Thursday 13 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मनाङ फाइनलमा, आर्मीसँग भिड्ने

(0 votes)
मनाङ फाइनलमा, आर्मीसँग भिड्ने
पोखरा- लक्ष्मी हुन्डाइ मनाङमर्स्याङ्दी क्लब बिहीबारझापा–११ लाई हराउँदै १४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। पोखरा रंगशालामा पूर्व च्याम्पियन मनाङलेरमपम झापाविरुद्ध ४–० को फराकिलो नतिजा निकालेको थियो।मनाङले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
nepali-patro-may
मनाङको जितमा अफ्रिकन खेलाडीओलावाले ओलाडिपोले ह्याटि्रक पूरा गरेका गरे। अर्काे एकमा गोल सुजल श्रेष्ठले नाम लेखाए।१६ औं मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। विश्वास श्रेष्ठले डी एरियाबाट दिएको पास सेकेन्ड बार नजिकै रहेका ओलावालेले हेड गर्दै गोल गरे।

मनाङले मध्यान्तरपछि तीनगोलथप्यो। ७१ औं मिनेटमा ओलावालेले नै दोस्रो गोल गरे। झापाका गोलरक्षक किशोर गिरी बिट भएपछि खालि पोस्टमा ओलावालेले प्रहार गरेको प्रहारझापाका हेम गुरुङले क्लियर गर्न खोजेपनि सकेनन्। त्यसको चारमिनेटपछि सुजलले अनिल गुरुङको छोटो पासमा डी बक्सभित्रबाट गोल गरेका थिए।६ मिनेटको इन्जुरी समयमा मनाङले चौथो गोल गर्दै खेल एकपक्षीय बनायो। सुजलको मिलाइदिएको पासमा ओलावालेले ह्याटि्रक पूरा गरेका थिए। ओलावाले म्यान अफ दी म्याच भए।

सुरुदेखि नै झापाले दबाबमा खेल्नुपरेको थियो। पाएका सीमित अवसर उपयोग गर्न नसक्दा टोली सेमिफाइनलमा गोलविहीन हुन पुग्यो। चौथो मिनेटमै गणेश खड्काले हानेको सशक्त प्रहार यसै सिजन मनाङमा आबद्धगोलरक्षक किरण चेम्जोङले उत्कृष्ट ढंगले बचाए।६७ औं मिनेटमा नरेन्द्रमणि लिम्बु पनि गोल गर्नबाट चुके। उनले करिब २५ यार्डबाट हानेको प्रहार गोलरक्षक चेम्जोङले विफल पारे।

पोखरेली दर्शकले झापाबाट विजय अपेक्षा गरेपनि आफ्ना खेलाडीले सोचेअनुसार खेल्न नसकेको भन्दै प्रशिक्षक भगिरथ आलेले असन्तुष्टि जनाए। 'अपेक्षाअनुसार खेलाडीले परिणाम दिन सकेकन्। पहिलो गोल खाँदैमा हार थिएन। तर, खेलाडीबीच पटक्कै संयोजन भएन,'आलेले भने, 'खेलाडीले मिहिनेत नै गरेनन्। उनीहरूमा सिरियसपन नै देखिएन। एक गोलले पछाडि परेपछि अरु मिहिनेत गर्नुपर्ने हो। तर, गरेनन्।'

मनाङका विश्वास श्रेष्ठले १४ औं मिनेटमा अवसर चुकाए। उनले डी एरियाभित्रबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा अग्रता लिने समय गुज्रेको थियो।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीको मिहिनेतले सफलता पाएको बताए। 'कतिपय खेलाडी पहिलोपटकयो टिममा रहेर खेलेका हुन्। एकै टिममा रहेर नखेलेको भएपनि उनीहरू सेट भए। राम्रो खेले। त्यही अनुरुप नतिजा आयो,' उनले भने।

उनका अनुसार अघिल्लो खेलमा भन्दा टोलीमातीननयाँ खेलाडी थपिएको थियो। नवीन न्यौपाने, तेज तामाङ र सुनील बिक थपिएका हुन्।

पहिलो रोजाइका खेलाडीहरूएन्फाले रोकेपछि मनाङले खेलाडी अभाव झेल्दै आएको थियो।'टिममा राम्रा खेलाडीको अभाव थियो। तर, खेलेका खेलाडीले मिहिनेत गरेकाले विजयी भयौं,' लोप्साङले भने, 'एन्फाले मनाङलाई जति कमजोर बनाउन खोज्दैछ, हामी उत्ति नै बलियो हुँदै गएका छौं।'

राष्ट्रिय टोलीका खेलाडीलाई खेल्न नदिएको भन्दै मनाङले यसअघिदेखि नै आक्रोश पोख्दै आएको छ।

उपाधि रक्षाका लागि आर्मीसँगको खेल प्रतिस्पर्धात्मक हुने उनले बताए। 'आर्मीसँगको खेल टेक्निकल हुनेछ। आर्मी फिजिकल खेल्छ, हामी टेक्निकल खेल्नेछौं,' उनले भने। फाइनल शनिबार हुनेछ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...