Monday 25 Magh, 2072 |
Menu

खेल

istl

कांग्रेस अधिवेशनमा कोइराला र देउवा पक्षबीच झडप, दुई प्रहरी घाइते

  • शुक्रबार १५ माघ, २०७२
  • रोहित राई
  • DISQUS_COMMENTS
(0 votes)
धरान-नेपाली कांग्रेसको धरान उपमहानगरपालीका अधिवेशनको क्रममा संस्थापन र देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ। झडप छुट्याउने क्रममा खुकुरी र ढुंगा प्रहारबाट दुई प्रहरी घाइते भएका छन्।


nepalipatro-nagarik
वडा नम्बर १७ को मतदान केन्द्रस्थल उदय सामुदायीक वनको हलमा कांग्रेस गुटबीच झडप भएको हो। झडप छुट्याउन गएका प्रहरी हबल्दार जीतबहादुर बराईलीको दाहिने तीघ्रामा खुकुरीले काटेर घाइते भएका छन् भने अर्का जवान सुरजकुमार साहलाई छाती र तीघ्रामा ढुंगाले लागेर घाइते छन्। दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

धरानमा संस्थापन पक्षबाट तिलक राई र नेता शेरबहादुर देउवा पक्षबाट सभापतिमा किशोर राईले उम्मेद्वारी दिएका थिए। वडाको मतदान भइरहँदा किशोर पक्षका अजय राईको नेतृत्वमा गएका युवाहरु र तिलक पक्षका तरुण दलका क्षेत्रीय उपसभापति सन्तोष बिक, सेते राईलगायत समुहबीच झगड भएको हो। अजय राई केही समय अघि संघीय समाजवादी फोरम छाडेर पुनः कांग्रेसमा प्रवेश गरेका हुन्। भनाभन हुदै गर्दा हात हालाहाल भएपछि दुबैतर्फका कार्यकर्ताहरुले खुकुरी, ढुङ्गा, इटालगायतले एकअर्कामाथि आक्रमण सुरु गरेको प्रत्यक्षदर्शीहरुले बताए । ढुगा हानाहान भएपछि मतदाता सदस्यहरुबीच भागदौड मच्चिएको थियो। घटनापछि रोकिएको मतदान प्रक्रिया केहीसमय पछि पुनः सुचारु भएको थियो।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...