कोलम्बो, माघ २५ (एजेन्सी)- श्रीलंकाली राष्ट्रपति पदका पराजित उम्मेदवार जेनरल सरथ फोन्सेकालाई श्रीलंका सरकारले सोमबार राति पक्राउ गरेको बीबीसीले जनाएको छ।
राष्ट्रपति महेन्द्र राजपक्षबाट पराजित फोन्सेकाले परिणाम अस्वीकार गरी त्यसविरुद्ध अदालतमा चुनौती दिने बताएका थिए। राजपक्षले ६० लाख मत प्राप्त गरेका थिए भने फोन्सेकाले ४० लाख।
फोन्सेकाले सरकार गिराउन प्रयत्न गरिररहेको भन्दै उनीविरुद्ध कोर्ट मार्सल गर्न कानुनी परामर्श भइरहेको थियो।
गत वर्ष २५ वर्षभन्दा लामो समय चलेको गृहयुद्धबाट तमिल टाइगर्सलाई पराजित गर्दा फोन्सेका श्रीलंकाली सेनाप्रमुख थिए। लगत्तै सेनाप्रमुखबाट राजिनामा दिएर उनी महेन्द्र राजपक्षविरुद्ध राष्ट्रपतीय चुनावी मैदानमा उत्रिएका थिए।
सरकारले उनीविरुद्ध ...सैनिक अपराध गरेको' आरोप लगाएको सैनिक प्रवक्ता मेजर जनरल प्रसाद समरसिंगेले बताए।
उनकी पत्नीले पक्राउ पुष्टि गर्दै उनको कार्यालय वरिपरि दिनभरि सुरक्षाकर्मी तैनाथ गरिएको बताइन्।
बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



