Friday 29 Magh, 2072 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

बालबालिकामा भूकम्पको प्रभाव

  • आइतबार १२ पुष, २०७२
  • दीपा सिग्देल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं गोंगबुमा बस्दै आएका ८ वर्षीय विवेकलाई वैशाख १२ को भूकम्प कहालीलाग्दो भयो। भूकम्पले नुवाकोटको घर पूर्णरूपमा क्षतिग्रस्त भयो र भाडामा बस्दै आएको घरमा पनि सामान्य क्षति पुग्यो। केही दिन विवेक आमा र बुबासँग गोंगबु नजिकैको खुला क्षेत्रमा पालमुनि बसोबास गरे। अवस्था सामान्य बन्दै गयो। तर विवेकको मन भने बेचैन भयो। छिनछिनमा पिसाव लाग्ने। निद्रा लाग्न अप्ठ्यारो।
nepalipatro-nagarik
निदाए पनि झसंग भई बिउँझिने। झर्किने। बोलाए पनि प्रतिक्रिया नदिने। साथीहरू खेलिरहेका, रमाइरहेका बेला पनि उनीचाहिँ टोलाइरहने गर्थे। कुनै बेला कुरा गर्दा अलौकिक भूतप्रेत आत्माका कुरा गर्ने भए। सुरुसुरुमा विवेकका आमाबाबुले ख्यालै गरेनन्। सामान्य नै ठाने। तर विवेकको भूकम्पअघिभन्दा पछिको सम्पूर्ण क्रियाकलाप उनीहरूलाई नौलो लाग्यो। भूकम्पको त्रास भए मेटिन्छ कि भनेर नजिकैको बालमैत्री स्थल पठाए। त्यहाँ मनोसामाजिक विमर्शकर्ताको सम्पर्कमा आए। विवेकमा भूकम्पको आघात र मनोसामाजिक समस्या देखियो। केही समय मनोसामाजिक परामर्शपश्चात बिस्तारै विवेकको दिनचर्या सामान्य बन्दै गयो। उनी साथीहरूसँग रमाउन थाले। आमाबाबुसँग कुरा गर्न थाले। आफूलाई मन पर्ने गीत गाउँदै नाच्न थाले। पढाइमा ध्यान दिन थाले।

मनोसामाजिक शब्दले मनोवैज्ञानिक र सामाजिक प्रक्रियाबीचको सम्बन्ध प्रतिविम्बित गर्छ। मनोवैज्ञानिक प्रक्रिया आन्तरिक हुन्छन्। तिनले सोच, भावना, धारणा, संवेग, समझदारी र संवेदना समेट्छन्। सामाजिक प्रक्रिया भने बाह्य प्रकृतिका हुन्छन् र तिनीहरू सामाजिक सञ्जाल, समुदाय, परिवार र वातावरण मिलेर बनेका हुन्छन्। मनोसामाजिक शब्दले सोच्ने र व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने शैली जनाउँछ।

मनोवैज्ञानिक असरहरू संवेग, व्यवहार, सोच, भावना, समझदारी र महसूसीकरण एक व्यापक शृंखलाका कारण हुन्छन्। अर्कोतिर, सामाजिक असरहरू व्यक्तिबीचको सम्बन्ध प्रभावित गर्ने घटनाका अनुभवका साझा परिणति हुन्। हामी आन्तरिकरूपमा जस्तो महसुस गर्छौं सो कुराले वरपरको वातावरणसँग हामी कसरी सम्बन्ध राख्छौं भन्ने कुरालाई प्रभाव पार्छ। त्यसैगरी हाम्रा परम्परा, प्रथा र समुदायले पनि हामीले कस्तो महसुस गर्छाैं भन्ने कुरालाई असर पारिरहेकै हुन्छन्।

मनोसामाजिक सहायता

मनोसामाजिक सहायता हिंसा वा दैवी विपत्तिका पीडितहरूका लागि एक यस्तो उपागम हो जसले समुदाय र व्यक्ति दुवैको प्रतिरोध क्षमता बढाउँछ। यसले सामान्य अवस्थामा फर्कन सघाउनुका साथै सम्भाव्य चोटजन्य अवस्थाका परिणामबाट बचाउने लक्ष्य लिएको हुन्छ। मनोसामाजिक सहायता, स्याहार र समर्थनको एक निरन्तर कडी हो जसले व्यक्ति र निज बस्ने सामाजिक वातावरण दुवैलाई प्रभाव पार्छ। यसको अभ्यास निरन्तररूपमा स्याहारकर्ताहरू, परिवारका सदस्य, साथी, छिमेकी, शिक्षक, स्वास्थ्यकर्मी र समुदायका सदस्यद्वारा दैनिकरूपमा हुन सक्छ। तर मनोसामाजिक समस्या भएका व्यक्तिलाई मनोविद् तथा मनोसामाजिक विमर्शकर्ता, विशेषज्ञ वा अभ्यासकर्ताबाट स्याहार र समर्थन हुनु उपयुक्त हुन्छ। मनोसामाजिक सहायताले व्यक्तिको संवेगात्मक, सामाजिक, मानसिक र आत्मिक आवश्यकता सम्बोधन गर्छ जुन सबै सकारात्मक मानवीय विकासका आवश्यक तत्व हुन्।

भूकम्प र मनोसामाजिक समस्या

शारीरिकरूपमा लागेको चोटपटक प्रष्टरूपमा देखिन्छ तर मानसिक र मनोसामाजिक चोटपटक कमै ख्याल गरिन्छ। अझ यसलाई कुनै यन्त्र वा प्रविधिबाट परीक्षण गर्न पनि सकिँदैन। कुनै दैविक प्रकोपपछि मनोसामाजिकरूपमा बालबालिका सबैभन्दा बढी प्रभावित हुन्छन्। मनोसामाजिक असरहरू शारीरिक चोटपटक लागेका, घरबार गुमाएका, घर भत्केको देखेका, आफ्ना परिवारको सदस्य गुमाएका, बुबाआमा गुमाएका र मान्छेको मृत्यु देखेका बालबालिकामा बढी पाइने गर्छ। मनोसामाजिक समस्यालाई दुई भागमा विभाजन गर्न सकिन्छ– प्राथमिक र माध्यमिक। बालबालिकामा हुने प्राथमिक समस्यामा दिक्दारीपन, तनाव, प्रकोपपश्चात्को आघात पर्छन् भने माध्यमिकमा चिन्ता, कुनै पनि विषयमा रुचि नदेखिनु, विद्यालय जान मन नगर्ने, जिउ दुखाइको महसुस हुने जस्ता लक्षण हुन सक्छन्।

अर्मेनियामा २००८ को भूकम्पछि विद्यालय जाने बालबालिकामाथि अध्ययन गरिएको थियोे। जसअनुसार बालबालिका जति भूकम्पको केन्द्रविन्दुको नजिक थिए उनीहरूमा त्यति नै धेरै आघात रहेछ भन्ने देखियो। बालकभन्दा बालिकामा बढी असर पाइयो। चीनको सिचुवान प्रान्तमा भूकम्पको ६ महिनापछि बालबालिकाबीच गरिएको अध्ययनअनुसार २३.३ प्रतिशत बालबालिकामा ६ महिनापछि चिन्ता देखियो र २२.२ प्रतिशतमा १ वर्षपछि। यस अध्ययनको निष्कर्षमा उल्लेख भएअनुसार प्राकृतिक विपत्तिपछि बालबालिकामा आघातजन्य मानसिक समस्या देखिन सक्छ र यो लामो समयसम्म पनि रहन सक्छ।

नेपालमा अझै पनि मानसिक स्वास्थ्य र मनोसामाजिक विमर्श कम प्राथमिकतामा पर्छ। कुरा गर्ने, सुझाव दिने, अर्ति दिनेलाई सामान्यतः परामर्श वा विमर्श भन्ने बुझाइ देखिन्छ। तर मनोसामाजिक विमर्श नित्तान्त प्राविधिक विषय हो, यसलाई पनि दक्ष प्रशिक्षित व्यक्ति चाहिन्छ भन्ने चेतना अभिवृद्धि गर्नु जरुरी छ। अझ यसलाई नीतिगत तहमा मूलप्रवाहीकरण गराउनु जरुरी छ। मनोसामाजिक विर्मशकर्ताहरूको परिषद् गठन गर्नु पनि उत्तिकै आवश्यक छ। जसले मनोसामाजिक विमर्शकर्ता हुन चाहिने न्यूनतम योग्यता र क्षमता निर्धारण गरी यसलाई व्यवसायिक बनाउन सघाउ पुर्यााओस्। अदक्ष विमर्शकर्ताले सहयोगभन्दा झन् समस्या थपिदिने खतरा हुन सक्छ। मनोसामाजिक विमर्श मानसिक स्वास्थ्यको एउटा अभिन्न अङ्ग भएका कारणले यसलाई समुदायस्तरसम्म सेवा विस्तार गराउनु आवश्यक छ।

मनोसामाजिक विमर्शकर्ता, सिविस

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...