Monday 17 Jestha, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

नाकाबन्दी छिट्टै हट्ने अर्थमन्त्री पौडेलको दाबी

(0 votes)
काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले अघोषित नाकाबन्दीको नाममा हुर्किएको तस्कर प्रवृत्तिलाई अघि बढ्न नदिन प्रभावकारी अनुगमन संयन्त्र परिचालन गरेको, दोषीलाई कारबाहीको दायरामा ल्याएर कानुनी राज स्थापित गर्न सरकार लागिपरेको र केहीलाई कारबाही समेत गरिसकेको बताएका छन्।

nepali-patro-may
देशमा बढिरहेको कालो अर्थतन्त्रबारे बुधबार रिपोर्टर्स क्लबमा बोल्दै उनले कालाबजारियालाई कारबाही भइसकेको पनि बताए। तर बजारमा छ्याप्छ्याप्ती कालोबजारीको तेल पाइने क्रम रोकिएको छैन।

नेपाल आयल निगम जस्ता सरकारी संयन्त्रकै संलग्नतामा बजारमा खुलेआम कालोबजारी भइरहेको बेला अर्थमन्त्रीले कालाबजारियालाई कारबाही भइसकेको बताएका हुन्। यसबाट आम नागरिकले शंका गरेझैं कालोबजारीमा सरकारी संलग्नता देखिन्छ।

ठोस कार्यक्रमविनाको श्वेतपत्र ल्याएका अर्थमन्त्रीले कालोबजारी नियन्त्रण र अर्थतन्त्रलाई तत्काल पुनर्जीवन दिने कार्यक्रम दिन नसकेकोमा धेरै आलोचना खेपिरहेका छन्।

तर पौडेलले श्वेतपत्रले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै र समाधानको उपायमा बजेटकै सीमाभित्र रहेर सरकारले के गर्छ भन्ने उल्लेख भएको प्रस्टीकरण दिए।

उनले मुलुकमा पछिल्लो समय सिर्जित समस्या समाधानको लागि बजेटको मध्यावधि मूल्यांकनपछि पुनःप्राथमिकीकरण गर्ने पनि बताए।

'बजेट कार्यान्वयनमा छ। तर पछिल्लो समयमा सिर्जित समस्यालाई त्यसले सम्बोधन गर्न सक्दैन। त्यसैले बजेटको मध्यावधि समीक्षा नजिकिँदै छ, त्यसपछि अहिलेको समस्या समाधान गर्ने गरी बजेटको पुनःप्राथमिकीकरण गर्नुपर्छ। म त्यसमा लागेको छु,' उनले भने।

उनले महँगी नियन्त्रण र कुल गार्हस्थ उत्पादनमा प्रभाव पर्न नदिई अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कूटनीतिक र राजनीतिक दुवै उपायमा सरकार गम्भीरता साथ प्रयासरत रहेको जानकारी दिँदै भने, 'सरकार निश्चित खाद्य वस्तुमा आत्मनिर्भर हुने, राष्ट्रिय गौरवका आयोजना अघि बढाउने तथा कृषि र ऊर्जामा केन्द्रित हुन्छ।'

अर्थमन्त्री पौडेलले भूकम्पको पीडा, मधेस आन्दोलन र नाकाबन्दीको समस्या समाधान गर्ने जिम्मेवारीसहित वर्तमान सरकार निर्माण भएकोले राजनीतिक र कूटनीतिक प्रक्रिया अघि बढाएको र परिणाम आउन बाँकी रहेको उल्लेख गरे।

उनले भने, 'अघोषित नाकाबन्दी हटाउन सरकारले राजनीतिक र कूटनीतिक संवाद अघि बढाएको छ। संवादबाटै समाधान गर्न सकिन्छ।'

'सशस्त्र युद्धलाई संवादबाट टुंग्याएर विश्वमा उदाहरण पेस गरेका हामीले यो समस्या समाधान गर्न सक्दैनौं भन्ने सरकारलाई लागेकै छैन। यो समस्या लामो समय जाँदैन। नाकाबन्दी ठिक छैन भन्ने सबैलाई लागेकोले छिट्टै समस्या समाधान हुन्छ,' उनले थपे।

अर्थमन्त्री पौडेलले विगतमा मुलुकमा यस्तै समस्या आए पनि विकल्प नसोच्दा समस्या दोहोरिएको भन्दै अब यस्तो नहोस भनेर व्यापार विविधीकरण गर्न लागिपरेको बताए।

उनले भने, 'हामी व्यापार विविधीकरणको पक्षमा छौं। छिमेकी वा अन्य मुलुकसँग पारस्परिक लाभको आधारमा सम्बन्ध अघि बढाउँछौ। त्यसको प्रक्रिया अगाडि बढीसकेको छ।'

अर्थमन्त्री पौडेलले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने प्रयास जारी रहेको भन्दै अब सरकारले व्यापार विविधीकरणसँगै पूर्वाधार निर्माणलाई पनि अघि बढाउने बताए।

उनले भने, 'चीनसँग व्यापार गर्ने प्रमुख नाका रसुवागढीदेखि गल्छीसम्मको सडक दुई वर्षमा डबल लेन बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौं।'

पुनर्निर्माण प्राधिकरण गठन नहुँदा विकास साझेदारले चासो व्यक्त गरेको उल्लेख गर्दै उनले प्राधिकरण विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिए। उनले भने, 'भूकम्पपीडितको पीडामा सरकार संवेदनशील छ, जाडोको लागि तत्काल तातो कपडाको लागि १० हजार रुपैयाँ दिने निर्णय गरेका छौं। यसले पुग्दैन छिट्टै विशेष व्यवस्था गर्छौं।'

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...