Friday 17 Baishak, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

दशरथ र जुलिया मैयाँको अधुरो प्रेम

(0 votes)
दशरथ र जुलिया मैयाँको अधुरो प्रेम
काठमाडौं–उतिबेला राणा परिवारका छोरी ठकुरी खलकलाई दिने चलन थियो । हट्टाकट्टा दशरथ चन्द धर्मभक्तको घरमा रहन्थे। उनैसँग दरबार आउजाउ गर्दा रुद्र शमशेरको नजर दशरथमाथि पर्यो । उनले लेखपढ गराई छोरी दिने स्वार्थले आफ्नो दरबारमा दशरथलाई काम दिए । नभन्दै रुद्र शमशेरकी छोरी 'जुलिया मैयाँ'सँग दशरथको मन बस्यो।
nepalipatr-april
दशरथले लेखेको पत्र रुद्र शमशेरकी नातिनी मिनाक्षी देवीमार्फत् जुलियालाई पठाइने गरेको उनका दाजु पुरुषोत्तम शमशेर उल्लेख गर्छन् । 'सानी महारानी यो चिट जुलिया मैयाँसाहेबलाई दिइबक्स्योस् है' भनेर फकाउँथे दशरथले ।

प्रेममा परेका दशरथले उनका दाजु ईश्वर शमशेरसँग जुलियाको हात मागे । रुद्र शमशेरसँग सल्लाह हुँदा दरबार निकट भएकाले छोरी दिने निर्णय भयो । १९८८ सालतिर जुलियाको बिहे दशरथसँगै छिनियो । करिब १८ वर्षकी जुलियासँग विवाह गर्न जन्ती लिएर पण्डित ईश्वरीदत्त भट्ट र गणेशदत्त जोशी बैतडीबाट काठमाडौं आए । तर कन्या पक्षका कोही राणाजीको निधनले बिहे रोकियो । दोस्रोपटक पनि बिहेको तिथि तोकियो । पण्डित विष्णुदत्र भट्ट र गणेशदत्त जोशी जन्त लिएर आए । फेरि जुलिया परिवारमा मृत्युशोक प¥यो । बिहे फेरि रोकियो ।

१९९० सालमा सञ्चय कोषसम्बन्धी छलफलमा बोलाइएका रुद्र शमशेरमाथि षड्यन्त्र भयो । श्री ३ जुद्ध शमशेरले जथाभावी गरेको आरोप लगाए । प्रधानसेनापति पदका रुद्र शमशेरलाई सर्वस्व हरण गरी काठमाडांैबाट निकाला गरी पाल्पा पठाए । उनको सुनगहना सबै जुद्ध शमशेरले हत्याए । यसको मार दशरथ चन्दमा बढी प¥यो । उनी क्रुद्ध थिए । जागिरका साथै प्रेमिका जुलियासँग विछोड भयो । आफ्नै परिवार अस्तव्यस्त भएपछि रुद्र शमशेरले पनि बिहेको कुरा बिर्से ।

तर जुलिया र दशरथ चन्दको प्रेम टुंगिएन । पछि बहादुर शमशेरले छोरी दिने उद्देश्यले बोलाए पनि उनी गएनन् । मन जुलियासँगै थियो । जुलिया पाल्पामा क्षयरोगले ग्रस्त भइन् । त्यति हुँदा पनि उनीहरुको प्रेमसम्बन्ध कायमै रह्यो । प्रेमपत्रहरु आदानप्रदान भइरहे । भौतिक शरीरको प्रेम उनीहरुले भोग्न पाएनन् । तर मनदेखिको प्रेम चलिरह्यो । जुलियाले दशरथका लागि अनेकांै उपहार पठाइरहन्थिन् ।

दशरथले सहिद हुँदा पनि नछाडेको खास्टो डम्बरकुमारीले पठाएकी थिइन् । त्यही खास्टो उपहार पठाएको केही दिनपछि नै जुलियाको क्षयरोगका कारण निधन भएको थियो । पकनाजोल बसेका दशरथले जुलियाको मृत्युपछि श्रीमतीको दर्जा दिएर १३ दिन जुठो बारे । त्यसपछि उनले बिहे र प्रेमबारे सोचेनन् ।

Leave a comment

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...