Tuesday 26 Magh, 2072 |
Menu

खेल

istl

आर्सनल स्तब्ध

(0 votes)
आर्सनल स्तब्ध
लन्डन– आर्सनलले घरेलु मैदानमा लन्डन प्रतिद्वन्द्वी चेल्सीसँग १–० को हार बेहोरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। फ्रान्सेस्को गुइडोलिनलाई नयाँ प्रशिक्षकमा पाएको स्वान्सी सिटीले एभर्टनलाई २–१ ले पराजित गरेपछि वेल्स क्लब रेलिगेसन क्षेत्रभन्दा ४ अंकले माथि छ ।
nepalipatro-nagarik
इमिरेट्स रंगशालामा रक्षक पेर मार्टेसकेरले १८ औं मिनेटमा रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटियो । चेल्सीका फरवार्ड डिएगो कोस्टालाई फाउल गर्दा मार्टेसकेर घरेलु टोलीका अन्तिम रक्षक भएकाले रेफ्री मार्क क्लेटनबर्गले उनलाई सिधै रातो कार्ड देखाएका हुन् ।

त्यसको चार मिनेटपछि ब्रानिस्लभ इभानोभिचको पास सदुपयोग गर्दै कोस्टाले भ्रमणकारी टोलीलाई अग्रता दिएका थिए ।

हारपछि शीर्ष टोली लिचेस्टर सिटीभन्दा ३ अंक कम रहेको आर्सनल तेस्रो स्थानमा झरेको छ भने चेल्सी १३ औं स्थानमा उक्लिएको छ । २३ औं चरण सकिँदा लिचेस्टरको ४७ अंक छ भने आर्सनलसँग समान ४४ अंक रहेको म्यानचेस्टर सिटी दोस्रोमा छ । चेल्सीसँग २८ अंक छ ।

जारी सिजन खराब लयबाट गुज्रिए पनि चेल्सीले लिगमा आर्सनलविरुद्धको अपराजित यात्रा ९ खेलसम्म लम्ब्याएको छ ।

'लिगमा माथि उक्लन आजको ३ अंक निकै महŒवपूर्ण छ,' चेल्सीका कप्तान जोन टेरीले भने, 'मानसिक रूपमा हामी बलियो भएका छौं । उनीहरूले सुरुमै रातो कार्डसामना गरेकाले रक्षात्मक बन्नुप¥यो । हामीले दबाब सिर्जना ग¥यौं र गोल गर्न सफल भयौं । यो जितबाट धेरै खुुसी छौं ।'

'सबैसँग दुइपटक खेल्नुपर्छ र जसले जसलाई पनि हराउने क्षमता राख्छ । यो निकै कठिन लिग हो,' चेल्सीका सेन्टर ब्याक टेरीले थपे, 'हामीले आजको प्रदर्शन जारी राख्ने हो भने शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । यद्यपि हामी अझै संघर्ष गर्दैछौं ।'

सिजन सुरु हुनुअघि चेल्सीबाट आर्सनल अनुबन्ध गोलकिपर पिटर चेकले घरेलु टोलीलाई भाग्यले साथ नदिएको प्रतिक्रिया दिए ।

'६० मिनेटसम्म हामी बलियो टोलीका रूपमा खेल्यौं र उत्कृष्ट प्रदर्शन ग¥यौं । हामीलाई भाग्यले साथ नदिएकाले गोल हुन सकेन,' रातो कार्डबारे चेकले भने, 'रातो कार्डको निर्णय रेफ्रीले गर्ने हो उनीहरूले राम्रोसँग नियालिरहेका हुन्छन् । यदि उनको फाउल नै थियो भने रेफ्रीको निर्णय सही हो किनकि मार्टेसकेर टोलीका अन्तिम रक्षक थिए ।'

गुडिसन पार्कमा कडा मिहिनेत गर्दै इटालियन प्रशिक्षक गुइडोलिनले स्वान्सीलाई जित दिलाउन सफल भए । गेल्फी सिगुर्डसनको पेनाल्टी गोलबाट स्वान्सीले १७ औं मिनेटमा अग्रता लियो । तर, त्यसको नौ मिनेटपछि नै गारेथ बेर्रीको प्रहार रोक्ने प्रयासमा स्वान्सीका ज्याक कोर्कले आफ्नै पोस्टमा गोल गर्दा घरेलु टोलीले एभर्टनले बराबरी गरेको थियो । तर, ३४ औं मिनेटमा स्वान्सीले पुनः अग्रता लियो । रक्षक नेल क्लियर गर्नेक्रममा दिएको पास आन्द्रे आयुले सदुपयोग गर्दै गरेको प्रहार विपक्षी रक्षक जोन स्टोनले क्लियर गर्ने प्रयास गरे पनि उनको खुट्टामा लागेर बलले पोस्टको दिशा लिएको थियो ।

लगातार हार बेहोरेको स्वान्सीको यो लगातार दोस्रो जित हो । टोलीले यसअघि वाट्फोर्डलाई १–० ले पराजित गरेको थियो ।

'दुई खेलमा ६ अंक जोड्नु निकै महŒवपूर्ण हो । किनकि अंकतालिकामा हाम्रो स्थान निकै नाजुक थियो,' गुइडोलिनले भने, 'आशा गरांै हामी लिगमा माथि उक्लने छौं । पहिलो पटकमै प्रिमियर लिगका खेलहरू जित्दा म निकै खुसी छु । प्रिमियर लिग मेरो लक्ष्य थियो तर यसरी सफलता मिल्छ भन्ने सोचेको थिइनँ ।'

एभर्टनका प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो हाफमै दुई परिवर्तन गरेका थिए । मुहमेद बेसिक र केभिन मिरालस चोटका कारण बाहिरिए । दुवैले बुधबार लिग कपको सेमिफाइलनअन्र्तगत म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने छन् ।

'हाम्रो प्रदर्शन निकै सुस्त थियो । तर, दुई परिवर्तनले खेलको लय परिवर्तन गरिदियो,' स्वान्सीका समेत प्रशिक्षक रहेका मार्टिनेजले भने, 'खेलमा हामीले गोलका थुप्रै अवसर सिर्जना गरेका थियौं । तर, हाम्रो प्रदर्शन निकै कमजोर थियो ।'

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...