15 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'थला' पर्याे जिल्ला अस्पताल

(0 votes)
'थला' पर्याे जिल्ला अस्पताल
वीरगन्ज–भौतिक पूर्वाधारको हिसाबले सुविधासम्पन्न र भव्य पर्साको पोखरिया नगरपालिकास्थित जिल्ला अस्पतालमा सेवा दिने कर्मचारी नभएर थाला परेको छ।
nepali-patro-may

'अस्पताल अलपत्र छ, करोडौंको लगानीमा बनेको अस्पताल अगाडिबाट बिरामी लिएर वीरगन्ज पुग्नु पर्छ,' अस्पताल प्रागंगणमा बुधबार भेंटिएका पोखरिया –२ का राधेप्रसाद चौहानले भने, 'एउटा औषधि बताइ दिने कोही भेंटिदैन्।'

धेरै जसो वार्डमा उसै पनि सुरुदेखि नै ताला झुण्डिएको अस्पतालमा सुचारु रहेको एउटा प्रसुति सेवा पनि बुधबारदेखि बन्द भएको छ। स्वास्थ्कर्मीहरु नपुग्ने समस्या सुदुरपश्चिम र दुर्गम क्षेत्रमा मात्र होइन, सुगम मानिने पर्सा जिल्लामै देखिएको छ। सदरमुकाम वीरगन्जबाट १६ किलोमिटरको दूरीमा रहेको पोखरिया, ग्रामिण भेगमा गत वर्ष घोषणा गरिएको नगरपालिका हो। प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तोरन्नती गरेर चार वर्ष अगाडि जिल्ला अस्पताल बनाइएको थियो।

२ करोड ५० लाख ८८ हजार बजेटमा बनेको अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले पुस २०६९ मा उद्घाटन गरेका थिए। १५ शैयाको अस्पतालमा एक दिनपनि सबै वाड संचालनमा आएका छैनन्।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयलले जनशक्ति नपठाइ पोखरिया अस्पतामा कार्यरत ६ जना स्टाफ नर्स, ३ जना अनमिको एकतर्फी र एकैचोटी सरुवा गरेपछि ३ हप्तादेखि अस्पतालमा एक जना अनमीको भरमा 'बर्थिङ सेन्टर' चलेको थियो। अनमी दिपीका सिंह पनि बुसधबारदेखि प्रसुति बिदामा बसेपछि यो अस्तालमा 'बर्थिङ सेन्टर' बन्द भएको अस्पतालका मेडकल सुपरिटेन्डेन्ट रोशन चौरसियाले बताए।

पोखरिया अस्पतालको 'बर्थिङ सेन्टर'मा मासिक ४० देखि ५० वटासम्म प्रसुति हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको रेकर्ड छ। समय नपुगी नै स्वास्थ्य बिभागको क्षेत्रीय निर्देशनालयले एकतर्फी सरुवा गरिदिएर समस्या आएको पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत अरुणकुमार महतो बताउँछन्। 'अस्पताललेपनि अर्कोे जनशक्ति आएपछि मात्र रवाना नदिनु पर्ने थियो,' महतोले भने, 'पोखरिया अस्पताल स्वतन्त्र भएपछि जनस्वास्थ्य कार्यालयलाई टेर्न छोडेको छ।'

माथिल्लो तहको नियन्त्रण क्षेत्रीय निर्देशनालयलमा सरेपछि अस्पतालमा बेथिती बढेको चौहानले बताए। यसै अस्पतालमा जन्मेको शिशुले दुध खान छोडेपछि परामर्श लिन सिबर्वाबाट आएकी रम्भादेवीको समस्या सुन्ने कोही नभेंटिएपछि उनी निराश भएर फर्किन् ।

त्यसतै अस्पतालमा लागातार एक महिनादेखि निशुल्क पाउनुपर्ने औषधि नपाएको स्थानीयको गुनासो छ। मेडिकल सुपरिटेन्डेन्ट चौरसियाले केही दिन समस्या भए पनि अब अस्पतालमा औषधि आइसकेको बताए। पोखरिया अस्पतालमा आर्थिक वर्ष २०७२/०७३ मा ६३ लाख ८९ हजार रुपैयाँको बजेट छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...