Sunday 19 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

फुटसल प्रतिबन्ध फुकुवा

(0 votes)
काठमाडौं— स्थानीय प्रशासनले उपत्यकामा सञ्चालित फुटसल कोर्टमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। जिल्ला प्रशासन कार्यालयमा फुटसल व्यावसायीहरुसँग १८ बुँदे सहमती भएपछि प्रतिबन्ध फुकुवा गरिएको हो।
nepalipatr-april
फुटसलमा कोर्टमा विकृति मौलाएको गुनासो बढेपछि प्रशासनको निर्देशनमा प्रहरीले काठमाडौंमा सञ्चालित फुटसल कोर्टलाई बिहिबारबाट अनिश्चितकालका लागि बन्द गराएको थियो। व्यायासायीले फुटसलमा हुने आपराधिक क्रियाकलाप र विकृति रोक्ने लगायतका सहमती गरेपछि बन्द फुटसल कोर्ट पुन सञ्चालन हुने भएका हुन्।

काठमाडौंमा ५१ वटा फुटसल कोर्टहरु छन्। फुटसल बन्द गरेपछि व्यापारीदेखी फुटसल खेल्ने युवा र अन्य सर्वसाधरणबाट विरोध भएको थियो।

व्यापारीले सरकारी नियमअनुसार फुटसल कोर्ट चलाउन तयार हुने भन्दै प्रशासन समक्ष वाचा गरेपछि शुक्रबार प्रशासन कार्यालयमा फुटसलको नियमनका विषयमा बृहत छलफल भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले तत्कालका लागि १५ र तीन महिना भित्र ३ गरी १८ वटा बुँदामा फुटसल व्यावसायीले सहमति जनाएपछि पुन सञ्चालन गर्न दिने निर्णय भएको बताए।

उनका अनुसार सबै फुटसल कोर्टहरुले १५ दिनभित्र स्थानीय निकाय, घरेलु तथा साना उद्योग र कर कार्यालय तथा अन्य सरकारी निकायमा दर्ता गरिसक्नु पर्नेछ। ३० दिनभित्र कोर्टमा अनिवार्य रुपमा सिसिटिभी राख्नुपर्ने, प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने, फुटसल कोर्टमा अनिवार्य रुपमा शुल्क टाँस्नु पर्ने, फुटसलका आचारसंहिता टाँस्नुपर्ने, शौचालय तथा चेन्जिङ रुम बनाउनु पर्ने, जुवाका रुपमा खेल्न नपाइने, साँझ ७ बजेपछि कोर्ट सञ्चालन गर्न नपाइने, मादक पदार्थ सेवन गरेकालाई खेल्न मात्र नभई कोर्टभित्र प्रवेश समेत गर्न दिन नपाइने, सुर्ति तथा मादक पर्दाथ विक्रि गर्न नपाइने, विद्यालय समयमा विद्यार्थी पोसाकमा आउनेलाई खेल्न नदिने लगायतका तत्काल गर्नुपर्ने विषयमा सहमती भएको छ ।

तीन महिनाभित्र गर्नुपर्ने सहमतीमा भने फुटसल सञ्चालकले अनिवार्य रुपमा तेस्रो पक्ष बिमा गर्नुपर्ने, फुटसल कोर्टमा ध्वनी नियन्त्रण प्रविधि जडान गर्नुपर्ने र तीन महिना भित्र फुटसल निर्देशिका बनाउने छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी विश्वराज पोखरेलले सबै सहमती कार्यान्वयनमा आए नआएको विषयमा समयसमयमा अनुगमन गरिने बताए। 'हामीसँग भएको सहमतीको हामी अनुगमन गर्ने छौँ,' उनले भने, 'अनुगमनका क्रममा सहमति विपरीत चलेको पाइएमा कारवाही गर्ने छौँ ।' उनका अनुसार प्रहरीले विगतमा धेरै समस्या देखिएका र जनगुनासो बढी आएका फुटसल कोर्टहरुलाई विशेष निगरानीमा राखेर अनुसन्धन अघि बढाइरहेको छ । फुटसलका विकृति रोक्न सरकारी र व्यवसायी दुवैतर्फबाट कार्यदल बनाइएको उनले जानकारी दिए।

प्रहरीको अनुसन्धानका क्रममा उपत्यकामा सञ्चालित अधिकांस फुटसलहरु बिना दर्ता चलिरहेको, करको दायरामा नआएका, विद्यार्थी शिक्षण संस्था छाडेर 'डे«स'मा नै फुटसलमा पुग्ने गरेको, मादकपदार्थ खाने केन्द्र बनेको, खेलका नाममा जुवा अखडा बनेका, मध्यरातसम्म सञ्चालनमा रहँदा वरपरका स्थानीयलाई होहल्लाले सताउने गरेको, जथाभावी शुल्क उठाउने गरेको, खोल्ने समयको निश्चित नभएको, कति उमेर समुहकालाई कसरी खेलाउने, फुटसलका सामान्य प्रक्रियाहरु पुरा नगरेको, कोच तथा इन्स्ट्रक्टर समेत नराखेको लगायतका समस्या देखिएको थियो।

उपत्यकामा फुटबल खेल्न ठूला मैदानको अभाव रहेकोले छोटो समयमा नै फुटसल लोकप्रिय बनेको थियो। खेल खेल्ने यस्ता केन्द्र पछिल्ला समयमा युवाका लागि लागू औषध, मदिराजस्ता विकृतीको केन्द्र बनेपछि प्रशासनले कडाई गर्न शुरु गरेको हो।

प्रहरीले एकैपटक उपत्यकाका ५० भन्दा बढी फुटसलहरु बन्द गराएपछि फुटसल सञ्चालकहरु बिहिबार नै एकैपटक एकजुट भएका थिए। सञ्चालकहरुले बिहिबार नै डुकु फुटसलका सञ्चालक राज महर्जनको अध्यक्षतामा समिति बनाएका छन्।

फुटसललाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले समेत खेलको मान्यता दिएको छ। सन् १९३० मा उरुग्वेवाट शुरु भएको फुटसल विश्वभर लोकप्रिय छ। फुटसल ठूलो मैदानको अभाव रहेका क्षेत्रमा फुटबल खेल्न उपयुक्त विकल्प बनेको छ। पाँच पाँच जना मिलेर खेल्न मिल्ने फुटसल विशेषगरी ठुलो कोठाभित्र खेलिने खेलका रुपमा पनि चिनिन्छ। नेपालमा फुटसल सन् २०११ बाट शुरु भएको बताइन्छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...