शिक्षकलाई नियुक्त रोक्न माग गर्दे आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको धौलागिरी बहुमुखी क्याम्पस,बागलुङ आंशिक प्राध्यापक संघका अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।

मुलुकभर करिब २ हजार बढि आंशिक शिक्षक भए पनि त्रिभुवन विश्वविद्यालय संवेदनशिल नभएको उनीहरुको गुनासो छ । 'धौलागिरी क्याम्पसमा मात्र ४१ आंशिक शिक्षकले १० वर्षदेखि अध्यापन गराउँदै आएका छन्,' बागलुङमा आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, 'चरणबद्ध आन्दोलनका कार्यक्रम छन् । माग सुनुवाइ नभए क्याम्पसमा तालवन्दीसम्म गर्न बाध्य हुनेछौँ ।'

पश्चिमाञ्चल क्षेत्रका आंशिक शिक्षकको भेलाले शिवशरण ज्ञवालीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तरगत क्याम्पसमा क्रियाशिल वैचारिक संगठनसँग अन्तरक्रिया, क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना, करार र स्थायी प्राध्यापकको समर्थन लिने क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गर्ने रहेको संघर्ष समितिका संयोजक ज्ञवालीले बताए । 'हाम्रा माग त्रिवि उपकुलपतिको कार्यालयलाई जानकारीगराएका छौँ,' उनले भने, 'त्रिवि आंशिक शिक्षकको सेवा सुविधामा पनि अनुदार छ ।' त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धि नियमावली अनुसार एक जना शिक्षक हप्तामा १५ पिरियड पढाउन व्यवस्था भए पनि अहिले आंशिक शिक्षकले ५६ पिरियड पढाउँदै गरेको धौलागिरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक राजमी सुवेदीले बताए । 'की आंशिक प्राध्यापकको व्यवस्था हटाउनु पर्यो,' उनले भने, ' होइन भने त्रिवि सेवा आयोगले परिक्षा लिएर पदपुर्तीको व्यवस्था अघि बढाउनु पर्यो ।'

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...