Thursday 3 Poush, 2071 |
Menu

प्रविधि

एसएमएस देखाएर खाद्यान्न खरिद

  • बिहीबार २६ बैशाख, २०७०
  • रुबी रौनियार
  • DISQUS_COMMENTS
(0 votes)
एसएमएस देखाएर खाद्यान्न खरिद
काठमाडौं- कालिमाटी तरकारी बजारछेउकै सम्पूर्ण खाद्य स्टोरमा बुधबार बिहान अन्य दिनको भन्दा छुट्टै माहोल थियो। सामान्य तरिकाले खुद्रा व्यापार गर्दै आएका स्टोरका सम्पूर्ण मानन्धरले छुट्टै अनुभव गरिरहेका थिए। उनको पसलमा एसएमएसबाट भौचर प्राप्त गर्ने र खरिद गर्नेको निक्कै भीड थियो।


ग्राहक सम्हाल्न सम्पूर्णलाई भ्याइनभ्याइ थियो। खाद्यान्न किन्न आएका ग्राहक पनि नयाँ प्रविधि प्रयोगले दंग थिए। मानन्धरलाई एसएमएस देखाएर आवश्यक सामान खरिद गर्न पाउँदा अनौठो महसुस भएको ग्राहक रोश्नी साहीले बताइन्। मर्सिकोर नेपाल र लुमन्तीले मानन्धर खाद्यान्न स्टोरलाई 'विद्युतीय भौचर सहयोग परीक्षण' कार्यक्रमका लागि छनोट गरेको हो।

मर्सिकोर नेपालले विपत पर्दा पीडितलाई छिटोछरितो र सजिलो तरिकाले राहत पुर्या उन प्रविधि परीक्षणका लागि उपत्यकाका ६ वटा खाद्यान्न पसल र सय घरपरिवारलाई छनोट गरेको व्यवस्थापक अनिल नेपालले बताए।

यसअन्तर्गत एसएमएस प्रविधिको माध्यमबाट विपन्न परिवारलाई राहत वितरण परीक्षण अध्ययन गरिनेछ। कार्यक्रमको अनुगमन र नियमन गर्न कार्यक्रम व्यवस्थापक नेपाल सहयोगीसँगै पसलनजिकै उपस्थित थिए।

मोबाइल एसएमएसमार्फत् भौचर प्राप्त गर्ने र खरिद गर्ने प्रक्रिया छैटौं चरणमा पूरा भएको पाइएको छ। एसएमएसको भाषा पनि सबैले प्रष्ट बु‰ने गरी प्रयोग गरिएको थियो।

'परीक्षण सफल भए आपतविपतमा परेका पीडितलाई तत्काल राहत बाँड्न यही प्रविधि अपनाउँछौं,' व्यवस्थापक नेपालले नागरिकसँग भने, 'आठ वर्षदेखि विपत न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएका छौं, विपतमा परेकालाई एकैसाथ सहज, सजिलो र छिटो राहत पुर्यारउने लक्ष्य छ।'

उक्त संस्थाले परीक्षणको रूपमा जोखिममा परेका सय घरपरिवारलाई ३ हजार नगद बराबरको राहत दिएको छ। बुधबारदेखि सुरु भएको कार्यक्रम एक महिनासम्म सञ्चालन गरिने नेपालले जनाए।

उपभोक्ताले मोबाइल एसएमएसको ६ चरण पूरा गरेर सामान प्राप्त गरेका थिए। पहिलो चरणमा उनीहरूले एसएमएसमार्फत् भौचर पाएका थिए, जसमा उनीहरूले पाएको सहयोगबारे उल्लेख थियो। तोकिएको मितिभित्र २५ केजी चामल, ६ केजी दाल, ५ केजी चिउरा र ३ लिटर खाने तेल निश्चित पसलबाट लिनु भनी सन्देशमा उल्लेख थियो।

दोस्रो चरणमा व्यापारीले सहयोगीको मागबमोजिम एसएमएसबाट सन्देश पठाएका थिए। सहयोग दुरुपयोग नहोस् भोर चार अंकको पिन नम्बर भएको अर्को एसएमएस पठाइएको थियो। उनीहरूले त्यो नम्बर गोप्य राखे।

तेस्रो चरणमा सहभागीले यकिन गर्न पिन नम्बर राखी एसएमएस पठाएका थिए। त्यसपछि उनीहरूले प्राप्त गरेको पहिलो एसएमएस (जसमा सहयोग उल्लेख थियो ) मानन्धर खाद्यान्न स्टोरका मालिकलाई देखाएर सामान सन्देश देखाएर खरिद गरेका थिए।

चौथो चरणमा दुवैले तत्काल काराबार सम्पन्न भएको जानकारीसहितको सन्देश पाएका थिए। पसलेले सहभागीको एसएमएस भौचर हेरेपछि उनीहरूलाई मोबाइलमा केही सन्देश लेखेर ९८०२०८१२६५ पठाएका थिए। त्यसपछि सहभागीले आफ्नो मोबाइलमा किन्न खोजेको खाद्यान्न यकिन गर्न आफ्नो पिन नम्बर पठाउन सन्देश पाएका थिए।

पाँचौ चरणमा कारोबार सम्पन्न भएपछि आफ्नो सामान लिएका थिए। त्यसपछि सहभागीले तत्कालै पसलमै हुँदा आफनो मोबाइलमा आफ्नो पिन नम्बर लेखेर पठाउनु भनी सन्देश प्राप्त गरेका थिए।

छैटौं चरणमा व्यापारीले पाउनुपर्ने रकमको जाँच आफ्नो मोबाइलमा एसएमएसबाट गरेका थिए। सबै प्रक्रिया पूरा भएपछि अन्तिममा सहभागी र पसलका मालिकको मोबाइलमा कारोबार सम्पन्न भएको जानकारीसहितको सन्देश प्राप्त भएको थियो।

सबै प्रक्रिया पूरा गर्न पाँच मिनेट लागेको थियो। पसले र सहभागीबीचको गतिविधि हेर्न पसल वरिपरि भिड लागेको थयो।

दीप शाहीले तीन हजारको निःशुल्क खाद्यान्न एसएमएस भौचरबाटै खरिद गरे। 'प्रोजेक्ट धेरै राम्रो छ,' शाहीले नागरिकसँग भने, 'एसएमएस भौचरबाटै सामग्री प्राप्त गरेपछि रमाइलो लाग्यो।'

पसल मालिक सम्पूर्ण मानन्धरले अन्य दिनकोभन्दा एसएमएसको प्रविधिबाट गरेको व्यापार सन्तोषजनक भएको सुनाए। 'मलाई मर्सिकोरले एसएमएसबाट सन्देश प्राप्त गर्नेदेखि सामान बिक्री गर्नेसम्मको एकदिने तलिम दिएको थियो,' मानन्धरले भने, 'आज अन्य ग्राहकलाई समय दिन नसके पनि समुदायका गरिब समुदायलाई उधारोमै सामान बेच्न रमाइलो भयो।' सामानको पैसा एक सातापछि संस्थाको एसएमएस मार्फत बैंकबाट प्राप्त गर्ने मर्सिकोर नेपालका कार्यक्रम ब्यवस्थापक नेपालले जनाए।

मार्सिकोरले यसका लागि काठमाडौं महानगरपालिकाको कालिमाटी–टेकु क्षेत्रको विष्णुमति किनारमा बस्ने अतिविपन्न समूहका सय आदिवासी तथा सुकुम्बासी परिवारलाई छनोट गरेको थियो। 'वडा नम्बर १२, १३ र १९ मा विपन्न समुदाय बसोबास गरेको पायौं,' नेपालले भने, 'त्यही अनुसार समुदायको छनोट गरेका हौं।'