'जनमुक्ति सेना'विरुद्ध १४ सेकेन्ड मै गोल

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपालको खेल इतिहास मै छिटो गोल-
काठमाडौँ, पुस १६ (नागरिक)- दशरथ रंगशालामा भइरहेको ब्रिटिस गोर्खा कप फुटबल अन्तर्गत अहिले भइरहेको खेलमा नेपालको खेल इतिहास मै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम भएको छ। माओवादी 'जनमुक्ति सेना'को पीएलए स्पोर्टस क्लबविरुद्ध मच्छिन्द्र क्लबका मणि पण्डितले खेल सुरु भएको १४ सेकेन्ड मै गोल गरेका हुन्। रंगशालामा उपस्थित सञ्चारकर्मीहरुले १६ सेकेन्डमा गोल भएको सुरुमा जनाए पनि खेल आयोजक एन्फाले  गोल भएको आधिकारिक समय १४ सेकेन्ड भएको जनाएको छ।  

पीएलए स्पोर्टस क्लब पहिलो पटक 'ए' डिभिजनको नक आउट फुटबल प्रतियोगितामा सहभागी भएको टिम हो।

पीएलए स्पोर्ट्स क्लबले खेल्ने भएपछि नेपाली सेनाको आर्मी क्लबले आन्तरिक व्यस्तताको बहानामा यस प्रतियोगिताबाट हात झिकेको थियो।

सबैभन्दा बढी पुरस्कार राशी भएको यस फुटबल प्रतियोगितामा समूह बीबाट  आरसीटी र थ्री स्टार क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। एन्फाको आयोजना र ब्रिटिस गोर्खा ग्रुपको प्रायोजनमा भइरहेको प्रतियोगितामा 'ए' डिभिजनका ११ क्लबसहित १६ टोली सहभागी छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल