Tuesday 18 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मुस्लिम सईको सक्रियतामा दुर्गा मन्दिर निर्माण

(0 votes)

चितवन— उनले मान्ने धर्म इस्लाम हो। तर सक्रिय भएर दुर्गा मन्दिर निर्माण गरे। प्रहरी नायब निरीक्षक (सई) मोहम्मद लतिफ अन्सारीले पश्चिम चितवनको दिब्यनगरमा बनाएको दुर्गा मन्दिर धार्मिक सहिष्णुताको धरोहर बनेको छ। मन्दिर इलाका प्रहरी कार्यालय हाताभित्र बनेको हो । तै पनि सर्वसाधरणलाई आएर पुजा गर्न कुनै बारबन्देज छैन।

nepali-patro-may

सई अन्सारीले बौद्धधर्म मान्ने स्थानीय गोविन्दबहादुर तमाङलाई मन्दिर निर्माण समितिको संयोजक बनाएका थिए। मुस्लिम समुदायको सक्रियतामा बौदमार्गीको नेतृत्वमा हिन्दु मन्दिर बन्नु समाजका लागि निकै प्रेरणादायी काम भएको स्थानीयको प्रतिक्रिया रहेको छ।

करिब १० लाख रुपैयाँको लगानीमा मन्दिर तयार भएको हो। मध्य क्षेत्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) देवेन्द्र सुवेदीले सोमबार मन्दिरको उद्घाटन गरे। १ सय ८ दियो बालेर डिआइजी सुवेदीले मन्दिर उद्घाटन गरेका हुन्।

'एक धर्म र अर्को धर्मवीच अपासी लडाइ चलिरहँदा हामी कहाँ भने धार्मिक सहिष्णुताको अनुभुति हुने काम भएको छ, कार्यक्रमका प्रमुख अतिथि डिआइजी सुवेदीले भने,'नेपालमा मात्रै होइन विश्वमै यो एउटा उदाहरणीय काम हुन सक्छ।' विभिन्न जातजाति र धर्मवीच द्वन्द्व चलिरहेको अवस्थामा धार्मिक र जातीय सहिष्णुता कायम राख्न यो काम प्रशंसनीय छ।

धार्मिक एकताका साथै प्रहरी नागरिकवीचको सहकार्यको नमूना काम भएको उनले बताए । नागरिक र प्रहरी मिलेर सहकार्य गरेको खण्डमा जस्तासुकै अप्ठेरा कामहरु पनि सहज हुने र समाजमा शान्ति कायम राख्न दुइ निकायवीचको सहकार्य जरुरी रहेको डिआइजी सुवेदीले बताए ।
temple

दुर्गा मन्दिर

मुस्लिमको सक्रियता, तामाङको नेतृत्वमा मन्दिर बन्नु निकै अनौठो काम भएपनि यसले समाजमा सकारात्मक सन्देश लैजाने चितवन प्रहरी प्रमुख एसपी बसन्तुबहादुर कुँवरले विश्वास व्यक्त गरे । देशमा सामाजिक सद्भावको अभाव हुँदा धार्मिक एकता कायम गर्न मन्दिर निर्माण कार्यले ठूलो योगदान दिने एसपी कुँवरले बताए ।

इप्रका दिव्यनगर चौकीका प्रमुख सई मोहम्मद लतिफ अन्सारीले नेपालमा मात्र नभइ विश्वभरि नै धार्मिक सहिष्णुताको सन्देश फैलाउनको लागि नमूना काम गरिएको जानकारी दिए । मन्दिर निर्माणका लागि दिव्यनगर क्षेत्रका स्थानीयसँग सहकार्य गरि चार महिनाको अवधिमा निर्माण पूरा गरिएको उनले बताए ।

'मुस्लिम भएर हिन्दूको मन्दिर बनाएको भनी धेरै प्रश्न र सोधपुछ पनि भए, सइ अन्सारीले भने,'तर यो काम समाजको हितमा भएकाले गरेको हुँ । सामाजिक सद्भाव कायम राख्न अव एकले अर्कोलाई सम्मान गर्नु जरुरी छ ।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...