15 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

चीनले बनायाे मान्छे चढ्न मिल्ने ड्रोन

(0 votes)
चीनले बनायाे मान्छे चढ्न मिल्ने ड्रोन
चिनियाँ कम्पनीले मानव बोक्नसक्ने ड्रोन बनाएको छ। चीनको ग्वान्झाओमा रहेको इहाङ आईएनसीले अमेरिकाको लस भेगासमा जारी 'सीईएस ग्याजेट सो' मा मानव बोकेर उड्नसक्ने ड्रोन सार्वजनिक गरेको हो। इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन। सिटको अगाडि रहेको टचस्क्रिनबाटै उडानसम्बन्धी सबै कुरा नियन्त्रण गर्न सकिन्छ।
nepali-patro-may

मान्छे नै बोक्न मिल्ने यो ड्रोन विश्वमा पहिलो भएको कम्पनीको दाबी छ। कम्पनीले युट्युबमा सार्वजनिक गरेको भिडियोमा उक्त ड्रोन सानो हेलिकप्टरजस्तै देखिन्छ। ५ फिट अग्लो र झन्डै २ सय किलोग्राम तौल भएको यो ड्रोनमा चार्ज गरिएको ब्याट्रीले २३ मिनेटको उडान भर्न सक्छ। ६२ माइल प्रतिघण्टाको गतिमा ड्रोनले उडान गर्छ। ब्याट्री फुल चार्ज गर्न २ देखि ४ घण्टासम्म लाग्छ।
drone1
यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तव्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफैँ त्यो ठाउँमा पुग्छ र अवतरण हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अवतरण गर्छ । ककपिटको पछाडि एउटा सानो ट्यांकी राखिएको छ, जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् । यसमा एअर कन्डिसन र स्क्रिन पढ्न मिल्ने हलुका प्रकाश हुन्छ । उड्ने बेलामा यात्रुले दुईवटामात्र कमान्ड दिए पुग्छ– टेक अफ र ल्यान्ड । यो पनि त्यहाँ रहेको ट्याब्लेटमा एक क्लिक गरे पुग्छ ।

भिडियाे

३०० मिटरदेखि ५०० मिटरसम्म उड्न मिल्ने गरी डिजाइन गरिएको यो ड्रोन जमिनबाट ३.५ किलोमिटर अल्टिच्युडमा पुग्न सक्छ । यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।
drone2
ड्रोन उत्पादन गर्ने चिनिया इहाङ कम्पनीले दुई वर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमूनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै सयजना मानिसले यसमा बसेर सफलतापूर्वक परीक्षण उडान गरिसकेका छन् ।

 

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...