6 Baishak, 2071 |
Menu

प्रविधि

नेपाली बजारमा यसरी लञ्च गरियो ग्यालेक्सी एस फोर (साथमा तस्बिर)

(0 votes)
काठमाडौं- सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममार्फत यसलाई सार्वजनिक गरिएको हो।


सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले यसअघि नै एसफोरको बुकिङ लिइरहेको थियो।

आइएमएसका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा यसको मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्ने जानकारी दिए। नेपालमा १६ जिबी क्षमताको मात्र मोबाइल आएको छ। यसमा एनसेलले एक वर्षको बिमा र तीन महिनाका लागि एक जिबी डाटा निःशुल्क दिएको छ।

कम्पनीले यो मोबाइलमा एभरेस्ट इन्स्योरेन्सबाट बिमा सुविधा उपलब्ध गराएको हो। मोबाइल किस्ताबन्दीमा खरिद गर्ने सुविधा पनि छ। नबिल र लक्ष्मी बैंकबाट यो सुविधा उपलब्ध भएको मलहोत्राले जानकारी दिए। कम्पनीले यो मोबाइलमा साटासाट सुविधा पनि दिएको छ। शेर्पा मलमा रहेको कम्पनीको सोरुमबाट ग्यालेक्सी एसटु र एसथ्रीसँग एसफोर साट्न सकिन्छ।

कम्पनीले सामाजिक संस्था डिएम फाउन्डेसन स्थापना गरेको जानकारी दिँदै अध्यक्ष मलहोत्राले प्रत्येक एसफोर मोबाइल बिक्रीबाट १ हजार रुपैयाँ संस्थालाई उपलब्ध गराउने बताए। उनले यो रकम प्राकृतिक प्रकोपबाट पीडित भएकालाई सहयोग गरिने बताए।


के छ एसफोरमा?


सामसङको यो एसफोर स्मार्टफोनमा ५ इन्चको एमोलिड टचस्क्रिन छ। यसको रिजोलुसन १०८०–पी छ। ग्यालेक्सी एसथ्रीको ४.८ इन्चभन्दा केही ठूलो स्क्रिन यसमा छ।

गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ। नयाँ स्मार्टफोनमा एक्जिनोस फाइभ ओक्टा–५४१० चिपसेटसहितको १.६ गिगाहर्जको ओक्टा कोर वा १.९ गिगहर्जको क्वाड कोर प्रोसेसर प्रयोग भएको छ। यसमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा छ।

दुई गिगाबाइट र्यामम रहेको ग्यालेक्सी एसफोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडेल छन्। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिन्छ। यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ। अगाडिपट्टि भने २ मेगापिक्सेलको क्यामेरा छ। यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो–ट्यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन्।

२ हजार ६ सय एमएएचको ब्याट्री रहेको यो फोनमा आई ट्र्याकिङ, जेस्चर क्यापाबिलिटिज, एस हेल्थ, एस भ्वाइस ड्राइभरलगायत थप विशेषता छन्। कम्पनीले 'स्मार्ट स्टे' र 'स्मार्ट पज' लगायत नयाँ सुविधा यसमा थपेको जनाएको छ।

यस किसिमका सुविधाका कारण उपभोक्ताले यसमा भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार मोबाइलले प्रतिक्रिया जनाउँछ। प्रयोगकर्ताले स्क्रिनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्क्रिनमा हेरे भिडियो चल्न थाल्छ। यो सुविधा प्रयोग गरेर स्क्रोल तलमाथि सार्न पनि सकिन्छ।

एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्न सहायता गर्नेछन्। विभिन्नखाले एप्लिकेसनका माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन्। यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन्। यसैगरी एस ट्रान्सलेटरको सुविधा पनि छ।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...