Monday 20 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

आदर्शलाई क्रिकेट उपाधि

  • बुधबार ५ फागुन, २०७२
  • राजेन्द्र भट्ट
  • Be the first to comment!
(0 votes)
महेन्द्रनगर–आदर्श उच्च माविले महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय (एफयुु) ट्वान्टी–२० क्रिकेट कपको उपाधि जितेको छ।
nepalipatr-april
आयोजक एफयुलाई मंगलबार सम्पन्न फाइनलमा ३५ रनले हराउँदै आदर्श च्याम्पियन बनेको हो । कप्तान दिनेशको आक्रामक व्याटिङ र सनम धामीको कसिलो बलिङ गरेपछि आदर्शको जित सम्भव भएको हो । टस जितेर ब्याटिङ गरेको आदर्शले ८ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल तयार पा¥यो । कप्तान दिनेशले ४४ बलमा ४९ रनको आक्रामक पारी खेले । यस्तै महेश धामीले १२ बलमा १८ र किरण ठकुन्नाले १८ बलमा १६ रन जोडे । एफयुका अशोक नाथले ४ ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको एफयु सनम धामीको कसिलो बलिङसामु टिक्न सकेनन् । सनमले चार ओभरमा १८ रन खर्चेर चार विकेट लिएपछि आदर्शको जित पक्का भएको हो । एफयुका रितेश चन्दले १८, सुशील भट्ट र अशोक नाथले समान १६ रन जोडे ।

एपाधि बिजेताले एक लाख ११ हजार एक सय रूपैयाँ र उपबिजेताले ५५ हजार पाँच सय ५५ रूपैयाँ पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकाय विद्यार्थी कल्याण कोषको आयोजनामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...