Wednesday 19 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

एमालेको विभाग गठन अर्को साता

(0 votes)
काठमाडौं- अन्य राजनीतिक दलभन्दा चुस्त संगठन भएको दाबी गर्ने नेकपा एमालेले महाधिवेशन सकिएको डेढ वर्षपछि पार्टीका केन्द्रीय विभागहरुलाई पूर्णता दिने तयारी थालेको छ। विभागीय प्रमुखहरुको सहमतिमा संगठन विभागले आवश्यक नामावली तयार पारेको छ। 'संगठन विभागले त्यसलाई मापदण्डभित्र परे नपरेको अध्ययन गरिरहेको छ,' संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने, 'सुरुमै नियमावली बनाउन ढिलो भयो। त्यसपछि भूकम्प र संविधान विषयले प्राथमिकता प्राप्त गरेका कारण ढिलो भएको हो।'
nepali-patro-may
स्थायी कमिटीमा विभागका सदस्यलाई नामावली पेस गर्ने माघ ३ गते सचिवालय बैठक बोलाइएको छ। सचिवालयले नै बैठकको एजेन्डासहित आवश्यक गृहकार्य गर्ने गरेको छ। विभाग गठनसँगै नवौं महाधिवेशन भएपछि जिम्मेवारीविहीन बनेका ८ सय नेताले जिम्मेवारी पाउनेछन्। विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था छ।

एमालेका ३२ वटा विभाग छन्। पार्टी संरचना र राज्य संरचना गरी दुई भागमा विभागलाई विभाजन गरिएको छ। विदेश, स्कुल, संगठन, प्रचार, आर्थिक, राज्य व्यवस्था र सम्पर्क जस्ता विभागलाई महत्वपूर्ण मानिन्छ।

२५ सदस्यीय विभागका लागि कम्तीमा ५ महिला, मधेसी, जनजाति २–२, दलित र प्रत्येक प्रदेशबाट एकएक प्रतिनिधित्व नछुट्ने व्यवस्था गरिएको छ।

सम्बन्धित विभाग प्रमुखको सहमतिमा संगठन विभागले नामावली बनाएको हो। मापदण्ड अनुसार व्यक्ति नभेटिए सदस्य खाली राखिनेछ।

विभागका सदस्य हुनका लागि अञ्चल समन्वय कमिटीमा काम गरेको वा पार्टी सदस्य भएको कम्तीमा ६ वर्ष पुगेको र जनवर्गीय संगठनको केन्द्रमा बसेको व्यक्ति सदस्य हुन पाउनेछ। विज्ञहरुको हकमा भने सदस्य भए मात्रै पुग्नेछ। विभागहरुको पूर्णतासँग ८ सय नेताले जिम्मेवारी प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...