Nagarik News - Nagarik News - विश्व http://www.nagariknews.com Thu, 02 Apr 2015 09:51:43 +0545 en-gb सर्वोच्चको आदेशबाट मनमोहनलाई राहत http://www.nagariknews.com/world/story/35789.html http://www.nagariknews.com/world/story/35789.html सर्वोच्चको आदेशबाट मनमोहनलाई राहत
नयाँ दिल्ली– भारतको सर्वोच्च अदालतले कोइला खानी वितरणसम्बन्धी भ्रष्टाचार काण्डमासुनुवाइका लागि उपस्थित हुनु नपर्ने भनेपछि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राहत पाएका छन्। सर्वोच्च अदालतले सिंहलगायत विरुद्ध परेको मुद्दामा अदालती सुनुवाइमा उपस्थित हुन तल्लो अदालतले दिएको आदेश बुधबार स्थगन गरेपछि सिंहले राहत पाएका हुन्। सन् २००४ देखि सन् २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका सिंह सरकारले कोइला खानी सञ्चालनका लागि निजी क्षेत्रलाई वितरण गर्दा भएको अर्बौं रकमको भ्रष्टाचारमा मुछिएका थिए।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Thu, 02 Apr 2015 07:36:35 +0545
विश्वको सबैभन्दा जेठी महिलाको ११७ वर्षको उमेरमा निधन http://www.nagariknews.com/world/story/35773.html http://www.nagariknews.com/world/story/35773.html विश्वको सबैभन्दा जेठी महिलाको ११७ वर्षको उमेरमा निधन
जापान–विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको निधन भएको छ। जापानकी मिसाओ ओकावाको बुधबार १ सय १७ वर्षको उमेरमा निधन भएको हो। उनको निधन ओसाकाको एक नसिंङ होममा भएको हो। उनको जन्म ५ मार्च १८९८ मा ओसाकामा भएको थियो। उनका दुई छोरी, एक छोरा चार नातिनातिनी र ६ जना पनाति पनातिनी छन्।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Wed, 01 Apr 2015 17:23:21 +0545
प्रेम प्रस्ताव अस्विकार गर्दा हत्या http://www.nagariknews.com/world/story/35763.html http://www.nagariknews.com/world/story/35763.html बंगलुरु– ४० वर्षीय व्यक्तिको प्रेम प्रस्ताव अस्विकार गर्दा १८ वर्षीय एक छात्राको हत्या भएको छ। बंगलुरुको एक होस्टलमा १२ कक्षाकी एक छात्रालाई प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै गोली हानेर हत्या गरिएको छ।]]> no-spam@nagariknews.com (एजेन्सी) विश्व Wed, 01 Apr 2015 14:05:51 +0545 नसिदलाई राजनीतिबाट हटाउने योजना http://www.nagariknews.com/world/story/35739.html http://www.nagariknews.com/world/story/35739.html नसिदलाई राजनीतिबाट हटाउने योजना
माले– माल्दिभ्सको संसदले अहिले जेल सजाय भुक्तान गरिरहेका नेताहरूलाई राजनीतिक दलको सदस्यताबाटै निस्काशन गर्ने कानुन पारित गरेपछि आलोचकले पूर्वराष्ट्रपति मोहमद नसिदलाई राजनीतिबाट हटाउने योजनाका रुपमा कानुन ल्याइएको आरोप लगाएका छन्।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Wed, 01 Apr 2015 09:05:22 +0545
चीनद्वारा प्रस्तावित बैंकमा जापान नबस्ने http://www.nagariknews.com/world/story/35738.html http://www.nagariknews.com/world/story/35738.html टोक्यो– नर्वे र ताइवानले चीनद्वारा प्रस्तावित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक एआइआइबीमा सहभागीताका लागि आवेदन दिइरहँदा मंगलबार जापानले भने त्यसमा संलग्न नहुने संकेत गरेको छ।]]> no-spam@nagariknews.com (रोयटर्स/एजेन्सी) विश्व Wed, 01 Apr 2015 09:04:26 +0545 थाइल्यान्डमा ‘मार्सल ल' हटाउने तयारी http://www.nagariknews.com/world/story/35737.html http://www.nagariknews.com/world/story/35737.html थाइल्यान्डमा ‘मार्सल ल' हटाउने तयारी
बैंकक– थाइल्यान्डको सैनिक सरकार प्रमुख जनरल प्रायुथ चान–ओचाले देशमा लागू ‘मार्सल ल' हटाउने मंगलबार सिफारिस गरेको बताएका छन्। सैनिक कानुन हटाए पनि सेनालाई निकै अधिकार दिइने नयाँ आदेश जारी गर्ने जानकारी पनि दिएका छन्। आलोचकहरूले यसपछि थाइल्यान्डमा राजतन्त्र अझै निरंकुश हुने चेतावनी दिएका छन्।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Wed, 01 Apr 2015 09:00:46 +0545
विश्वलाई स्तब्ध पार्ने यो तस्विर कसरी खिचियो? http://www.nagariknews.com/world/story/35703.html http://www.nagariknews.com/world/story/35703.html विश्वलाई स्तब्ध पार्ने यो तस्विर कसरी खिचियो?

सिरिया– सिरिया विगत चारवर्षदेखि गृहयुद्धको चपेटामा फसेको छ। गृहयुद्धले बाल मस्तिकमा कस्तो डर पैदा गर्छ भन्ने कुरा बुझ्न सोसल मिडियामा भाइरल भइरहेको ४ वर्षे बालिकाको तस्विर हेरे पुग्छ। उनको नाम हुडिया हो। सिरियाकी एक समान्य ४ वर्षे बालिका। सिरियामा यस्ता अनगिन्ती बालबालिका युद्धको त्रास झेलिरहेका छन्।

]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Tue, 31 Mar 2015 16:41:49 +0545
बंगलादेशमा बालविवाह बढ्दो http://www.nagariknews.com/world/story/35676.html http://www.nagariknews.com/world/story/35676.html बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक चेतना नहुनुका साथै महिला अधिकार र सशक्तीकरणको अभावमा बंगलादेशका विभिन्न भूभागमा अझै पनि बाल विवाहको अवस्था निकै भयावह रहेको पाइएको छ।

]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Tue, 31 Mar 2015 08:44:56 +0545
बंगलादेशमा ब्लगरको हत्या http://www.nagariknews.com/world/story/35642.html http://www.nagariknews.com/world/story/35642.html बंगलादेशमा ब्लगरको हत्या
ढाका-बंगलादेशमा ब्लगर अविजित रायको हत्याको एक महिना पछि फेरी अर्का ब्लगरको हत्या भएको छ। ब्लगर बशिकुर रहमानको चक्कु प्रहार गरेर हत्या भएको हो। एक प्रहरी अधिकारीले एएफपीलाई बताए अनुसार रहमानलाई ढाका स्थित बेगुनवारीको आफ्नै घरमा हमला भएको थियो।


]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Mon, 30 Mar 2015 17:38:41 +0545
पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा http://www.nagariknews.com/world/story/35628.html http://www.nagariknews.com/world/story/35628.html पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा
पपुवा न्युगिनीमा ७.७ म्यागनिच्युटको शक्तिशाली भूकम्प गएको छ। प्रशान्त महासागर तटीयमा पर्ने पूर्वि सहर कोकोपोमा भूकम्प गएको भुकम्पीय मापन केन्द्र युएसजिएसले जनाएको छ। भूकम्पका कारण सुनामी आउने खतरा रहेको हुँदा त्यस अवरपरका बासिन्दालाई सचेत गराइएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Mon, 30 Mar 2015 10:46:44 +0545