Thursday 23 Baishak, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

पूर्वका उद्योगलाई १६ अर्ब घाटा

  • मङ्गलबार १५ मंसिर, २०७२
  • विनोद सुवेदी
  • Be the first to comment!
(0 votes)
विराटनगर–नाकाबन्दी र हड्तालले पूर्वका उद्योगहरूलाई १६ अर्ब रुपैया" घाटा लागेको छ। उद्योग नाकाबन्दी र हड्तालको अबधिमा पूर्वका उद्योगलाई १५ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ घाटा लागेको उद्योग संगठन मोरङले जनाएको छ।
nepalipatr-april

नाकाबन्दीका कारण मालबाहक ट्रक र कन्टेनर आउन नपाउ"दा डिटेन्सन शुल्क बापत प्रति कन्टेनर दैनिक पाँच हजारका दरले बुझउनु परेको उद्योग संगठनका कार्यकारी सचिव सोम अधिकारीले बताए। उनका अनुसार उद्योग संगठनले गरेको सर्वेक्षणमा नाका अबरोधका कारण डिटेन्सन शुल्क र कन्टेनर चार्ज वापत ७२ करोड रुपैयाँ तिर्नु परेको छ। यस्तै अबरोध हुँदा आयात गरिएको सामानको लागि गरिएको लागनीको व्याज ८ अर्ब ४२ करोड तिर्नु परेको छ।

उद्योग संचालन गर्न बैक बाट लिइएको ऋणको व्याज बापत ३ अर्ब ५० करोड रुपैयाँ, विद्युतको डिमाण्ड शुल्कबापत ३ करोड ४५ लाख,रेलवे यार्डका लागि २३ करोड ७६ लाख र कोलकत्ता डिटेन्सन चार्ज २ करोड २५ लाख रुपैयाँ ज्यादा तिर्नुपरेको छ । उद्योगहरू बन्द भए पनि कर्मचारीको तलव भत्ताबापत २ अर्ब ४५ करोड खर्च भएको छ । लामोसमयसम्म हड्ताल र नाकाबन्दी भइरहँदा उद्योग सञ्चालन गर्न नसकिने स्थिति आएको उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले बताए। उनले उद्योगी पलायन हुने अबस्था आइसकेकाले तत्काल समस्याको समाधान खोज्न सरकार र आन्दोलनरत मोर्चालाई आग्रहसमेत गरे ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...