Friday 17 Baishak, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

फिल्म साउथ एसिया सुरु

(0 votes)
फिल्म साउथ एसिया सुरु
ललितपुर- दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको 'फिल्म साउथ एसिया' नामक फिल्म महोत्सव सुरु भएको छ। भारतीय फिल्म निर्देशक अदूर गोपालकृष्णनले बिहीबार ललितपुरको यलमाया केन्द्रमा महोत्सवको उद्घाटन गरेका थिए।
nepalipatr-april
'बलिउडले साउथ एसियाली फिल्मको मार्केट असर गरेको छ । यस क्षेत्रमा बनेका राम्रा फिल्महरुले बलिउडलाई बिस्तारै पाखो लगाउनतर्फ उन्मुख हुनु जरुरी छ,' भारतीय फिल्म निर्देशक अदूर भने। भारतीय फिल्मकर्मीले पाउने सर्वोच्च सम्मान 'दादासाहेब फालके'बाट समेत विभूषित अदूर भारतकै उत्कृष्ट निर्देशकमा पर्छन्। १६ पटक 'नेसनल फिल्म अवार्ड' जितिसकेका उनी सन् १९८४ मा पद्मश्री र सन् २००६ मा पद्मविभूषणबाट सम्मानित भइसकेका छन्।

फिल्म साउथ एसियाले यसपालि प्रदर्शनका निम्ति छनोट गरेको ३५ वटा डकुमेन्ट्रीमध्ये एउटा स्वयं अदूरको फिल्म निर्माण कलामाथि बनेको 'फिट अपन दि ग्राउन्ड' पनि छ। तीन घन्टा लामो यो डकुमेन्ट्रीलाई विपिन विजयले निर्देशन गरेका हुन्।

तीनदिने महोत्सवमा बंगलादेश, अफगानिस्तान, म्यानमार, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका ४३ फिल्म प्रदर्शन हुनेछन्। महोत्सवको यो १० औं संस्करण हो  आठवटा फिल्महरु विद्यार्थी फिल्म अन्तर्गत प्रदर्शन हुनेछन्। 'बिइङ भाइजान', 'जापान इन नागाल्यान्ड', 'ड्रइङ द टाइगर', 'द जर्नी विथ इन', 'लभ म्यारिज इन काबुल' र 'हक्की इन माई बल्ड' लगायत फिल्महरु प्रदर्शनी हुनेछन् ।

सर्वोत्कृष्ट फिल्मले दुई हजार अमेरिकी डलर, दोस्रो र नयाँ फिल्ममेकरले एक–एक हजार डलर पुरस्कार पाउनेछन् । महोत्सवमा फिल्मसम्बन्धी कार्यशाला र छलफल हुनेछन्। प्रत्येक दुई वर्षमा आयोजना हुने दक्षिण एसियाली डकुमेन्ट्री महोत्सवमा यसअघि गुलजार, श्याम बेनेगल, शवाना आजमी र महेश भट्टलगायतका फिल्मकर्मी प्रमुख अतिथि रहिसकेका छन्।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...