Monday 17 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पोखरामा हेलो सरकार

(0 votes)
पोखरा-सरकारले जनगुनासो व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा पहिलोपटक पोखरामा हेलो सरकार सेवा सञ्चालनमा ल्याएको छ। जनताको गुनासा व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारितालगायतका उद्देश्य राख्दै यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्र हेलो सरकार राखिएकामा क्षेत्रीय स्तरमा पहिलोपटक पोखरामा यो सेवा सञ्चालनमा ल्याइएको हो।
nepali-patro-may
क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चल विकास क्षेत्रद्वारा अइतबार आयोजित एक कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले हेलो सरकार कक्षको उद्घाटन गरे। पोखरा–७ नुवारथोक स्थायी बसोबास भएका ठाकुरप्रसाद बरालले हेलो सरकार कक्षमा गरेको उजुरीको सुनुवाइको कार्यान्वयन प्रक्रिया अघि बढाउँदै मुख्यसचिव सुवेदीले कार्यक्रमको शुभारम्भ गरेका हुन्।

निवेदक बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी बुलौदी र फिर्केखोलामा जथाभावी रुपमा फोहर फालेका कारण फेवातालमा प्रदूषण बढेकाले नगरपालिका कार्यालयले तत्काल उक्त खोलामा फोहर फाल्ने काममा नियन्त्रण गर्न माग गरेका थिए ।

उनको मागको प्राथमिकताका साथ सुनुवाइ गर्न पोखरा उपमहानगरपालिकालाई पठाइएको छ । सो अवसरमा मुख्यसचिव सुवेदीले हेलो सरकार सर्वसाधारणलाई सरकारका तर्फबाट प्रदान गरिने सेवाको प्रभावकारिताका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे। उनले क्षेत्रस्तरमा आउने जनताका गुनासालाई तत्काल सुनुवाइ गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन पनि दिए।

उनले क्षेत्रस्तरमा बेरुजु फछ्र्यौट, पूँजीगत खर्चको प्रभावकारिता, छिटो छरितो सेवा प्रवाहमा ध्यान दिन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिए। क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले विगतमा जनताका गुनासा सुन्ने र प्रभावकारी सेवा प्रवाह गर्ने कामका लागि जिल्ला जिल्लामा दौडाहा टोली पठाउने गरेको बताउँदै पछिल्ला समयमा छिटो छरितो रुपमा गुनासाको सुनुवाइ र कार्यान्वयनका लागि हेलो सरकारको अवधारणा अघि सारिएको बताए।

हेलो सरकार कक्ष स्थापनासँगै विभिन्न गुनासा आउने क्रम सुरु भएको छ । हेलो सरकार कक्षकी कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतका अनुसार आजै कास्की समावेशी टोलबाट रामजी दाहालले 'शान्तिवनको सब्जीमण्डीको अनियमितता छानबिन गरी पाउँ' भनी उजुरी गरेकी छिन्।

सर्वसाधारणलाई गुनासो गर्न क्षेत्रीय प्रशासन कार्यालयमा रहेको टोल फ्री नम्बर ११११, फ्याक्स ११०० र टेलिफोन नं ०६१–४६४८४१ को व्यवस्था गरिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...