Thursday 13 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मोटरसाइकल चोरी गर्ने थप ७ जना पक्राउ

(0 votes)
इटहरी– पूर्वका मुख्य शहरमा मोटरसाइकल हराउने क्रम बढेसँगै चोरी गर्ने गिरोहमा संलग्न भएको आरोपमा इटहरी प्रहरीले थप सात जनालाई बुधबार पक्राउ गरेको छ।
nepali-patro-may
प्रहरीले सुनसरी भोक्राहाका इर्फान अनसारी, इटहरीका दिपेन थापामगर, समीर अनसारी, विराटनगरका किरण मगर, अनिष श्रेष्ठ, चन्दन शर्मा र सन्जय दासलाई पक्राउ गरेको हो । पक्राउ पर्ने १८ वर्षदेखि २८ बर्ष उमेर समूहका छन् । पक्राउ पर्नेबाट चोरी भएका चारवटा मोटरसाइकल पनि प्रहरीले फेला पारेको छ।

मंगलबार दिउँसो इटहरीकै हिमालय वैक अगाडि पार्किङ् गरी राखेको बैकका कर्मचारी अनिकेत भुजेलको बा ६४ प ४५९२ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदा मुख्य नाइके भोक्राहाका इर्फान अनसारी पक्राउ परेपछि उनकै बयानका आधारमा अन्य छ जना पक्राउ परेको इटहरीका डिएसपी ओम अधिकारीले बताए । इर्फान केही समयअघि इटहरीकै तरहराको वर्कसपमा काम गर्ने गरेको र त्यहाँ झगडा भएपछि घर फर्केर चोरी गर्ने धन्दामा लागेको खुलेको छ।

उनका अनुसार पछिल्लो समय इटहरीबाट पार्किङ् गरेका मोटरसाइकल चोरी गर्ने क्रम बढेपछि इटहरीको मुख्य चोक क्षेत्रमा सादा पोशाकका प्रहरीको टोली परिचालन गर्ने गरिएको छ। सादा पोशामै परिचालन गरिएका प्रहरीको निगरानीबाट एकै दिन सात जना पक्राउ परेको अधिकारीले बताए । प्रहरीले साइक चोरी गर्ने सुनसरी रामधुनी भासीका हरि शर्मा र सोही ठाउँका अमिन खानलाई पनि पक्राउ गरि मुद्दा चलाएको छ। दुई साताअघि पनि इटहरी प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहमा संलग्न आठ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ।

इटहरीसँगै पूर्वका धरान, इनरुवा, उर्लाबारी, दमकलगायतका स्थानमा पछिल्लो समय मोटरसाइकल चोरी गर्न संगठीत गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चोरी गर्ने समूहले तत्काल फरक कलर प्रयोग गरि पेन्टिङ् गर्ने गरेको र ग्रामीण क्षेत्रमा सस्तो मूल्यमा विक्री गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...