Friday 29 Magh, 2072 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

साह र शर्माविरुद्ध मुद्दा दर्ता

(0 votes)
काठमाडौं- पेट्रोल पम्पमा रिमोट जडान गरी ठगी गर्दै आएका नापतौल तथा गुणस्तर विभागका निर्देशक रामआधार साह र आयल निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्माविरुद्ध सरकारले ठगी र कालोबजारीमा मुद्दा दर्ता गरेको छ।

nepalipatro-nagarik

सरकारले पम्प सञ्चालकसँग ठगीमा संलग्न रहेको भन्दै सहसचिव साह र उपसचिव शर्माविरुद्ध काठमाडौँ र ललितपुर दुवै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। दुवै अदालतमा उनीहरूलाई मुख्य अभियुक्तका रूपमा आरोपपत्र दायर भएको छ।

काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा साह र शर्मासँगै क्रिस्टल फ्युल सप्लायर्सका मेनेजर कल्याणराज खड्का र सञ्चालक विष्णुबहादुर खड्का, पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हेमविक्रम बराल तथा पेट्रोल पम्पमा रिमोट जडान गर्न मद्दत गर्ने अयुब आलम आरोपी छन्। काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अर्को मुद्दामा पनि थानकोट प्रमुख शर्मालाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा न्यु बंगलामुखी आयलको ठेक्का लिने सीताराम घिमिरे, धनबहादुर थापा र टंककुमार श्रेष्ठ आरोपी छन्। दुवै ऐनअनुसार आरोपीलाई अधिकतम पाँच वर्षसम्म कैद र एक करोडसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ।

ललितपुर जिल्ला अदालतमा दायर गरिएको सोही प्रकृतिका चार मुद्दामा प्रत्येकमा नापतौल विभागका तत्कालीन प्रमुख हाल विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिवका रूपमा कार्यरत साहलाई प्रतिवादी बनाइएको हो।

उक्त मुद्दामा शिवप्रसाद तिमल्सिना, अयुब आलम, शेख इस्तिहाज, महमद अब्बास, हामिद हुसेन, जनार्दन फुयाल, युनुस प्रधान, गोपाल महर्जन, शैलेन्›नाथ वादे श्रेष्ठलगायतलाई प्रतिवादी बनाइएको छ।

प्रत्येक मुद्दामा प्रतिवादी बनाइएका सबैलाई पाँच वर्ष कैद गर्न अदालतसमक्ष आरोपपत्र दायर भएको जिल्ला अदालत ललितपुरका से्रस्तेदार बाबुराम दाहालले बताए। ललितपुरमा दायर भएका चार मुद्दामा सरकारले कुल १ करोड ८७ लाख ७८ हजार ८३३ विगो असुल गर्न र बिगो असुल गरी प्रत्येकबाट सोहीबमोजिम जरिवाना गर्न पनि अदालतसँग माग गरिएको छ।

ललितपुरमा मुद्दा दायर हुनेमा गायत्रीदेवी आयल स्टोर, महालक्ष्मी ट्रेडर्स, युनिक फ्युल सेन्टर र त्रिशक्ति फ्युलका सञ्चालक छन्। उनीहरूको वयान सुरु गरिएको छ।

मुलुकी ऐन, २०२० को ठगीको महलको ४ नं मा कसुर गर्नेलाई पाँच वर्षसम्म कैद हुने उल्लेख छ। सरकारले सोही व्यवस्थाअनुसार हदैसम्मको कारबाही माग गरेको छ। कालोबजारीमा समेत उनीहरुलाई कारबाही माग गरिएको छ।

इन्धन वितरण गनर्ेे 'नोजल' मा गियर वा चिप्ससहितको रिमोट जडान गरी हुँदै आएको उपभोक्ता ठगीको जालो केलाउने क्रममा प्रहरीले गुणस्तर तथा नापतौल विभागमै यस्तो सेटिङ हुने गरेको फेला पारेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दिएको जानकारीअनुसार पम्पको मर्मत जिम्मेवारी पाएका भारतीय नागरिक नसिम सिद्दिकीसँग मिलेर विभागका तत्कालीन प्रमुख विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव साहले ठगीका लागि प्राविधिक सेटिङ गराएका थिए।

उनले व्यवसायीलाई आफ्नै कार्यालयमा बोलाएर सिद्दिकीसँग भेटाउने र उपभोक्तालाई कम परिमाण तेल दिएर ठग्न मिल्नेगरी नोजल छेडछाड गराउन सेटिङ मिलाउने गरेको अनुसन्धानमा पाइएको आरोपपत्रमा उल्लेख छ।

२५ वर्षदेखि नेपालमा बसेर पम्पको नोजल मर्मत गर्दै आएका भारत, मोतिहारीका सिद्दिकीलाई विभागले उपत्यकाभरिको पम्पको नोजल मर्मत गर्ने जिम्मेवारी दिएको थियो। साहकै आग्रहमा सिद्दिकीले डिजिटल नोजल बिगारेर परिमाणमा ठग्ने सेटिङ मिलाइदिएका थिए। त्यसका लागि सिद्दिकीले भारतबाट थप प्राविधिक झिकाएर काम गरेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई गत आइतबार पक्राउ गरेर अनुसन्धान बढाएको थियो।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...