Tuesday 21 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

जोडघटाउप्रति निकट नेता नै असन्तुष्ट

(0 votes)
काठमाडौं- १३औं महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व लिन सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवासहित नेताको सक्रियता बढेसँगै निकट नेताहरू भने असन्तुष्ट बन्न थालेका छन्। आफूलाई केन्द्रमा राखेर कोइराला र देउवा महाधिवेशनको जोडघटाउमा लागेपछि दुवैतर्फका पदाधिकारी आकांक्षी नेता असन्तुष्ट बनेका हुन्।

nepalipatr-april
सभापति कोइरालानिकट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई सभापतिको प्रत्यासीकै रूपमा प्रस्तुत गर्दै आएका छन्। स्वास्थ्यको कारण पनि अब कोइराला सभापतिको प्रत्यासी नबन्ने बताउँदै पौडेल र सिटौला प्रचारमा निस्केका छन्।

आफ्नालागि भन्दा कांग्रेसलाई जीवन्त राख्न आफ्नो नेतृत्व आवश्यक रहेको बताउँदै आएका पौडेलले कोइरालासहित समकालीन नेताको समर्थनमा उम्मेदवार बन्ने दाबी गरेका छन्। वरिष्ठ नेता देउवासँग असन्तुष्ट खुमबहादुर खड्का र सभापति कोइरालासँग रुष्ट देखिएका शेखर कोइरालासँग पौडेल निरन्तर सम्पर्कमा छन्। सभापति कोइरालाको असहमतिका बीच संविधान प्रचार ('कस्तो बन्यो संविधान? सद्भाव र एकताको अभियान') को नाममा पौडेल अहिले चुनावी प्रचारमा छन्।

त्यस्तै, महामन्त्री सिटौलाले पनि आफूलाई सभापतिकै रूपमा प्रस्तुत गर्दै आएका छन्। दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाको खास उत्तराधिकारी आफू नै रहेको दाबी गर्दै स्वास्थ्यका कारण सुशील कोइराला पुनः सभापति प्रत्यासी नबन्ने र संस्थापनको नेतृत्व आफूमा आउने उनको बुझाइ छ। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरूका साथै युवापुस्ताको समर्थन आफूलाई रहने दाबीसहित सिटौला जिल्ला दौडाहा छन्।

अर्का महामन्त्री प्रकाशमान सिंह पछिल्ला दिन मौन छन्। सभापति सुशीलले कोइराला परिवारकै मान्छेलाई मात्र च्यापेको भन्दै निकट नेतासँग असन्तुष्टि जनाउँदै आएका सिंह महामन्त्री वा उपसभापति पाउनेमा आशावादी छन्। समावेशीताको नाममा पनि आफ्नो सिट सुरक्षित हुने आशमा रहेका सिंहलाई संस्थापन छोडेर आउन देउवा पक्षले आग्रह गरेको छ। तर, छिटो गुट परिर्वतन गर्दा आफैंलाई राम्रो नगर्ने भन्दै सिंहले अप्ठेरो सहेर भए पनि १३औं महाधिवेशनमा संस्थापनमै रहेने जवाफ दिएको एक नेताले जानकारी दिए।

संस्थापनबाट महामन्त्री भए पनि सिंहको मन र निकटता देउवातिरै रहेको आरोप लगाउँदै कोइरालानिकट एक नेताले भने, 'सिद्धान्त र निष्ठा होइन, यताभन्दा राम्रो अवसर पाए उहाँ देउवातिर जानुहुन्न भन्ने छैन।'

पदाधिकारीको आकांक्षी नेता रामशरण महतले लिगेसीले जित्छ भने आसन्न महाधिवेशनमा त्याग गर्न तयार रहेको बताएका छन्। तर, केन्द्रीय समितिमा पहिलोपटक आएका र आफ्नो एउटै हैसियत हुन नहुने तर्क गर्दै सभापति कोइरालासँगको भेटमा महतले भनेका थिए, 'लिगेसीका लागि त्याग गर्न तयार छु, १४ औं महाधिवेशनमा सभापतिका लागि तयारी गर्छु।'

सभापतिको प्रत्यासी बन्ने घोषणा गरी नसके पनि कोइराला आन्तरिक तयारीमा जुटेका छन्। पछिल्ला दिन स्वास्थ्य कमजोर बनेपछि केही द्विविधामा रहे पनि कांग्रेसलाई एकताबद्ध राख्न आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताउने गरेेका छन्। देउवाको हातमा पार्टी गए लोकतन्त्र र कांग्रेसको भविष्य नै संकटमा पर्ने बताउँदै कोइराला महाराजगन्जस्थित निवासमै बसेर देशभरिका नेता तथा कार्यकतासँग भेटघाटमा छन्।

सभापति कोइरालाको स्वास्थ्य बिग्रँदै गएका कारण पनि निकट केही नेताहरू पुनः सभापति प्रत्यासी नबन्न सुझाव दिइरहेका छन्। 'स्वास्थ्यका कारण पनि उहाँ अब उठ्न हुन्न,' निकट एक नेताले भने, 'स्वास्थ्य ठिक हुँदा त केही गर्न सकिएन, त्यसैले उहाँले अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ।'

तर, कोइरालाको पाँच वर्षे कार्यकालको बचाउसहित जिल्ला अधिवेशनपछि सभापतिमा उम्मेदावारी घोषणा तयारीमा छन्। क्षेत्र र जिल्ला अधिवेशनबाट निकट नेताहरू जितेर आउनेमा आशावादी रहेका कोइराला लगत्तै निकट नेतालाई बोलाएर सभापतिको उम्मेदवार टुंगो लगाउने रणनीतिमा छन्। पौडेल र सिटौला एकले अर्कालाई सहयोग गर्नभन्दा आफैं शक्तिशाली रहेको दाबीसहित प्रचारमा उत्रिएपछि आफूबाहेक अन्य नेताको नाममा सहमति नजुट्ने बुझाइ छ।

त्यस्तै, १३औं महाधिवेशनबाट जसरी पनि सभापति बनिछाड्ने रणनीतिमा रहेका वरिष्ठ नेता देउवाको ध्यान आफ्नालाई मिलाउनभन्दा संस्थापन पक्षका नेता चोर्न केन्द्रित छ। संस्थापन पक्षका नेतालाई आफ्नो गुटबाट महामन्त्रीको उम्मेदवार बनाउने देउवाको प्रस्तावप्रति निकट नेता असन्तुष्ट छन्।

देउवा पक्षका प्रभावशाली नेता पूर्णबहादुर खड्काले अर्को पक्षबाट आएका नेतालाई महामन्त्री दिने प्रस्तावले निकट नेतालाई 'ह्युमिलेट' गर्ने काम गरेको बताउने गरेका छन्। महामन्त्री बन्ने हैसियत देउवासँग निकट कुनै नेताको नभए जस्तो सन्देश गएको भन्दै खड्काले गुनासो गरेको एक नेताले बताए।

'दाइ (शेरबहादुर देउवा) को भनाइप्रति उहाँ खुसी हुनुहुन्न,' निकट एक स्रोतले भन्यो, 'संस्थापन पक्षका नेतालाई दिने भए पनि सल्लाह गर्नुपर्थ्यो।' वरिष्ठ नेता देउवा श्रीमती आरजुबाट बढी प्रभावित हुन थालेको बताउँदै एक नेताले भने, 'कोइरालावाद विरुद्ध एक ठाउँमा उभिएका हौँ, देउवाको दासत्व स्वीकार गर्न तयार छैनौँ।'

आन्तरिक छलफलबिनै अर्जुननरसिंह केसीलाई महामन्त्रीको प्रत्यासी बनाउने चर्चासँगै विमलेन्द्र निधि र खड्का असन्तुष्ट छन्। निधि र खड्का महामन्त्रीका आकांक्षी हुन्। निधिले निकट नेतासँग महामन्त्रीमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएको धनुषा कांग्रेस सभापति रामशरोज यादवले बताए। 'तराई/मधेसमा पार्टी कमजोर बन्दै गएको छ,' यादवले भने, 'त्यसलाई हटाउन पनि उम्मेदवारी आवश्यक छ।' देउवा गुटमा केसीको सक्रियता बढेसँगै नेता प्रकाशशरण महत पनि असन्तुष्ट छैनन्।

त्यस्तै, वरिष्ठ नेता देउवालाई नेता खुमबहादुर खड्काको व्यवस्थापन अर्को टाउको दुखाइको विषय बन्ने भएको छ। भ्रष्टाचारको अभियोग प्रमाणितपछि राष्ट्रिय राजनीतिमा खड्काको प्रभाव कमजोर बन्दै गए पनि कांग्रेसभित्र प्रभाव अझै मझबुत छ। 'पार्टीमा दुःख पाएकादेखि सबैखाले कार्यकर्ताको साथ अझै छ,' देउवानिकट एक नेताले भने, 'उहाँ (खुमबहादुर) लाई म्यानेज गर्नुपर्छ।'

महामन्त्री र उपसभापतिका आकांक्षी खड्का देउवा पक्षबाट उक्त सम्भावना नदेखेपछि उपसभापति पौडेललाई सभापतिमा अघि सार्ने तयारीमा छन्। नेता खड्का महामन्त्री वा उपसभापतिको उम्मेदवार बन्ने जानकारी दिँदै निकट केन्द्रीय सदस्य शंकर भण्डारीले भने, 'कांग्रेसलाई राम्रो बनाउन जोसँग अनुकूल हुन्छ, त्यहीसँग मिलेर अघि बढ्ने हो।'

गुट फेर्दै नेता

महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र गुट परिर्वतनको क्रम सुरु भएको छ। महाधिवेशनपछिको राजनीतिलाई केन्द्रमा राख्दै कांग्रेस नेताहरू विद्यमान गुट परिर्वतनमा जुटेका हुन्।

उचित अवसर नदिएको भन्दै संस्थापन छाडेर आधादर्जन केन्द्रीय सदस्य देउवा गुटमा सहभागी भएका छन्। यसरी गुट परिर्वतन गर्नेमा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, चन्द्र भण्डारी, मानबहादुर विक, श्यामकुमार घिमिरे छन्। नेपाल विद्यार्थीसँगका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा पनि उतै लागेका छन्। पार्टी केन्द्रीय सदस्य नबनाएपछि शर्मा सभापति कोइरालासँग असन्तुष्ट थिए।

त्यस्तै, केन्द्रीय सदस्य रामकुमार चौधरी, उमाकान्त चौधरीसहितका नेता पनि देउवासँगको सम्पर्कमा पुगेको स्रोतको दाबी छ। पार्टी महामन्त्रीका आकांक्षी अर्जुननरसिंह केसी पनि पछिल्ला दिन देउवासँग निकट देखिएका छन्। कोइराला वा देउवा जुन समूहबाट महामन्त्री पाइन्छ, त्यही समूहमा बस्ने तयारीमा रहेका केसी पछिल्ला दिन देउवा पक्षीय भेलामा निरन्तर सहभागी हुँदै आएका छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...