Monday 16 Chaitra, 2071 |
Menu

खेल

HUB

१६ वर्षपछि झुल्किए पहिलो ओलम्पियन बक्सर

  • बुधबार १ जेष्ठ, २०७०
  • कमल खत्री
  • DISQUS_COMMENTS
(0 votes)
१६ वर्षपछि झुल्किए पहिलो ओलम्पियन बक्सर
काठमाडौं - नेपालबाट ओलम्पिकमा पहिलोपल्ट सहभागिता जनाउनेमध्येका एक रामप्रसाद गुरुङले मंगलबार १६ वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा पाइला टेके। प्रथम ओलम्पियन बक्सर गुरुङ धेरै वर्ष खेलकुदबाट टाढा थिए।
उनीमात्र होइनन्, पहिलोपल्ट ओलम्पिकमा देशका लागि खेल्ने उनका साथीहरूबारे पनि नेपाल सरकारले खासै चासो दिएन। बीचमा दुई वर्ष प्रथम ओलम्पिन भएवापत राखेपले भत्ता उपलब्ध गराउनुबाहेक नेपाली खेल प्रशासनसँग उनको कुनै सम्बन्ध रहेन। स्वयम् उनीहरू पनि खेलकुदसँग नजिक रहिरहन सकेनन्। मंगलबार भने नेपाल बक्सिङ संघले प्रथम ओलम्पियनको नातामा गरेको सम्मान थाप्न उनी राखेप परिसर आइपुगेका हुन्। 
सन् १९६४ को टोकियो ओलम्पिक नेपालका लागि ऐतिहासिक थियो। त्यही संस्करणबाट नेपालले विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा सहभागिता यात्रा थालेको हो। पाँच दशकअघि देशले पहिलोपल्ट सहभागिता जनाउँदाका ६ खेलाडीमध्ये एक थिए, बक्सर रामप्रसाद गुरुङ। 
लामो समय गुमनाम भए पनि मंगलबार राखेपमा संघबाट सम्मानित हुँदा गुरुङले त्यसलाई जीवनकै सबैभन्दा खुसी पाएको दिनमा वर्णन गरे। 'खेलाडीका लागि राष्ट्रको झन्डा बोक्न पाउनु गौरवको विषय हुन्छ, टोकियो ओलम्पिकमा नेपालको झन्डा उचाल्न पाउँदा मलाई गौरव महसुस भएको थियो,' उनले भावना साटे, 'आज ५० वर्षअघि खेलेको सम्झेर संघले सम्मान गर्दा त्यत्तिकै खुसी लागेको छ। संघलाई धन्यवाद।' 
बेलायती सेनामा रहँदा नेपालका लागि टोकियो ओलम्पिक खेलेका गुरुङले सम्मानित भएपछि नेपाली खेलकुदको विकासमा केही गर्ने अठोट लिए। 
टोकियो ओलम्पिकमा गंगाबहादुर थापा र भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए। भीमबहादुर गुरुङ, ओमप्रसाद पुन, नामसिंह गुरुङ र रामप्रसाद गुरुङले बक्सिङमा सहभागिता जनाए। यीमध्ये ओमप्रसादको निधन भैसकेको छ भने भीमबहादुर सम्पर्कविहीन छन्। हङकङमा बस्दै आएका नामसिंहलाई भने वैशाखको पूर्वार्द्धमा नेपाल आएको मौका छोपी संघले सम्मान गरेको थियो। रामप्रसाद पनि नामसिंहमार्फत नै संघको सम्पर्कमा आएका हुन्। 
ओलम्पिकका लागि म्याराथनका दुई धावक नेपालबाट छनोट भएर जापान गएका थिए भने बेलायती सेनाका लागि हङकङमा कार्यरत बाँकी चार बक्सर उतैबाट प्रतियोगितास्थल पुगेका थिए। 
ओलम्पिकमा हङकङको प्रतिनिधित्व गर्न नमिल्ने भएकाले बेलायती सेनाकै पहलमा नेपाली चार बक्सरले सहभागिता अवसर पाएका थिए। जसका कारण टोकियो ओलम्पिक सकिएपछि उनीहरू पुनः बेलायती सेनाको क्याम्पमा फर्किए। त्यसैले नेपाली खेलकुदसँग उनीहरूको भावनात्मक सम्बन्ध गाँसिनै पाएन। बेलायती सेनाको जागिरबाट अवकाश पाएपछि नेपाल फर्किए पनि गुरुङलाई खेलकुदसँगको छोटो सम्बन्धलाई नवीकरण गर्न माहोल मिलेन। 
नेपाली खेल प्रशासनले पनि खासै चासो दिएन। गुरुङको धमिलो स्मरणअनुसार उनले बीचमा दुई वर्ष प्रथम ओलम्पियन भएवापत राखेपबाट भत्ता पाए, तर भत्ता पाएको वर्ष उनलाई याद छैन। बैंकमै गएर नियमित मासिक १ हजार ५ सयको हाराहारीमा भत्ता लिने गरेका उनलाई एक दिन बैंकले अब पाउनुहुन्न भनेपछि जानै छोडेको मात्र सम्झना छ। त्यसबाहेक टोकियोको सहभागितापछि चार बक्सरलाई राखेपले कुनै चासो दिएको उनलाई याद छैन। उनले भने, 'नेपाल सरकारको भत्ता पाउनु गर्वको विषय हो। मैले त्यो रकम बक्सिङको विकासमा खर्च गर्ने योजना बनाएको थिएँ।' 
गत वर्ष लन्डन ओलम्पिक हेरेर फर्किएपछि प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवालको निधन भयो। सञ्चारमाध्यममा नेपाली खेलकुदको पहिलो पुस्ताको अन्त्य भन्ने आसयमा समाचार आएपछि गुरुङले सञ्चारमाध्यमबाटै आफू जीवित रहेको सन्देश दिए। तथापि उनी संघ वा अन्य खेल प्रशासनको सम्पर्कमा भने पुगिसकेका थिएनन्। त्यतिखेर उनी हङकङमै थिए।
स्याङ्जा दरुनमा जन्मिएका गुरुङ सन् १९५९ मा बेलायती सेनामा भर्ती भए। बेलायती सेनामा हरेक वर्ष ब्वाइज च्याम्पियन घोषित हुने एकको तस्बिर ब्यारेक कार्यालयमा टाँस्ने गरिन्थ्यो। सेनाको जागिर खाएर पहिलो पटक मलेसियाको पेनाङ पुग्दा आँखा ब्वाइज च्याम्पियनको तस्बिरमा परेपछि आफूले पनि च्याम्पियन बन्ने अठोट लिएको उनी सम्झन्छन्। सबै खेलमा गरेको प्रदर्शनका आधारमा प्राप्त अंक जोडेपछि सबैभन्दा बढी अंक ल्याउनेलाई ब्वाइज च्याम्पियन घोषणा गरिने चलन थियो। सैनिक जीवनमा सबै खेलमा पोख्त गुरुङले अठोटअनुरुप ब्वाइज च्याम्पियन भएर तस्बिर ब्यारेकमा टाँस्न सफल भए। 
१९ वर्षको उमेरमा ओलम्पिक खेलेका गुरुङको टोकियो यात्रा पनि निकै रोचक छ। ६ महिनाका लागि घरबिदामा आएको बेला ब्यारेकबाट एउटा 'अत्यन्त जरुरी' लेखिएको चिठी आयो। चिठीमा आफूलाई जतिसक्दो छिटो फर्कने निर्देशन रहेछ। तर, लामो समय पछि घर आएकाले ६ महिना बिदा सकिएपछि मात्र उनी फर्किएका रहेछन्। ६८ वर्षे गुरुङ सम्झन्छन्, 'ब्यारेक पुग्नेबित्तिकै ओलम्पिकका लागि छनोट भएको खबर पाएँ। त्यति बेला मलाई ओलम्पिक भनेको पनि थाहा थिएन। अरु तीन साथीले प्रशिक्षण क्याम्पमा तयारी सुरु गरिसकेका रहेछन्। पछि म पनि केही समय प्रशिक्षण गरेर टोकियो गएको थिएँ।' 
ओलम्पिकमा उनले पहिलो बाउटमा हंगेरीका जोनस्क काजदीलाई प्रतिद्वन्द्वीका रुपमा पाए। उनको यात्रा काजदीलाई छिचोल्दै अघि बढन सफल भएन। 
बेलायती सेनाबाट अवकासपछि नेपाल फर्किएका उनी चितवन पटियानी–५ मा बस्ने गरेका छन्। ललितपुर सातदोबाटोमा पनि उनको घर छ। हङकङ र नेपाल अझै नियमित आउजाउ भइरहन्छ। 
सम्मान गरेपछि राखेप सदस्यसचिव युवराज लामाले गुरुङलाई सरकारको तर्फबाट फेरि नियमित भत्ता उपलब्ध गराउने वाचा गरे। 
'मलाई सम्मान गरेकामा बक्सिङ संघलाई धेरै धन्यवाद छ, अब मेरो चाहना चितवनका दुर्गम स्कुलका बच्चाहरूलाई खेल्नका लागि सहयोग गर्ने हो। बक्सिङ विकासमा सक्दो सहयोग गर्छु,' गुरुङले अठोट बताए।
कप्तान धोनीको प्रतिप्रश्न

कप्तान धोनीको प्रतिप्रश्न

सिड्नी– भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय क्रिकेटबाट अलग रहने विषयमा कुनै संकेत गर्न अस्वीकार गरे। विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार अस्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ...

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

सिड्नी– अस्ट्रेलियाले बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै पाचौं विश्वकप उपाधि नजिक पुगेको छ। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मिथको १ सय ५...

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

काठमाडौं-त्रिभुवन आर्मी क्लबले पहिलोपल्ट एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ। आर्मीले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेपछि दोस्रो सहभागितामा उपाधि हत्याएको हो।

अनिल र महेशको कीर्तिमानी साझेदारी

अनिल र महेशको कीर्तिमानी साझेदारी

काठमाडौं-घरेलु क्रिकेटमा अनिल मण्डल र महेश क्षेत्रीले कीर्तिमान बनाएको दिन दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको फाइनलपुगेका छन्। आर्मीले बैतडीलाई १ सय १८ रनले...

टेभेजप्रेरित युभेन्ट्स क्वार्टरफाइनलमा

टेभेजप्रेरित युभेन्ट्स क्वार्टरफाइनलमा

पेरिस– इभान राकेटिकको गोलमा बार्सिलोना बुधबार विजयी भएसँगै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरीएको छ। पहिलो लेगमा २–१ ले गुमाएको सिटी दोस्रो लेगमा १–० ले पराजित भएपछि समग्रमा ३–१...

कीर्तिमानै कीर्तिमान

कीर्तिमानै कीर्तिमान

क्यानबेरा– क्रिस गेलले विश्वकपमा कीर्तिमानी २ सय १५ रन जोडेपछि मंगलबार वेस्ट इन्डिजले जिम्बावेमाथि ७३ रनको पाएको छ। पहिलो खेलमा आइसिसीको एसोसिएट्स टोली आयरल्यान्डसँग ४ विकेटले स्तब्ध वेस्ट इन्डिजले तत्काल...

क्रिस गेल विद्रोही ब्याट्सम्यान

क्रिस गेल विद्रोही ब्याट्सम्यान

सिड्नी– धेरै कारणले गर्दा उनी एक विद्रोही हुन्, वेस्ट इन्डिजका क्रिकेट अधिकारीसँग उनको टसल त्यत्तिकै छ। तर तमाम विद्रोहीपनाका बाबजुद क्रिस गेल क्रिकेटका सुपरस्टार हुन् भन्नेमा कसैले अस्वीकार गर्न सक्दैन।...

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय टोलीले मैदानभित्र दिनानुदिन सफलताका नयाँ सिढी चढिरहेका बेला नेपालको क्रिकेट प्रशासन भने बिवादको दलदलमा थप जाकिँदै गएको छ। सरकारबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम...