18 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

नक्कली लाइसेन्स सक्कली होलोग्राम

(0 votes)
नक्कली लाइसेन्स सक्कली होलोग्राम
काठमाडौं-वैदेशिक रोजगारीमा जानेलाई नक्कली सवारीचालक अनुमतिपत्र बिक्री गर्दै आएको एक समूहलाई प्रहरीले सक्कली होलोग्रामसहित पक्रेको छ । वैदेशिक रोजगार व्यवसायीको कार्यालयमा गएर विदेश जाने तयारीमा रहेका लाइसेन्सविहीनलाई ५ हजारसम्म लिएर नक्कली लाइसेन्स बिक्री गर्न संलग्न देखिएका ३ जना र नक्कली लाइसेन्स लिने एक जनालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्रेको हो ।


nepalipatr-april
वृत्त प्रमुख कृष्ष्णबहादुर पल्लीमगरका अनुसार नक्कली सवारी चालक अनुमति पत्र बनाएको अभियोगमा लालबहादुर तामाङ, साजन न्यौपाने र जितेन्द्र खड्का र नक्कली अनुमति पत्र बनाएको अभियोगमा सूर्य कोइरालालाई पक्राउ गरी सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानमा सुरु भएको छ ।

प्रहरीले प्रारम्भमा खड्कालाई पक्रेको थियो । खड्काले न्यौपानेलाई पोलेपछि उनीसमेत पक्राउ परे । उनले कार्ड बागबजारमा रहेको बुद्ध प्रिन्टिङ प्रेसबाट ल्याउने गरेको खुलाएपछि प्रहरीले तामाङलाई पक्रेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २ सय ५० वटा सवारी चालक अनुमति पत्रको खाली कार्ड, ७५ वटा होलोग्राम, सूर्य घले, सूर्य कोइराल, सीताराम थिङ र रामबहादुर मगरको नामको लाइसेन्स तथा यातायात व्यवस्था कार्यालयको विभिन्न छाप फेला परेको छ । अनुसन्धानमा कार्ड पक्राउ परेका तामाङले आफ्नै प्रिन्टिङ प्रेस बुद्ध स्क्रिन प्रिन्टमा छाप्ने गरेको खुलेको र होलोग्राम सक्कली देखिएको प्रहरीले जानकारी दिएको छ ।

'कार्ड उनीहरुले आफैं छाप्ने गरेको खुल्यो, होलोग्राम सक्कलीझैं देखियो,' डिएसपी पल्ली मगरले भने, 'कार्ड उनीहरुले नै छापेको देखियो । होलोग्रामबारे थप अनुसन्धानका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने तयारीमा छौं ।'

७ सयमा किनेर ५ हजारमा बिक्री

प्रहरीका अनुसार पक्राउ परेका तीन जना नक्कली लाइसेन्स बनाउने तीन तहका व्यक्ति हुन् । तामाङले कार्ड र होलोग्राम दिने, साजनले खाली कार्डमा सहजै लाइसेन्सको खोजीमा रहेकाको विवरण भरेर होलोग्राम टाँसिदिने र खड्का तयारी कार्ड बिक्री गर्न सक्रिय देखिएको डिएसपी पल्ली मगरले जानकारी दिए ।

उनका अनुसार तामाङले होलोग्राम र कार्ड ७ सयमा बिक्री गर्ने गरेका थिए । त्यसमा आवश्यक विवरण भरेपछि न्यौपानेले खड्कालाई एक हजार पाँच सयमा बिक्री गर्ने गरेका थिए । म्यानपावर कम्पनीको कार्यालयमा गएर विदेश जाने तयारीमा रहेकालाई सहजै लाइसेन्स दिलाइदिने भन्दै खड्काले सोही लाइसेन्स ३ हजारदेखि ५ हजारसम्ममा बेच्ने गरेको बयानमा सकारेको पल्ली मगरले जानकारी दिए ।

'सहजै लाइसेन्सको खोजीमा रहेकाहरु जति तह माथिको व्यक्तिको सम्पर्कमा पुगे, लाइसेन्सको दर त्यत्ति महँगो हुने गरेको देखियो,' उनले भने, 'सो समूहमा अरु पनि छन् कि भनेर अहिले हामी खोजीमा छौं ।'

चोरीको मोबाइलबाट सुराकी

ठमेलमा सुशान्त तामाङ र साजन तामाङ झगडा गरेको अवस्थामा दरबारमार्ग वृत्तले पक्राउ गरेर केरकार गर्दा झगडाको कारण चोरीको पर्स भएको खुल्यो । यी दुवैको साथमा रहेको पर्स नै जाली लाइसेन्स बनाउने समूहसम्म पुग्ने मुख्य सुराकी भयो ।

डिएसपी पल्ली मगरका अनुसार यी दुवैले पर्ससँगै मोबाइलसमेत चोरेका थिए । पर्समा रहेको पैसा दामासाहीले बाँड्ने विषयमा कुरा नमिल्दा दुवैबीच झगडा भएको थियो । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर मोबाइल र पर्स आफूसँग राख्यो । पर्समा त्यसका धनीबारे केही जानकारी छ कि भनेर खोल्दा प्रहरीले एकै व्यक्तिको तस्बिर टाँसेको सूर्य कोइराला र सूर्य घलेको नामको २ वटा लाइसेन्स फेला पार्यो । दुवैमा ए वर्गको मोटरसाइकल, स्कुटर र मोपेड चलाउन पाउने अनुमति थियो ।

मोबाइल अन गरेलगत्तै त्यसमा फोन आएपछि प्रहरीले मोबाइल आफ्नो भएको दाबी गर्ने सूर्य कोइरालालाई दरबारमार्ग वृत्तमा बोलायो । सूर्य घले र सूर्य कोइरालाको नाममा रहेको २ वटा लाइसेन्सबारे सोधपुछ गर्दा उनले आफू वैदेशिक रोजगारीमा जान लागेको र त्यसैको प्रयोजनका लागि लाइसेन्स बनाएको खुलाएपछि प्रहरी तामाङ, खड्का र न्यौपानेसम्म पुगेको थियो । डिएसपी पल्ली मगरका अनुसार बयानमा कोइरालाले घले थरमा नेपालमै चलाउन लाइसेन्स लिएको र विदेश जान कोइरालाको थरमा अर्को लाइसेन्स निकालेको बयान दिएका छन् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...