25 Baishak, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

स्वास्थ्य चौकीकी अनमीमाथि जातीय भेदभाव

(0 votes)
पोखरा— दलित युवतीलाई जातीय भेदभाव गरेको आरोपमा कास्की भदौरेतामागीका चन्द्रबहादुर र उनकी पत्नी ठकुरशोभा गुरुलाई प्रहरीले पक्रेको छ। स्थानीय स्वास्थ्यचौकीकी अनमी अम्बिका सुनारमाथि जातीय भेदभाव गरेको आरोप उनीहरुमाथि छ।
nepalipatr-april
गुरुङ दम्पतीलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखेको डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए। गुरुङको घरमा आयोजित भोज खान जाँदा आफूलाई जातीय भेदभाव गरेको आरोपसहित अम्बिकाले प्रहरीमा जाहेरी दिएकी थिइन्। पुस २८ गते भएको भोजमा खाना खाएपछि भाँडा नमाझेको भन्दै दुर्बचन बोलिएको अम्बिकाले बताएकी छन्।

अम्बिकाको जाहेरीपछि प्रहरीले गुरुङ दम्पतीलाई उनीहरुकै घर पुगेर शुक्रबार पक्रेको थियो । स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी हरिकुमारी गुरुङले आफ्नो छोरा ब्रिटिस आर्मीमा भर्ती भएको उपलक्ष्यमा भोज आयोजना गरेकी थिइन् । ठकुरशोभाको घरमा आयोजित भोजमा अनमी अम्बिका आफ्नी छोरीसहित गएकी थिइन् । भोजमा स्वास्थ्यचौकीमा अरु कर्मचारी पनि गएका थिए । तर, अम्बिकाले खाना खाइसकेर फर्कने बेला आफूलाई ठकुरशोभाले भाँडा नमाझेको भनेर तल्लो जाति भएको आरोपसहित गाली गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

संविधानले छुवाछुतलाई दण्डनीय अपराध मानेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ ले छुवाछुत गरेमा हुने दन्ड तोकेको छ । २०६८ को ऐन अन्तर्गत दफा ७ को उपदफा १(क) मा जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । खाना खाने बेलामा अरुलाई घरभित्र पस्न दिइएको र आफूलाईचाहिँ बाहिरै राखिएको अम्बिकाले बताएकी छन् । आफूलाई अनादारयुक्त शब्द प्रयोग गर्दै गाली गरिएको पनि उनले सुनाइन् ।

जातपातका आधारमा गाली गर्दा समेत भोजमा सहभागी अरुले पनि प्रतिवाद नगरेको अम्बिकाको गुनासो छ । 'अरुले पनि केही नभनेकाले त्यहाँ बस्नु जाती हुन्न भनेर घरतिर हिँडिहालें,' उनले भनिन् । केही महिनाअघिमात्रै अम्बिका सरुवा भएर भदौरे गाउँको स्वास्थ्यचौकीमा आएकी थिइन् । यसअघि गाउँमा भएका भोजभतेरमा पनि आफूलाई आँखा तर्ने गरिएिको उनले बताइन् । यसपालि भने जातकै आधारमा हेपिएको उनको गुनासो छ । भाँडा नमाझेकैले कहाँ के गर्न सक्ने हो गरे हुन्छ भनेर समेत धम्की दिइएको उनले सुनाइन् । 'यो गाउँघर हो, सहर बजार होइन, हामी कामीदमैले खाएका भाँडा माझ्दैनौं भन्दै हपारे,' अम्बिकाले नागरिकसँग भनिन् ।

जाहेरी दिएपछि गाउँको घटना गाउँमै मिलाउनुपर्छ भन्दै आफूलाई मिल्नका लागि दबाब आएको पनि अम्बिकाको भनाइ छ । तर, उनले दोषीलाई कारबाही हुनुपर्ने माग गरेकी छन् । जातीय छुवाछुतको घटनामा सरकारकै तर्फबाट आरोपित विरुद्ध मुद्दा चलाइन्छ ।

स्टाफ नर्सको अध्ययन पूरा गरिसके पनि आफ्नै गाउँको सेवा गर्न भनेर अनमी पदमा काम गर्न गएको अम्बिकाले सुनाइन् । 'मलाई दलित भएकोमा गर्व पनि छ, तर दलितै भएकाले हेपिनुपरेकाले जाहेरी नै दिएँ,' उनले भनिन् ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...